Thursday, September 4, 2014

सम्पादकीय 
 बजार अनुगमनको आवश्यकता 
 नयाँ आर्थिक वर्षमा प्रस्तुत गरिएको बजेट भाषणसँगै व्यापारीले बृद्धि गरेको मूल्यले ढाड सेकिरहेको आम सर्वसाधरणको निम्ति फेरी चाडपर्व नजिकिँदै गर्दा प्रायजसो उपभोग्य वस्तुको भाउ बढेको गुनासो सर्वसाधरण हरुले गरिरहेका छन्। विशेषगरी हरियो तरकारीमा अप्रत्यासित रुपमा मूल्य बृद्धि भएपछि सानातिना खुद्रा व्यापारी र सर्वसाधरण उपभोक्ताहरु आत्तिएका छन् । तरकारीमा आलु, कोभी, गोलभेडा, घिरौला, परवल लगायत अन्य तरकारीहरुमा ह्वात्तै भाउ बढेको पाइएको छ । दिनभरी कमाएर बेलुका किनेर खानुपर्ने मानिसको लागि दिनभरी कमाएको पैसाले छाक टार्ने तरकारी समेत आउन मुश्किल भइसकेको हुनाले यसरी अप्रत्यासित रुपमा मूल्य बृद्धि हुनका कारणहरु के–के हुन सक्लान् भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च लगायत त्यससँग सरोकार राख्नेहरुले अनुसन्धान एवं खोजी गर्न जरुरी छ । उत्पादन गर्ने किसानले साँच्चै प्राप्त गर्ने मूल्य विचौलियाले लिने र उपभोक्ताले तिर्ने मूल्यको अनुपात कस्तो छ भन्ने विषयमा पनि खोजी गर्न जरुरी छ । यस अघि जिल्ला प्रशासन कार्यालयले समय समयमा बजार अनुगमन गरिरहेको थियो । उक्त कार्य सकारात्मक भइको सबैले महशुस गरेकै थिए । अब झन् चाडपर्व नजिकिदा उपभोक्तालाई मार्का पर्ने गरी व्यापारी हरुले मूल्य बृद्धि गर्न सक्ने सम्भावना बढी रहेको कारण अनुगमनलाई तिव्रता दिन जरुरी छ । आफ्नो व्यापारिक नैतिकतामा रहेर व्यापार गर्ने व्यापारिहरुको निम्ति अनुगमनले फरक पार्दैन तर जो कालाबजारी गर्छन् उनीहरुका निम्ति अनुगमनलाई शसक्त र तिव्रता दिन जरुरी छ ।

समाचार
राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा छलफल
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बिचमा राज्य पुनःसंरचना र शासकीय स्वरुपको विषयमा केन्द्रित रहेर छलफल भएको छ । 
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको आग्रहमा संविधानसभा सचिवालय सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुप सम्बन्धमा दलगत धारणा प्रस्तुत भई त्यसमाथि मंगलवार छलफल चलेको थियो । 
प्रस्तावित नयाँ संविधानमा कस्तो शासकीय स्वरुप अपनाउने तथा राज्य पुनःसंरचना कसरी गर्ने र कतिवटा प्रदेश बनाउने, नाम के राख्ने भन्ने विषयमा दलहरूबीच बहस र छलफल चल्दै आएको छ ।
बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा प्रमुख तीन दलले आ–आफ्नो धारणा राखेर सहमतिका लागि छलफल चलाएको जानकारी दिनुभयो।
“सकेसम्म कार्यतालिका बमोजिम २१ गतेसम्ममा मिलाउँछाँै, सकिएन भने संविधानसभामा पठाउँछौँ” –उहाँले भन्नुभयो । 
एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्य पुनःसंरचनाको असाध्यै महत्वपूर्ण पक्ष सङ्घीय संरचनाको विषयलाई कसरी हल गर्ने भने पाटोबाट दलहरूबीच छलफल भएको प्रतिक्रिया दिनुभयो ।
“शासकीय स्वरुपबारे दलहरूले दलगत अवधारणा प्रस्तुत गर्नुका साथै हिजोको पार्टीगत अडानभन्दा माथि उठेर अघिल्लो संविधानसभादेखि आजसम्म आइपुग्दा भएका छलफल, सहमति र बुझेका विषयलाई समेत खुल्ला रुपमा छलफलमा ल्याइएको छ”–उहाँले भन्नुभयो ।
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ संविधानका महत्वपूर्ण दुईवटा अन्तर्वस्तु राज्य पुनःसंरचना र शासकीय स्वरुपका विषयमा तीन प्रमुख दलबीच गहन ढङ्गबाट छलफल गरी एक–एक गरेर टुङ्ग्याउँदै जाने सैद्धान्तिक सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो–तोकिएकै समयसीमाभित्र रही संविधानका अन्तर्वस्तुमा सहमति गरेर जानुपर्छ भन्नेमा दलहरूबीच एउटै मत छ, त्यसका लागि साझा बिन्दुमा पुग्ने ढङ्गबाट दलहरूबीच छलफल भइरहेको छ ।

आफ्नै बाबुआमा दृष्ट भएपछि
हेटौंडा । आफ्नो जन्म दिने बुबाआमा नै आफ्नो निम्ति शत्रु भएपछि आफन्तको शरणमा पुग्नु परेको छ १३ वर्षीय बालिका। 
भुटनदेवीरोडमा बुबा आमाको दुब्र्यवहार सहदै आएकी १३ वर्षीय बालिकालाइ आफ्नै माइजुकी जिम्मा लगाइएको छ। विगत ४ दिन अघि बालिकालाइ  लामो समय देखि दुब्र्यवहार गनर्,े निर्घात पिट्ने र खानसम्म नदिने गरेको भन्ने सुचनाको आधारमा  बालिकालाई बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान मकवानपुर शाखा (सिजप) र किशोरशक्ति नागरिक समाज संजाल (ग्याप्सन मकवानपरु) को सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयकमा जिल्ला बालकल्याणका प्रतिनिधि दुर्गा घिमिरे, बालहेल्पलाइनका झबिन्द्र ज्ञवाली, हिमराइट्का सोमबहादुर स्याङतान, बालकल्याण समाजका कमल फुयाँल, स्थानीय ब्यक्ति उर्मिला लामा लगायतका संस्थाका ब्यक्तिहरुको रोहवरमा निज बालिकालाइ माइजुको जिम्मा लगाइएको हो । बालिकाको नाममा बैंक खाता खोल्ने र सो खातामा बालिकाको दाजुले प्रतिमहिना तीनहजारका दरले जम्मा गर्ने, बालिको संरक्षणको बारेमा आमा र माइजुले प्रत्येक महिनामा प्रतिवेदन जिल्ला बालकल्याण समिति, जिल्ला प्रहरी कार्यालय र बालहेल्पलाइनमा बुझाउनु पर्ने, बालिकाको अध्ययनमा कुनै बाधा नपुर्याइने, बुबाआमाले विगतमा भएका गल्ती कम्जोरीलाइ आत्मालोचना गर्ने, आइन्दा यस्तो गल्ती कहिल्यै नगर्ने र विचमा समस्या आएमा सम्बन्धि निकायमा तुरुन्त खवर गर्ने गरि सहमति भएको बालहेल्पलाइनले जनाएको छ ।

