Wednesday, February 8, 2017

संविधान संशोधनपछि मात्र निर्वाचन : डा. भट्टराई
हेटौडा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरी निर्वाचन सम्भव नहुने बताउनुभएको छ । आज हेटौडामा एक पत्रकार सम्मेलन गर्दै उहाँले स्थानीय र प्रदेशको सिमांकन नगरी निर्वाचन गर्न नसकिने भएकोले ठूला तीन दललाई यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो । नेपाली कांग्रैस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले देशलाई राजनीतिक निकास नदिएर बन्दी बनाएको आरोप समेत लगाउनुभयो ।प्रेस सोसाइटी मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्याक्रममा लोकतन्त्रलाई संस्थागत गर्न छिटो भन्दा छिटो निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्र मकवानपुरले सल्लाहकारसँग 

मागे सुझाव


हेटौडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुर जिल्ला कमिटीको आयोजनामा पार्टी केन्द्र तथा जिल्ला सल्लाहकारहरुको सुझाव लिने कार्यक्रम आज सम्पन्न भएको छ । 
पार्टी पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रका सल्लाहकारहरुसँग पार्टी सुदृढिकरणको विषयमा जारी गरिएको कार्यविधि तथा सम्मेलनका लागि दिइएको कार्यायोजना, जनपरिचालन अभियान सफल पार्न महत्वपूर्ण सुझाव लिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । पार्टीका पोलिट्व्युरो सदस्य तथा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको संचालनमा भएको कार्यक्रममा उपस्थित पार्टी केन्द्र तथा जिल्लाका सल्लाहकारहरुले पार्टी एकता भएसँगै सुदृढीकरणको कार्ययोजना एवम् जनपरिचालनको निम्ति संचालन गरिएको अभियानप्रति खुसी व्यक्त गरे । साथै त्यसको सफलताको लागि मालेमाबादी सिद्धान्त विचार र संगठन एवम् जनसेवामुखी व्यवहारप्रति कटिबद्ध रहन सुझाएको पार्टी संचार विभाग कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला कार्यालय सदस्य ललित घलान, प्रमिला लामा लगायतकाको उपस्थिति रहेको थियो । सल्लाहकारहरुले दिएको महत्वपूर्ण सुझावहरुलाई नेता द्वय मोक्तान र पुलामीले आत्मसाथ गर्दै अघि बढ्ने बचनबद्धता व्यक्त गरेको संचारविभाग पाख्रिनले बताउनुभयो ।

माघ २४ गते सोमबारको अंक बजारमा