एउटै घट्ना किन दोहोरिन्छ ?
हेटौडा । मकवानपुरको गढी गाविस वडा नं ६ मा रहेको भानु उच्च मावि नजिकैको पोलमा राखिएको नेपाल विद्युत प्राधिकरणको टूान्समिटर चोरी भएको छ । यस अघि पनि उक्त घट्ना भइसकेकोले पुनः घट्ना दोहोरिनुलाई सम्बन्धित निकायले यसको खोजी गर्न जरुरी छ । 
ट्रान्समिटर चोरी भएसँगै गढी ६, ८ लगायतका गाविसमा रहेका बासिन्दाहरु सोमबारदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। सोमबार बेलुका अज्ञात समुहले टून्समिटर चोरेको स्थानीय बासिन्दाले बताएपनि प्रहरी प्रशासन र नेपाल विद्युत प्राधिकरणले अब पनि अज्ञात समूह भनेर चुप बस्न मिल्दैन । 
एक वर्ष पनि बित्न नपाउँदै एकै ठाँउबाट दुई वटा ट्रान्समिटर चोरी भएको हो । यो ट्रान्समिटर चोरी भएसँगै मकवानपुरको गढी गाविसमा मात्रै एक वर्षभित्र ४ वटा ट्रान्समिटर चोरी भएको छ । 
ट्रान्समिटरभित्र हुने तामा तथा अन्य धातुहरु विक्री गर्दा धेरै पैसा आउने भएकाले एउटा गिरोहलेनै यो ट्रान्समिटर चोरी गरेको हुनसक्ने स्थानियले बताएका छन् । यसैबीच प्रहरी ले चोर पत्ता लगाउन विशेष संयन्त्र परिचालन गरेकाले २–३ दिन भित्रै घटनाको दोषी पत्ता लगाउने मकवानपुरका प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए । 
यता बत्ती नहुदाँ अध्याँरोमा बस्न बाध्य भएका गढी गाविसका स्थानीय बासिन्दा तथा राजनीतिक दलका प्रतिनिधिहरु तत्काल ट्रान्समिटर उपलब्ध गराई सहज बिजुली प्रबाहका लागि विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउन बुधबार प्राधिकरण पुगेका थिए । प्राधिकरण मकवानपुरका प्रमुखले आफुहरुको मागको बेवास्ता गरेको र सकारात्मक प्रतिक्रिया नदिएको राप्रपा नेपालका स्थानीय नेता तथा स्थानीयबासी कृष्ण बिडारीले बताउनुभयो । गढी गाविसमा विद्युत सेवा बन्द हुदा स्थानीयले गरेको कुखुरा पालन , मिल तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएको भन्दै तत्काल नयाँ टूान्समिटर ल्याएर विद्युत सुचारु गर्न स्थानीयले प्राधिकरणसँग माग गरेका छन् ।

राजमार्गमा खानाको मूल्य एउटै पारिने प्रयास
हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत् विभिन्न स्थानमा सञ्चालित होटलहरुले गुणस्तरहीन र महंगो खाना बेचेर यात्रु उपभोक्ताहरुलाई ठगिरहेको गुनासो आइरहेका बेला व्यवसायीले लाइन होटलहरुको मूल्य र गुणस्तरमा एकरुपता कायम गर्ने प्रयास थालिएको छ । राजमार्ग क्षेत्रमा पर्ने जिल्लाका होटल व्यवसायीहरुको छाता संस्था होटल एसोसिएसनहरुले एक आपसमा समन्वय गरी सबै लाइन होटलमा मूल्य र गुणस्तरमा एकरुपताको प्रयास गरेका हुन् । 
यस्तो प्रयासस्वरुप चितवन होटल एसोसिएसनले छिमेकी जिल्लाहरुसंग समन्वय गर्दै खानाको गुणस्तर र मूल्यमा एकरुपता ल्याउने प्रयास थालेको हो । प्रयास सफल भए रौतहटको चन्द्रनिगाहपुरदेखि बुटवलहुँदै पोखरासम्मका सबै लाइन होटलहरुको खानामा समान मूल्य र गुणस्तर कायम हुनेछ ।
केही दिनअघि हेटौंडा आएको होटल एसोसिएसन चितवनका पदाधिकारीसंगको छलफलपश्चात् होटल एसोसिएसन मकवानपुरले यस अभियानलाई मूर्तरुप दिन मंगलबार  हाइवेमा पर्ने हेटौंडाको थानाभ¥याड्डदेखि लोथरसम्मका क्षेत्रमा पर्ने लाइन होटलहरुको अनुगमन गरेको छ ।

     सहकारीको नयाँ योजना 
हेटौडा । हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालले नयाँ योजना अघि सारेको छ ।  विगत ६ वर्षदेखि विशेषज्ञ सेवा सहित विविध स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको अस्पतालले मकवानपुरमा रहेका विभिन्न सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई समेत सहुलियत रुपमा स्वस्थ्य सेवा प्रदान गर्ने योजना ल्याएको जनाएको छ । जिल्लामा रहेका बिभिन्न सहकारिहरुलाई १० हजार आबद्धता शुल्क लिई उक्त सेवामा समाबेश गराउने योजना रहेको  सुनौलो भविष्य स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारि दिनुभयो ।
मकवानपुर जिल्लामा रहेका बिभिन्न बृद्धबृद्धा र अनाथलाई निशुल्क उपचार गर्दै आईरहेको यस अस्पतालले नयाँ योजना थप गरेको हो। सहकारी संस्थाद्वारा वि.सं. २०६५ सालमा स्थापना भएका उक्त अस्पतालले सहुलियत दरमा औषधी बिक्रि वितरण सेवा, स्त्री बाल रोग, सम्बन्धी विशेषज्ञ सेवा सहित चौविसै घण्टा एम्बुलेन्स सेवाका साथै अन्य सेवाहरु पनि सहुलियत दरमा प्रदान गरिहरहेको छ। सहकारीमा आबद्ध भैसकेपछि सहकारीका सेयर सदस्यहरु तथा उनीहरुका परिवारका सदस्यहरुलाई समेत छुटदिने व्यवस्था मिलाउने तयारी भैरहेको महर्जनले जानकारी दिनुभयो । सहकारीमा आबद्ध भैसकेपछि अस्पतालमा उपलब्ध हुने सेवा सुविधामा पनि विशेष रुपमा छुट दिने गरी नयाँ योजना ल्याईएको र यसलाई दिगो बनाउनको लागी पहल भैरहेको पनि सहकारीका अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।


   परिवारमा पुर्नमिलन 
हेटौडा । सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन साँचो जीवननिर्माण अभियानद्वारा सञ्चालित मानवसेवा आश्रमले थप एक जानालाई परिवारमा पुर्नमिलन गरेको छ। ७१ साल जेष्ठ २७ गते चितवनको गडेशस्थान मन्दिरबाट उद्वार गरिएकी अनु श्रेष्ठलाई परिवारमा पुर्नस्थापित             गराईएको हो। अनुलाई पर्सा जिल्ला स्थित निर्मल वस्ती गासिव वडा नं. ३  बर्मानगरमा काका नर बा. श्रेष्ठलाई जिम्मा लगाईएको हो। काकाको अनुसार ७० साल फागुनबाट अनु परिवारबाट सम्पर्क विहिन भएकी थिईन । अनुको आमा पनि लामो समयदेखि मानसिक रुपमा अस्वस्थ्य छिन, बुबाले अनुकी आमा पछि पनि ३ जानासंग विवाह गरिसकेका छन्। आमा असक्षम भएको तथा बुबाले पनि नहेरेपछि अनु र अनुको आमा दुवैलाई काका नर बा. श्रेष्ठले संरक्षण दिदै आएका रहेछन। लामो समयदेखि हराएकी अनुलाई खोज्न धेरै प्रयास गरेपनि नभेटीएकी अनुलाई एक्कासी घरमै पाउँदा खुसिको सिमा नरहेको काकी ज्ञानुमाया श्रेष्ठले बताईन्।

बालश्रमिकको शिक्षालाई सहयोग
हेटौडा । विशेषतः नगर क्षेत्रमा रहेका आर्थिक विपन्न, असहाय तथा निकृष्ट श्रममा रहेका बालबालिकालाई मुक्त गरी शिक्षा तथा शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले गठित संस्थालाई विदेशिएका नेपालीहरुले सहयोग गरेका छन् ।
कतारमा वैदेशिक रोजगारीबाट फर्किएका हेटौंडाका युवा बिजय श्रेष्ठले पिता श्यामबहादुरको स्मृतिमा २० हजार रुपियाँ र हेटौंडा–१० राप्तीरोडस्थित राजक शाहीले पाँच हजार रुपियाँ हस्तान्तरण गरेका हुन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच जीवन कल्याण तथा सहजीकरण संस्था अध्यक्ष रवीन्द्र शाहीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

घरेलु मदिरा नष्ट 
हेटौडा । अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रिबितरण जस्ता कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत बिभिन्न मितिमा उक्त मदिरा नियन्त्रणमा लिएको थियो । हेटौडा नगर एरियाबाट चेक जांचको क्रममा बरामद भएको अबैध घरेलु मदिरा १२०० लि. सोमवारे राप्ति खोलाको बगरमा स्थानिय पत्रकार एवं बुद्धिजीवीको सहभागितामा नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

  ६ विधामा पुरस्कार प्रदान
हेटौडा । बिभिन्न विधामा पुरस्कार प्रदान गर्दै आएको भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले मंगलबार छ वटा बिधामा पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको दशौं बार्षिक साधारणसभाको अवसरमा संगीत, समाजसेवा, कला, शिक्षा आदि क्षेत्रमा योगदान पु¥याएका छ जना व्यक्तित्वलाई पुरस्कृत गरिएकोे हो। प्रतिष्ठानले तुल्सीमाया शिवकुमारी नारी सृजनशील पुरस्कार २०७० बाट मकवानपुर महिला समूहकी अध्यक्ष तथा एचआईभी संक्रमित भएर पनि समाजमा एचआईभी विरुद्ध सचेतना जगाउँदै आएकी ईश्वरी बानियाँलाई दश हजार एक रुपियाँ नगद र सम्मानपत्रले सम्मानित गरिएको छ। छहजार ६१ रुपियाँ राशिको भीम वाल प्रतिभा पुरस्कार २०७० हेटौंडा–४ की बिनिशा लामालाई प्रदान गरिएको छ । प्रतिष्ठानले पन्ध्र हजार एक रुपियाँ राशिको शीला नारी संगीत पुरस्कार २०७१ हेनपा–५ निवासी गायिका अस्मिता खड्कालाई प्रदान गरिएको छ ।पच्चीस हजार एक रुपियाँ        राशिको हर्षनर बज्रचार्य स्मृति पुरस्कार २०७१ मकवानपुरका बरिष्ठ शिक्षाविद् धर्मदत्त न्यौपानेलाई प्रदान गरिएको छ। 
 
 गैसस महासंघद्वारा ज्ञापनपत्र
हेटौडा। गैरसरकारी संस्था महासंघ मकवानपुरले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमअन्तर्गत सामाजिक परिचालन कार्यक्रमका लागि संस्था छनोट प्रक्रिया स्थगन माग गर्दै सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएको छ। 
आइतबार गैसस मकवानपुरका अध्यक्ष बुद्धशरण लामाको नेतृत्वमा गएको गैससकर्मीहरुको टोलीले हेटौंडा नगरपालिका र जिल्ला विकास समिति मकवानपुरलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सामाजिक परिचालन कार्यक्रम संचालनका लागि आवश्यक सामाजिक परिचालकहरुको छनोट, नियुक्ति तथा सेवा सुविधा र पारिश्रमिक भुक्तानी प्रक्रियाका लागि गरिएको व्यवस्था र यसले सिर्जना गर्ने अनुत्तरदायी अवस्थाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले एलजीसीडीपी सञ्चालनका  लागि लागू गरेको सामाजिक परिचालन कार्यविधि २०७१ मा राखिएका प्रावधानहरुले साझेदार गैससहरुको स्वायत्तता, स्वाधिनता र निर्णय अधिकार माथि हस्तक्षेप हुने महासंघले ठहर गरेको छ। 

सम्पादकीय 
संविधान निर्माण कार्य छायामा 
हाम्रो माझमा एउटा नेपाली उखान छ नि “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” । हाम्रा राजनीतिक दलहरुले हो यस्तै गतिविधि देखाइरहेका छन् अहिले । एक वर्षमा जसरी पनि संविधान बनाउछौ भनेर दोस्रो संविधान सभाको निर्वाचनताका नागरिकसामु बाचा गरे । तर एक वर्ष सकिन   धेरै महिना वाँकी छैन । उनीहरु संविधान बनाउने मेसोमा अझै पनि लागेका छैनन् । समिति र उपसमिति बनाउने र त्यसका सभापति चयन गर्ने बाहेक संविधान निर्माणको ठोस कार्यको थालनी नै भएको छैन । पहिलो संविधान सभामा सहमति हुन नसकेको मुल मुद्दाहरु राज्यपुर्नसंरचना, शासकीय स्वरुपलगायत तमाम् विषयप्रति गम्भीरतापूर्वक छलफल नै भएको छैन ।  धेरैजसो संविधान सभाका सदस्यहरु संविधानसभामा मै उपस्थिति नहुने र भएकाहरु हाजिर गरेर फर्किनु बाहेक अरु काम भएका छन् जस्तो लाग्दैन । 
बर्षा लाग्यो बाढी पहिरो, त्यसपछि चाडपर्व भन्दै दिन बित्छ र पुनः संविधान सभाको म्याद थप्न अलापविलाप गरेको नाटक यिनै दलहरु गर्छन् । सत्तासीन दलहरु न त सरकार चलाउन नै सकेका छन् न त संविधान निर्माण कार्यलाई नै समय दिन सकेका छन् । बाढीपीडितहरुको रुवाबासी छ सरकार सुस्तगतिमा पनि हिड्न सकेको छ जस्तो लाग्दैन । त्यसैगरी प्रतिपक्ष दलहरुले पनि संविधान निर्माणको निम्ति जति गति पक्रिनुपर्ने हो त्यो गति लिन सकेका छैनन् । प्रतिपक्षमा रहेका दलहरु मध्ये प्रमुख दल एनेकपा (माओवादी) अरु दलहरु जस्तो संविधान निर्माण गर्ने कार्यमा सुस्ताउन मिल्दैन । उसले अहिले संविधान निर्माण प्रमुख जिम्मेवारी र आफ्नो दायित्व बोधको साथ दरोसँग उभिन जरुरी छ । नत्र समय निकै घर्केपछि पछुताउनुको कुनै अर्थ छैन । यसतर्फ सबैले विचार पु¥याउन जरुरी छ ।    

समाचार

संविधानसभामा सभापतिबीच अझै छलफल मात्र
काठमाडौँ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग संविधानसभाका समितिका सभापतिहरूले नियमावली र कार्यतालिकाअनुसार तोकिएको समयसीमाभित्रै आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ। 
समितिका सभापतिहरूले यही भदौ २१ गतेभित्र अघिल्लो संविधानसभाले गरेको प्रगतिको स्वामित्व ग्रहण गर्ने विषयमा गम्भीरताका साथ छलफल भइरहेको र बाँकी रहेको अवधिमा अहोरात्र खटेर जिम्मेवारी पूरा गर्ने वचन दिनुभएको छ।सरकारले संविधानसभा र समितिका काममा सहयोग पु¥याउने र त्यसकालागि उपयुक्त वातावरण बनाउनेतर्फ काम गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष नेम्वाङले सबैसँग छलफल गरेर संविधान लेखनको लागि सहमति कायम गर्न उपयुक्त वातावरण बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 
व्यवस्थापिका–संसद अवरुद्व रहेको, नेकपा–माओवादीलगायत दलहरूसँगको वार्ता र संवादलाई   निरन्तरता दिँदै घनिभूत बनाउनुपर्ने आवश्यकता रहेको र विगतका सहमतिको स्वामित्व ग्रहणको विषयलाई छिनोफानो गर्ने समयावधि अत्यन्त थोरै रहेकोले कार्यतालिकाअनुरूप जिम्मेवारी पूरा गर्न आउँदा केही दिन अत्यन्त चुनौतिपूर्ण रहने देखिएको छ। 
यही भदौ २१ गतेभित्र अघिल्लो संविधानसभाका प्रगतिलाई स्वामित्व ग्रहण गरेका विषयमा सहमति कायम हुन नसके त्यसको बारेमा सूची तयार गरेर समितिले सभामा प्रस्तुत गर्नुपर्ने नियमावलीमा स्पष्ट व्यवस्था रहेको छ ।छलफलमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला, संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिका सभापति विष्णु पौडेल, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिका सभापति प्रमीला राणा र क्षमता अभिवृद्वि तथा स्रोत व्यवस्थापन समितिका सभापति लक्ष्मी चौधरी सहभागी हुनुभएको थियो ।

अन्तर्राष्ट्रिय बेपत्ता दिवस 
सरकारले आफ्नो ठानेन 
हेटौडा । राज्यद्वारा र तत्कालीन विद्रोहीबाट बेपत्ता पारिएका आफन्तहरुले अन्तराष्ट्रिय बेपत्ता दिवस पारेर राज्यले आफूलाई छुटैदेशको नागरिकको जस्तो व्यवहार  गरेकोप्रति निकै आक्रोसित भए । 
साँझ विहान भयो कि आफन्तहरु टुप्लुक्क दैलोमा आइपुग्छन् कि भन्ने आशा हरेकदिन लाग्ने गरेको भन्दै उनीहरुले राज्यले आफूलाई सामान्य जनताको व्यवहार पनि नगरेपति चित्त दुखाईरहेको समेत रहेको बताए । मनहरी रमनटारका कृष्ण्ँबहादुर घलानलाई नेपाली सेनाले घरबाटै लगेपछि उनी हालसम्म बेपत्ता छन् । ११ वर्र्षदेखि बेपत्ता रहेका घलानको खोजी गरिदिन पत्नी मनमाया घलानले हारगुहार सबै ठाउँमा गरिन् तर अहिलेसम्म कसैले सुनिदिएको छैन । ‘आजसम्म कति रोएँ र कति धेरै दुःख कष्ट सहे, कसलाई के थाहा ?’, मकवानपुरको मनहरी–३ रमन्टारकी घलानले नेपाल सरकारले हाम्रो परिवारलाई हेरेन । पति बेपत्ता भएको तीन दिन आफू र नाबालक छोराछोरीले नुनपानी तताएर खाएको भन्दै दिनरात काटेको सम्झिँदै घलानले सरकारले हालसम्म तीन लाख रुपियाँ उपलब्ध गराए पनि त्यसले मानिसको ज्यानको मूल्य चुक्ता नहुने जिकिर गरिन् । ‘मेरो पतिको ज्यान तीन लाखको होइन’, मनमायाले थपिन्। 
कामका सिलसिलामा ककनी पुगेका छोराहरु अमित र पदमबहादुर (रञ्जित)लाई सेनाले त्यहिँबाट बेपत्ता बनाएको सुभद्रा दर्नालमाथिको पीडा पनि कम छैन । दुई छोरा एकैपटक बेपत्ता पारिँदा बुढ्यौलीतर्फ ढल्किएकी उनको जीवनको सहारा अब कोही पनि छैन । हेटौंडा नगरपालिका वडा नं. ९ सुकुम्बासी बस्तीमा बस्दै आएकी सुभद्रा बिरामी भएर करिब २० दिनदेखि थलाजस्तै परेकी छन् । छोराहरु नहुँदा जेठी छोरीको हेरबिचारमा बाँचिरहेकी उनले आफूले जतिसुकै भनेपनि सरकारले नसुनेको भन्दै आक्रोस पोखिन् ।
२०६० सालमा छोरा नोमनाथ लामिछानेलाई सेनाले बेपत्ता पारेपछि सहाराविहीन बनेकी सानोनानी लामिछानेको दिनचर्या हिजोआज बढो कठिनपूर्वक बितिरहेको छ । हेटौंडा–६ चौघडाकी उनका छोरा नोमनाथ काठमाडौंबाट बेपत्ता पारिएका थिए।मकवानपुर रेडक्रसले बेपत्ता ११ जनाको परिवारको दुःख साटासाट गर्न र उनीहरुबीच अन्तक्रिर्या गरी हौसला प्रदान गर्न अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को सहयोगमा हातेमालो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
  
संयुक्त प्रेस विज्ञप्ती
हेटौडा । अखिल नेपाल रिक्सा चालक मजदुर संघ र मकवानपुर रिक्सा व्यवसायी संघ संगठनको आकस्मिक बैठकले विना दर्ता संचालनमा आइरहेको यान्त्रिक रिक्सा दर्ता गरेर मात्र संचालन गर्नको लागि हेटौडा नगरपालिकासँग माग गर्दे संयुक्त विज्ञप्ति प्रकाशित गरेको छ । 
साथै विज्ञप्तिमा भनिएको छ – अखिल नेपाल रिक्सा चालक मजदुर संघका अध्यक्ष कृष्ण रेग्मी उपचारको लागि काठ्माण्डौ जानुपर्ने भएकोले आन्दोलनका कार्यक्रम केही समयको लागि स्थगित गरिनेछ ।  विना दर्ता खुलेआम यान्त्रिक अटो रिक्सा सञ्चालन भइरहेको प्रति नगरपालिका र ट्राफिक कार्यालय मौन बसेकोप्रति आश्चर्य लागेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पीडीएबारेमा अन्र्तक्रिया
हेटौडा । नेपालको हीतमा र अन्तर्राष्ट्रिय मापदण्डअनुसार माथिल्लो कर्णाली जलविद्युत् योजनाको आयोजना वकास सम्झौता (पीडीए) हुने दाबी नेपालले गरिरहँदा स्थानीयस्तरका दलका प्रतिनिधिले भने कसै यो ठीक भएको कसैले नेपालको हितमा नभएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार हेटौंडामा आयोजना गरेको पीटीए र पीडीएसम्बन्धी छलफल तथा अन्र्तक्रियामा दलका प्रतिनिधिहरुले कैसै आवश्यक रहेको बताएका छन् भने कसैले आवश्यक नरहेको दावी गरेका छन् ।
नेपाली काँग्रेसका रमेश गिरीले जलस्रोतबाहेक अरुको सम्भावना नरहेकोले छिटो पीडीए गर्नुपर्ने बताउनुभयो । त्यसैगरी एकीकृत नेकपा (माओवादी)का ललित घलानले आँखा चिम्लेर सम्झौता गर्न नसकिने हुनाले वृस्तृत अध्ययन गर्नुपर्ने दावी गर्नुभयो। जनमोर्चा नेपालका कमलचन्द सुमनले कर्णालीको पानी पनि हत्याउने भारतीय योजनाअनुसार यसको चर्चा अगाडि बढाइएको दाबी गर्नुभयो। नेकपा(माओवादीका पृथक लामाले अप्ठ्यारो प¥यो भन्दैमा नेपालको सम्पत्ति विदेशीलाई सुम्पन नहुने बताउनुभयो ।        राष्ट्रिय प्रजातन्त्र पार्टीका सीता राम बर्तौलाले ऊर्जा र जललस्रोतलाई छुट्टै राखेर हेरिनुपर्ने भन्दै यस विषमा नेपालका नेताहरुले भ्रष्टाचार गरेको बताउनुभयो।  नेकपा मालेका सुरेन्द्र विष्टले भारतले राखेका शर्तहरु सम्झौतापूर्व नेपालीलाई जानकारी गराउनुपर्ने सुझाव दिनुभयो । राप्रपा नेपालका         रामहरि न्यौपाने र नेकपा एमाले प्रतिनिधि श्याम श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

 मकवानपुर क्याम्पसमा सहमति
हेटौडा । मकवानपुर बहुमुखी क्याम्पस र आन्दोलनरत् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बीच शुक्रबार सहमति जुटेको छ। आठ वटा मागमा सहमतिपछि क्रान्तिकारीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ।
शैक्षिक गुणस्तर बृद्धिका लागि स्पष्ट नीति र नियम बनाएर कार्यान्वयनमा ल्याउन शैक्षिक सहायक क्याम्पस प्रमुख रामचन्द्र सुवेदी र राजेन्द्र भट्टराईलाई जिम्मेवारी दिने, आर्थिक वर्ष २०६९÷०७० को हिसाबकिताब १५ दिनभित्र सञ्चालकहरु अशोक शाक्य, प्रह्लाद लामिछाने, भीमसेन महत र विष्णुु ओझाको रोहबरमा हेर्ने र पुस्तकालयबाट नियमविपरीत पुस्तक लगेकाहरुलाई फिर्ता गर्न सात दिन म्याद लिने र कार्डवाला विद्यार्थीलाई चार थान पुस्तक उपलब्ध गराउने भएको छ ।क्याम्पस सञ्चालक समिति सदस्य भीमसेन महतको संयोजकत्वमा प्राध्यापक, कर्मचारी र विद्यार्थीको आचारसंहिता निर्माण गरी कडाईका साथ लागू गर्ने, हाल कार्यरत् सुरक्षा गार्डलाई परीक्षण अवधिका रुपमा ९० दिन हेर्ने र त्यसपछि कोटेशन आव्हान् गर्ने सहमति जुटेको छ । ईलाइब्रेरी सञ्चालनमा ल्याउने, एमएड् र बीएड साइन्सलगायत अन्य प्राविधिक विषय थप गर्ने गरी क्याम्पससभाले पारित गरेका कार्य योजनाअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइने भएको छ ।
     सकियो तीज पर्व
हेटौडा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व शनिबार सप्तषिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीले मनाएका छन् । यससँगै यसवर्षको तीज पर्व सकिएको छ । बुधवार एक आपसमा जम्मा भएर दर खाने कार्यक्रम र विहीवार व्रतबसी पूजाआज सहित शनिवार खोला एवं नदीमा नुहाएर विधिवत रुपमा यो पर्वको समापन गरिएको छ। 
विहानै नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीनसय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेका थिए । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
    ३५ जुवाडे पक्राउ
हेटौडा । जुवातास जस्ता सामाजिक बिसंगति बिकृतिलाई निरुत्साहित गर्ने क्रममा शनिबार हेटौंडाका विभिन्न जुवा अखडाबाट मकवानपुर प्रहरीले ३५ जुवाडेलाई पक्राउ गरेको छ । मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म हेटौंडा नगर क्षेत्रका पाँच वटा खालहरुबाट वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्र तिमल्सिनाको टोलीले हेटौंडा–४ प्रगतिनगर स्थित हीरामान तिमल्सिनाको पसलबाट सात जना, हेटौंडा(३ सानोपोखराबाट चार जना, हेटौंडा–४ कर्राबाट पाँच जना, हेटौंडा–५ पिप्लेबाट सात जना र सानोपोखरा बाट १२ जना गरी जम्मा ३५ जना जुवाडेलाई तास र नगदसहित पक्राउ    गरेको हो । पक्राउ परेका जुवाडेहरुलाई सोधपुछ गरी पटके कायम गरी फोटो खिचेर अभिलेख राखी आइन्दा नखेल्ने सर्तमा एक पटकलाई आफन्तको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता तथा निमित्त प्रहरी प्रमुख प्रहरी नायव            उपरीक्षकले जानकारी दिनुभयो।

विराग प्रतिष्ठानद्वारा पुरस्कार घोषणा 
हेटौडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान, नेपालले यस वर्ष प्रदान गरिने विविध ६ विधाका पुरस्कृत व्यत्तित्वको नाम घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरी नामावली घोषणा गरेको हो ।
२५ हजार नगद राशिको हर्षरत्न बज्राचार्य स्मृति सम्मान पुरस्कार( २०७१ बाट शिक्षाविद् धर्मदत्त न्यौपानेलाई, नगद २० हजार एकसय ५१ राशिको विजय बानिया स्मृति लोकसंगीत पुरस्कार लोक बाद्यबादक एवम् लोक गायक प्रलय चौलागाईंलाई र नगद १५ हजार एकसहितको शीला नारी संगीत पुरस्कार(२०७१बाट नेपाली चलचित्रमा सुमधुर आवाज दिन सफल गायिका अस्मिता खड्कालाई समर्पण गरिने प्रतिष्ठान कार्यबाहक सभापति सुशीला पाण्डे मानन्धरले जानकारी दिनुभयो ।
११ हजार एकसय ११ रुपिया नगदसहितको चिनकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट दृष्टिबिहीन युवा गजलकार अनिश न्यौपाने, नगद दशहजार एकसहितको तुल्सीमाया शिवकुमारी नारी सिर्जनशील पुरस्कार(२०७० बाट मकवानपुरको बसामाडी गाविसकी ईश्वरी बानिया र नगद ६ हजार ५१ राशिको भीम बालप्रतिभा पुरस्कार( २०७० बाट हेटौंडा(४ की विनिशा लामा तामाङलाई सम्मान गरिने प्रतिष्ठान महासचिव डा. गणेशकुमार पौडेलले बताए ।

Thursday, August 28, 2014

समाचार 
            बाढी पहिरोबाट क्षति, उद्धार, राहतको विषयमा
                  गृहमन्त्रीलाई नौबुुदे निर्देशन
काठमाडौ । राज्य व्यवस्था समितिले बाढी पहिरोबाट मुलुकका विभिन्न भागमा भएको जनधनको क्षति, उद्धार र राहत कार्य प्रभावकारी तुल्याएर एक हप्ताभित्र त्यसको जानकारी समितिलाई गराउन उपप्रधान तथा गृहमन्त्रीलाई नौबुँदे निर्देशन दिएको छ ।
बैठकले जिल्ला र गाउँस्तरमा राजनीतिक र अन्य सम्बन्धित व्यक्ति सम्मिलित समिति गठन गरी त्यस संयन्त्रमार्फत राहत र पुनःस्थापनाको कार्यक्रम उच्च प्राथमिकताका साथ प्रारम्भ गर्न सरकारलाई सुझाव पनि दिएको छ । प्राकृतिक प्रकोप प्रभावित जिल्ला एवम् क्षेत्रमा उद्धार तथा राहत कार्यको अनुगमन एवम् समन्वय गर्ने कार्यका लागि मन्त्रिपरिषद्का एक सदस्यलाई पूर्ण अधिकार, उत्तरदायित्व र जिम्मेवारी तोकी निश्चित अवधिका लागि क्षेत्रमा मुकामकायम गर्ने व्यवस्था मिलाउनसमेत गृहमन्त्रीलाई समितिले निर्देशन गरेको छ।प्राकृतिक प्रकोपको कारणबाट असामयिक निधन भएका व्यक्तिको घर परिवारलाई उचित राहतसहितको क्षतिपूर्ति, विस्थापित परिवारलाई अस्थायी शिविरको बन्दोबस्तसहित खाने र बस्ने उचित व्यवस्था, र घाइतेका लागि स्वास्थ्योपचारसहित खाने र बस्ने व्यवस्था गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ । बाढी पहिरो  बाट पुग्न गएको क्षतिको मूल्याङ्कनसहित स्वास्थ्य मन्त्रालय र सो सम्बद्ध निकायबाट निरन्तररुपमा त्यस्ता स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी लाग्न सक्ने विभिन्न रोगब्याधिको रोकथाममा उच्च प्राथमिकता दिने व्यवस्था मिलाउन पनि आज बसेको समितिको बैठकले निर्देशन दिएको छ। समितिले मुलुकका विभिन्न भागमा आएको बाढी र पहिरा ेका कारणबाट पुग्न गएको क्षतिबारे मौसम पूर्वानुमानको सचेतना पछि पनि विपद् व्यवस्थापनका सम्बन्धमा सरकारबाट विपद् पूर्व गर्नुपर्ने सावधानीमा उचित ध्यान पु¥याउन नसकेको भनी सरकारको आलोचना गरेको छ । 
बाढीपहिरोबाट ३९ जिल्ला प्रभावित भएको, ती घटनामा परी २३१ जनाको मृत्यु भएको, १४६ जना गम्भीर घाइते भएको तथा २४९ बेपत्ता भएको जानकारी गृहमन्त्री वामदेव गौतमले दिनुभयो । बाढी पहिरोबाट पाँच हजार ५८५ घर पूर्णरुपमा र १३ हजार ७७९ आंशिक रुपमा क्षति पुगेको पनि मन्त्री गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी, पहिरो र डुबानबाट रु ३७ करोड १५ लाख बराबरको भौतिक सम्पत्ति क्षति भएको छ र केन्द्रीय दैवी उद्धार कोषबाट हालसम्म रु आठ   करोड ९७ लाख रकम निकासा भएको छ। बैठकमा सहभागी सदस्यहरूले बाढीपीडितलाई राहत वितरणमा विभेद गरिएको, राहत वितरण कार्य प्रभावकारी नभएको, तथ्याङ्क सङ्कलन कार्य वास्तविकताका आधारमा नभएको, जोखिम नियन्त्रण गर्नुभन्दा राहतमुखी शैली सरकारले अवलम्बन गरेकाले प्राकृतिक प्रकोपका घटना बढेको भनी सरकारको आलोचना गर्नुभएको थियो।

नगरपालिका र उद्योगी विवादको गाँठो फुक्यो
हेटौडा । हेटौंडा नगरपालिका र हेटौंडा औद्योगिक क्षेत्रका उद्यमीबीचको वर्षौंदेखिको करसम्बन्धी समस्याको समाधान भएपछि लामो समयदेखि रहेको विवादको गाठो फुकेको छ । 
नगरपालिकाले उद्योगीलाई लगाउँदै आएको सम्पत्ति कर र व्यवसाय कर उद्योगीहरुसंग नलिने तर, उद्योगीहरुले बहाल करवापत बुझाएको रकमको दुई प्रतिशत एकमुष्ट औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले तिर्ने सहमति जुटेपछि समस्याको गाँठो फुकेको हो ।
नगरपालिकाले गएको नगर परिषद्बाट उक्त सहमतिलाई कार्यान्वयन गर्ने निणर््ँय गरेपछि विवाद करिब समाधानतर्फ उन्मुख भएको छ। औद्योगिक क्षेत्रको भौतिक विकासलगायत कार्यमा नगरपालिकाले सहयोग नगरेको दाबी गर्दै उद्योगीहरुले सम्पत्ति र व्यवसाय कर तिर्न आनाकानी गर्दा दुई निकायबीच लामो समयदेखि विवाद थियो । तर, नगर परिषद्ले उद्योगीकै पक्षमा निणर््ँय गरेपछि हाल दुबै पक्ष सन्तुष्ट देखिन्छन् । दुई प्रतिशतका सन्दर्भमा औद्योगिक क्षेत्र व्यवस्थापनले नगरपालिकालाई भदौभित्रमा उपलब्ध गराउने मौखिक र लिखित प्रतिबद्धता जनाएको उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेले बताए। ‘नगरपालिकाले अन्ततः औद्योगिक क्षेत्रभित्रका उद्योगलाई विशेष क्षेत्र स्वीकार गर्दै सम्पत्ति र व्यवसाय कर नलिने निणर््ँय गर्नु स्वागतयोग्य छ’, संघ  अध्यक्ष घिमिरेले प्रतिक्रिया दिए । 
क्षत्रभित्र उद्योग स्थापना गरेका स्थानीय उद्यमीलाई कुनै विषयमा सिफारिस लिन नगरपालिकासमक्ष व्यवसाय र सम्पत्ति कर चुक्ता गर्नुपर्ने अनिवार्यता रहेकोमा अब उक्त मुद्दा आफैं निष्कृय भएको अध्यक्ष घिमिरेले बताए। क्षेत्रभित्र उद्योग रहेका तर, बाहिरी जिल्लाका उद्योगीहरुले भने नगरपालिकालाई कर तिर्नु बाध्यता थिएन किनकि उनीहरु सिफारिसहरु लिन हेटौंडा नगरपालिकाको भर पर्न बाध्य थिएनन् ।

विभिन्न कार्यक्रमको साथ हेटौडामा तीज मनाइदै
हेटौडा । तीज २०७१ को उपलक्ष्यमा विभिन्न रेडियो स्टेशन तथा संघसंस्थाहरुले तीज कार्यक्रमको आयोजना गरेका छन्। 
तीजको अवसरमा रेडियो थाहा सञ्चार, हेटौंडा एफ.एम., रेडियो मकवानपुर, रेडियो निकासले सांगितिक कार्यक्रमको साथै समाजमा विभिन्न क्षेत्रबाट सेवा पु¥याउने उदाहरणीय महिलाहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कलाकारको साथमा आयोजना गरिएको कार्यक्रमहरुमा उल्लेख्य रुपमा महिलाहरुको सहभागिता रहेको थियो । त्यसैगरी विभिन्न सामाजिक संघसंस्थाहरुले पनि तीजको विषयमा कार्यक्रमहरुको आयोजना गरेका थिए। 
आइतवार रेडियो निकासले महिला अधिकारकर्मी र महिला सञ्चारकर्मी बीच अन्र्तक्रिया कार्यक्रम ग¥यो। कार्यक्रम रेडियाका प्रवन्ध निर्देशक भीमसेन महतको अध्यक्षतामा भएको थियो। अखिल नेपाल महिला संघ संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष लक्ष्म्ी माझीले बोलेका थिए। कार्यक्रममा सञ्चारकर्मीहरु सम्झना कार्की, नानीमैया विष्ट, रंजिता डंगोल लगायतकाले बोलेका थिए भने अधिकारकर्मीहरुमा माया लामा, आरती पाठक, रमिला सापकोटा, सरिता लामा लगायतकाले बोलेका थिए । त्यसैगरी हेटौडा एफ. एम तथा हेटौडा म्युजीक एफ. एम.को आयोजनामा खुल्ला तिज गीत प्रतियोगितामा गाउँ गाउँका लोक भाकासंगै शहरका भर्खर तीजका लागि तयार गरीएका गीतहरु समेत गाउदै नाच्दै गरेर महिलाहरु रमाएका थिए । कार्यक्रममा चर्चीत गायीका ज्योति थापा मगरले सुरीलो स्वरमा गीत गाउँदा सबै उमेर समूहका महिलाहरु रमेका थिए। १९ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए।  प्रतियोगितामा आकृती समुह मकवानपुर प्रथम भएको छ। उसले नगद १० हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी मकवानपुर सांस्कृतीक समुह द्धितीय भएको छ । उसले ७ हजार ५ सय र प्रमाण्पत्र प्राप्त गरेको छ त्यसैगरी संझना समुह तृतीय भएको छ ।
त्यसैगरी अनेरास्ववियु वन विज्ञान अध्ययन संस्था हेटौडाले तीज विशेष कार्यक्रमको आयोजना गर्दै दर खुवाउने तथा सांगितिक कार्यक्रम हिजो सम्पन्न भयो । रुपेश कालाखेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य मुनु सिग्देल प्रमुख अतिथि रहेका थिए । अतिथिहरुमा अनेरास्ववियुका जिल्ला अध्यक्ष किशोर टण्डन, सन्तोष पौडेल लगायतका रहेका थिए । 
त्यसैगरी आज विशेषगरी हेटौडा ४ मा रहेको पशुपति मन्दीरमा महिलाहरुको विशेष पूजाआजा र सांगितिक कार्यक्रम गरिन्छ । महिलाहरु व्रत बसी शिवको पूजाआज गर्ने प्रचलन अनुसार पशुपति मन्दीरमा महिलाको भीड लाग्ने गर्दछ । 

चुरे सीमालाई पुरानै मान्यता दिन माग
हेटौडा । सरकारले पछिल्लोपटक चुरे क्षेत्र विस्तार गरी निर्धारण्ँ गरेपछि उत्पन्न कठिनाई र विवाद समाधान गर्ने उद्देश्यले मकवानपुर उद्योग वाण्ँिज्य संघले जिल्लाको पुरानै चुरे क्षेत्रलाई कायम गराउन माग गरेको छ ।
संघले मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाउदै चुरेको पुरानै क्षेत्रलाई कायम गराउन सम्बन्धित निकायहरुमा पहल गरिदिन आग्रह गरेको हो । ज्ञापनपत्रमा नदीजन्य सामग्रीको स्थानीयस्तरमा उपयोगमा लागेको प्रतिबन्ध फुकुवा नभएको अवस्थामा सो कार्यबाट प्रभावित व्यवसायीहरु आन्दोलनमा होमिने अवस्था सिर्जना हुन नदिने व्यवस्थाका लागि पनि ध्यानाकर्षण गराइएको छ ।
आर्थिक वर्षको सुरुवातसंगै सरकारले नदीजन्य सामग्री निकाल्न एक्कासि प्रतिबन्ध लगाएपछि सो क्षेत्रमा कार्यरत मजदुरको दैनिक रोजीरोटी नै बन्द भई ज्यूूदै मृत्युवरण्ँ गर्नुपर्ने अवस्था आइलागेको भन्दै संघ अध्यक्ष भुवनलाल श्रेष्ठले बुझाएको ज्ञापनपत्रमा निर्माण्ँ सामम्री उत्पादन, व्यापार तथा ढुवानीमा आबद्ध उद्योगी, व्यापारी तथा यातायात व्यवसायीको दैनिक व्यावसायिक क्रियाकलाप नै ठप्प हुन पुगेको उल्लेख छ।
सरकारले गरेको गैरजिम्मेवारपूणर््ँ निणर््ँयले नजिकिदो चाडपर्वको समयमा गम्भीर अवस्था सिर्जना हुँदा समाजमा सकारात्मक सन्देश नजाने र यसैकारण्ँ जिल्लाको शान्ति सुरक्षामासमेत खलल पुग्नसक्नेतर्फ प्रजिअको ध्यानाकर्र्षण गराइएको छ । ज्ञापनपत्र बुझाउन पुगेको टोलीले मकवानपुरका स्थानीय विकास अधिकारी गोकणर््ँप्रसाद शर्मालाई पनि ज्ञापनपत्र बोधार्थ बुझाएको थियो ।

व्यवसाय धरापमा परेको व्यवसायीको गुनासो
हेटौडा । मकवानपुर उद्योग वाण्ँिज्य संघ र निर्माण्ँ सामग्री व्यवसायीबीच सोमबार हेटौंडामा छलफल भएको छ । मउवा संघको सभाहलमा भएको छलफलमा व्यवसायीहरुले नदीजन्य सामग्री उपभोग ठप्प भएसंगै आफूहरुको व्यवसायमा गम्भीर असर पुगेको भन्दै तत्काल सुचारु गर्न माग गरेका छन् ।
चुरे संरक्षण भन्दै मन्त्रिपरिषद्ले साउन ११ गते विशेष निर्णय गर्दै नदीजन्य सामग्री उत्खनन् र बिक्रीमा पूणर््ँतया रोक लगाएपछि स्थानीयस्तरमा विकास निर्माण्ँ कार्य ठप्प हुूदा निर्माण्ँ सामग्रीको बिक्रीमा नकारा त्मक असर परेको निर्माण्ँ सामग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष मनोज जालानले बताए । निर्माण्ँ सामग्री व्यवसायीको व्यापार चौपट हुूदा पनि मउवा संघ चुपचाप बसेको भन्दै उनले आपत्ति जनाएका छन्। छलफलमा क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपमहासचिव सीताराम न्यौपानेले सरकार समस्या समाधानमा भन्दा पनि चर्काउने नीतितर्फ अग्रसर रहेको दाबी गर्दै मन्त्री फेरिदा नीति पनि फेरिने नियतिले नेपाल र नेपालीले समस्या भोग्नु परेको बताए । उनले हाल क्रसर उद्योगमा स्टक नदीजन्य सामग्री नरहेको भन्दै सरकारले व्यवसायीलाई अनाहकमा कालोबजारी गरेको आरोप लगाएकोमा दुःख व्यक्त गरे । 
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठले संघको पहलमा पटकपटक मन्त्री, सभासद्, जिविस,  प्रशासनसंग समस्याको विषयमा छलफल गरिए पनि ठोस निष्कर्र्ष ननिस्किएको बताए । ‘हामी समस्याको जड पत्ता लगाउने क्रममै छौं’, अध्यक्ष श्रेष्ठले मन्त्रीले आदेश दिदा पनि नदीजन्य सामग्री सुचारु हुन नसक्नु बिडम्बना नै रहेको बताए । दलहरुलाई जिम्मेवार बन्न सुझाएका उनले दलीयरुपमा नै सर्वपर्षीय ढंगले समस्या समाधान हुनुपर्ने सुझाव दिए । संघ वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले मन्त्रिस्तरबाट चिप्ला कुरा हुने तर, जिल्ला तहका ठोस कार्यनीति नबन्दा समस्या समाधान हुन नसकेको बताए । 

नेकपा एमालेको नयाँ संगठन संरचना 
हेटौंडा । हेटौंडा नगरपालिकाको क्षेत्र बिस्तार भएसंगै बिस्तारित क्षेत्रमा नेकपा एमालेले आफ्नो संगठन को संरचना बनाएको छ ।
एमाले हेटौंडा नगरपालिकाको साविक हर्नामाडी गाविस अन्र्तगत रहेका तीनवटा वडाहरुमा वडा कमिटी गठन गरेको छ । वडा अधिबेशनको आयोजनागरी एमालेले वडा कमिटी चयन गरेको हो । वडा नम्बर २३ मा केदार बानियाको अध्यक्षतामा ९ सदस्यिय कमिटी गठन गरिएको  युवा संघ नेपाल मकवानपुर सचिवालय सदस्य प्रकाश बानियले जानकारी दिए । बानियाका अनुसार वडा नम्बर २४ मा केदार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय र वडा नम्बर २५ मा छन्दप्रसाद न्यौपानेको अध्यक्षतामा १३ सदस्यिय कमिटी गठन गरिएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य बिरोध खतिवडाको प्रमुख आतिथ्यता एवं गाउ कमिटी पुर्व अध्यक्ष तोयानाथ तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा एमाले पूर्व सांसद कृष्णप्रसाद दहाल, जिल्ला सचिवालय सदस्य हरीबोल महत, एक नम्बर क्षेत्रिय इन्जार्च कमल बिष्ट, जिल्ला सचिवालय सदस्य रामचन्द्र राई, जिल्ला सदस्य अनिल बानिया लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

सम्पादकीय 
सन्दर्भः तीज पर्व
तीजलाई समयानुकुल बनाउन आवश्यक
विशेषगरी हिन्दु धर्म मान्ने महिलाहरुले तीज पर्वलाई निकै हर्ष उल्लासको साथ मनाउने गर्छन् । आफ्नो रितीरिवाज र नियम     रहेको यो पर्वलाई विभिन्न क्षेत्रबाट विभिन्न कोणले हेर्ने गरिन्छ । धार्मिक हिसावले शिवको पूजाआजा गरिन्छ भने साथीसंगीहरुसँगको अन्र्तक्रिया  र कसैले महिला अधिकार विषयलाई उठान गर्ने पर्वको रुपमा समेत लिने प्रचलन बढ्दै गएको छ । तर अहिले हामीकहाँ भने अन्य कोणबाट भन्दा पनि नितान्त परम्परागत ढंगले लोग्नेको आयु र कुशल मंगलको कामना गर्नेहरुको संख्या धेरै छ । हाम्रो जीवनपद्धतीसँग सम्बन्धित चाडपर्व, रितिरिवाज, संस्कृतिलाई बैज्ञानिक ढंगले मनाउनुपर्छ तर त्यसो त आधुनिकताको नाममा उत्श्रृङ्खलता भित्र्याउन भने हुँदैन । हामी त २१ औं शताब्दीका मानिस हौ यस्ता पर्वहरु सबैले सबैलाई सम्मान, श्रद्धा गर्ने र अनुशासित हिसावले मनाउनु जरुरी छ । वर्षौदेखि विकासका मुलधारबाट पछाडी पारिएका अवसर विहिन महिला मात्र होइन समग्र मानिसको हक, अधिकारको विषयमा सचेत गराउने आँटी र बुद्धिमान मानिस निर्माणका निम्ति हाम्रा यी चाडपर्वहरुलाई माध्यम बनाउनुपर्छ । तीज महिला दिदीबहिनीहरुले धर्मको निम्ति मनाएको वर्षौ भइसक्यो अव अधिकार र चेतनाको निम्ति मनाउनुपर्छ भन्ने लाग्छ ।
विशेषगरी नेपाली महिलाले मनाउने पर्व भनेको ‘महिला दिवस’ र ‘तीज’ हो । दिनप्रतिदिन विज्ञानसँग नजिक भएका महिलाले यी पर्वका विषयमा पनि समिक्षा गर्नेगर्दछन् । स्वावलम्बी र स्वतन्त्रता चाहने महिला जो अधिकारका विषयमा सजग छन् तिनीहरु महिला दिवसतिर नजिक हुन्छन् । जो आत्मनिर्भर हुन सकेका छैनन् उनीहरु प्राथना, भक्तिभावतिर लाग्दै तीजतिर नजिक हुन्छन् । यो कुराको पुष्टि  हाम्रा वरिपरि रहेका कतिपय सचेत र अगुवा महिलाहरुले  समेत तीजलाई समयानुकुल बनाउनुपर्छ भन्दै जमघट, रमाईलो र राष्ट्रिय मुद्दाहरुमा अन्र्तक्रिया थालेका छन् । यो नै अहिलेको आवश्यकता पनि हो ।

लेख / विचार
युवामा विदेश मोह र राष्ट्रिय परिवेश
रमेश दवाडी  श्रमिक
युवा राष्ट्रको सम्पति र परिवर्तनको संवाहक शक्ति तथा सामाजिक, आथिर्क, राजनीतिक र सा“स्कृतिक सुस्कृतिक रुपान्तरण्ँ तथा परिवर्तनको शक्ति पनि मानिन्छ । युवा जमात समाजको सबैभन्दा उत्पादक जनशक्ति हो । युवा शक्तिकै पौरखमा मात्र कुनै पनि समाजले समृद्धिको पहाड टेक्न सक्छ । युवा देश विकासका लागि चम्कीला तारा हुन जहा“ उनीहरुले चाहेको खण्डमा असम्भव कुराहरुलाई सफलताको शिखरमा पु¥याउने साहस हुन्छ । युवामा नया“ जोस जा“गर अनि समाज परिवर्तनको संवाहक मानिन्छन् । देशमा रोजगारको सम्भावना कम छ । दिनानु दिन जनसंख्याको वृद्धि स“गै गरिविको पीडा थाम्न नसकी वा मूलतःआर्थिक रुपमा उचो हुन नसक्दा होनाहार युवावर्गमा विदेशको मोहले गर्दा गाउ“ शहर युवा विहिन हुने अवस्था छ भने युवाको अभावमा जेष्ठ नागरिक, महिला र केटाकेटीहरु छटपटाई रहेका छन् । मर्दापर्दा समेत युवाहरुको अभावमा गाउ“घरहरु गुज्रिरहेकोछ । गाउ“ घरमा खेति किसानी गर्ने बलिया मानिसहरु सबै विदेश वा शहरतिर हुने भएकाले काम गर्न नसक्नेहरु घरमा ह“ुदा खेति योग्य जामीनहरु सबै बा“झै रहेका छन् भने एकाद मात्रामा महिलाहरु आफैले खेत जोतेर वा गुजारा चलाएका छन् । बहुआयामित शक्ति भएका युवाहरु पलायन हुनु भनेको दुःखको कुुरा हो । दैनिक हजारौ मानिसहरु विदेश पलायन हुने गरेका छन् । तर हाम्रा अगाडि युवापुस्ता पलायनको भयाभह दृश्य छ । देशमा रोजगारी र उत्पादनका Ôेत्र विस्तार नहु“दा कामका लागि दैनिक एक हजारभन्दा बढी युवा बैदेशिक रोजगारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर जान्छन् । देख्दा आ“खामा आ“सु नभएता पनि हृदयमा परिवारप्रतिको ठूलो जिम्वेवारी बोकेर यात्रा तय गर्दा निकै नै सकस हुन्छ ।
यी युवाले पठाएको विप्रेÈण्ँले देशको अर्थतन्त्र जेनतेन चलेपनि यसले समृद्ध समाजको   रेखाङकन कोर्न निश्चय नै सक्दैन् । नेपालबाट हुने युवा पलायनले आज मरुभूमिका देशहरुमा पूmल फुलेका छन्, हरियाली छाएको छ, घामको किरण्ँ छेक्ने रुखका छहारी बनेका छन्, कहाली लाग्दो भीरहरुमा सडक र समुन्द्रको वीच वीचामा सुन्दर महल ठडिएका छन् । आप्mना सपनाहरुलाई थन्काएर परिवार र आफन्तको खुसीका लागि विदेशिएका छन् । जीवित सुतेका व्यक्ति विहान मृत्युवरण्ँको यथार्थता थाहा पाएरै पनि युवाहरु विदेशको मोहले छोएको छ । वैदेशिक रोजगारका नाममा मात्रै होेईन, केही बर्È यता नेपालको भविष्यमा नै प्रश्न चिह्न ठड्याउ“दै युवा युवती अध्ययन अध्यापनको नाममा विदेश पलायन पनि त्यतिकै बढीरहेको छ । दश जोड दुई उतिणर््ँ गर्न पाएको हुदैन विदेश जाने तरखर शुरु भईसकेको हुन्छ । धन सम्पति नभए पनि भएको सीमित सम्पति बेचेरै भए पनि विदेश पलायन हुने गरेका छन् । पढाईको नाममा विदेशियका युवाको प्रथामिकता पनि विदेशमा बैध–अबैध रुपमा काम गर्नु र उतै बस्नु रहेको छ । युवा शक्ति गुमाएर मुलकले ठोस र दीर्घकालिन लाभ हासिल गर्न सक्दैन । अब, यहा“ प्रश्न उठ्छ, पढ्न वा अन्य कारण्ँले विदेशी भूमी टेकेका अधिकांश मानिसहरु किन नेपाल फर्कन चाहदैनन् ? विकसित मुलुकहरुमा स्वतन्त्र समाज, कसैले कसैको मतलव नराख्ने, नेपालीहरु मिहिनेति, मिलनसार र इमान्दार भएकाले कामको लागि सबैले रुचाउने गरेको विदेशमा लामो वर्È बसोवास गरेर आएका युवा दाजुभाई दिदी बहिनीहरु वताउनुहुन्छ । भारतीय, पाकिस्तानी, भीयतनामी, अमेरिकी, बेलायतिहरुले बढी रुचाउ“छन् । कामको अवसर धेरै भएकाले काम पाईसकेपछि बा“च्ने वातावरण्ँ सहज हुने भएकाले पनि अपवादलाई छाडेर अनिकाशं मानिस नेपाल फर्कन नचाहेको पो होकी भन्ने बुझिन्छ । विकसित मुलुकहरुमा रहने नेपालीलाई चिल्ला कार, आधुनिक बङगला र प्रविधिले समेतले लोभ्याउने गर्छ । हरेको कुरामा नियमबद्ध र सुत्रात्मक रुपमा चल्ने हुनाले कामका लागि नातावाद कृपावाद, राजनीति कसैको शरण्ँ लिन नपर्ने भएकाले पनि उतै बस्न थालेका हुन् । युवा वर्ग विदेशियर विकसित मुलकको अर्थतन्त्रमा युगान्तकारी परिवर्तन आएको छ तर नेपालको अर्थतन्त्र भने दिनानुदिन दयनिय बन्दै गईराखेको छ । यसले उत्पादनमुखी होईन उपभोक्तामुखी संस्कारलाई अगाडी बढाउने काम मात्र भईरहेको छ । अर्को तर्फ नेपाली युवा युवतिहरु कतार, मलेसिया, साउदीअरब, मकाउ, इजरायल आदि लगाएत अन्य देशरुमा कम तलब र अमानविय ब्यबाहारको पीडा खेपी काम गर्न बाध्य भएका समाचार, विचार र विभिन्न अनुसन्धानहरुले सूचना प्रकाशन प्रसारण्ँ गर्ने  गरेका छन् । रोजगार र शिÔाको नाममा हुने युवा शक्तिको विदेश पलायन स्वार्थपुणर््ँ राननीति, कर्मचारी को गैर जिम्वेवारीपूणर््ँ काम र खराव परराष्ट्र नीतिका कारण्ँ नै हो । नेपालमा युवा युवतीले युरोप, अमेरिका र अष्ट्रेलिया लगाएत तथा तेश्रो विश्वमा ठूलो योगदान पु¥याईरहेका छन् । कलाकौशल, ब्यापार, विज्ञान र कारोबारमा नेपाली युवाले त्यहाको रैथानेहरुले भन्दा कुशलता देखाएका समाचारहरु प्रशस्त सुन्न पाईन्छ । उनीहरुको खुबीका कारण्ँ त्यहा“का सरकारले पनि नेपाली युवाहरुलाई नेपाल छाडेर ती देशहरुमा बस्न पाउने आकर्Èण्ँ पनि दिएका छन् । नेपाली श्रम र सीपले युरोप, अष्टूेलिया र अमेरिकी देशहरु बढी मात्रामा लाभान्वित भईरहेका छन् भने तिनीहरुको त्यही श्रम र सीप नेपालमा खर्च गराउने सोच नआउनु नेपाली राजनीति गर्ने नेताहरुले उचित वातावरण्ँ अझैपनि मिलाउन नसक्नु राजनीतिककर्र्मीहरुको सा“घुरो मन मस्तिष्क रहेको गज्जवले भन्नुपर्दछ । विदेशमा बढी लाभ भएपनि स्वदेशमा नै कम लाभमा पनि वस्न र काम गर्न खोज्नु युवाहरुको कर्तव्य पनि रहेको देखिन्छ ।
अर्को तर्फ,सबै युवाले समुचित शिÔाको अवसर पनि पाएका छैनन् । शिÔित, अर्धशिÔित र देशको आवश्यकता र प्रकृति अनुसारको ज्ञान विज्ञानको Ôेत्रमा ज्ञान र अनुभव वढाएका विदेशमा चमत्कार देखाउने युवाले स्वदेशमा झन बढी चमत्कार देखाउन सक्ने थिए । यस तर्फ सम्बन्धित निकाय, सरकार र स्वयम युवाहरुले मनन्, ध्यान, परामर्श निर्देशन सल्लाहमा गर्नमा नजरन्दाज हुनुपर्ने हो तर त्यसो भईरहेको छैन् । नेताहरुले परिचालन गरेका युवाहरुलाई ठोस काममा योगदान पु¥याउन दिएका छैनन् । अनावश्यक कुराहरुमा गफ गर्न सिकाएका होलान्, सडक अवरुद्ध पार्न, हिंसा आतङकमा लागेर आफु बर्बाद हुन र देशलाई वर्बाद गर्न प्रेरित गरेका छन् भने त्यसबाट नेता र कार्यकर्ताको सम्वन्ध र विग्रिने खतरा रहन्छ । नेपालमा साधारण्ँ तया कृÈि ब्यबसाय पनि युवाहरुको विदेश पलायनको कमी आईरहेको देखिन्छ । दूरदराजका पाखा पखेरा, भीर खेतियोग्य जमिनहरु बा“झा छन् । पशुपालनमा कमी आएका छन् । यस परिमाण्ँले खाद्यान्न, दूध, घ्यू निरन्तर कमी र मह“गीको मार बढी रहेको छ । देश रेमिट्यान्सले धानेकोमा गर्व राजनीतिक दलका नेताहरुलाई लाज लाग्नुपर्ने हो ।
बालकले अरुलाई अह्राउ“न सक्छ आफै काम गर्न सक्दैन, वृद्धवृद्धाले पनि आप्mनो स्याहार गर्न सक्दैनन्, उपदेश दिन सक्लान, काम गर्न सक्दैनन् । वृद्धवृद्धा र बालबालिकाहरुको मस्तिष्क युवाको जस्तो होसपुणर््ँ र जोसिलो पनि हु“दैन् । यसैले राष्टूलाई सकारात्मक परिवर्तन दिन युवाले मात्र सक्ने स्थिति छ । युवास“ग स्मृति, बुद्धि, Ôमता, दयाको सागर उर्लिरहेको हुनसक्छ । युवामा विचार प्रवाह उम्लेको हुन्छ, नकारात्मक सोचतर्फ बढ्न नदिन सकारात्मक दिशामा युवाशक्तिलाई लगाउने काम अभिभावक र राजनीतिक दलका नेताहरुको हुनुपर्छ । भगवान सिद्धर्थ गौतम वुद्धले युवा अवस्थामा नैतिक जागरण्ँ,सत्य, शान्ति र अहिंसाको मार्ग प्रशस्त गरे । उनी एसियाका प्रकाश बने विश्वभरी अन्तिम सस्मरण्ँको उज्यालो दिन सके । युवाको सृष्टि र दृष्टि शुद्ध पार्न उनीहरुको ध्यान र कर्म शुद्ध पार्नुपर्दछ । नेपालका युवामा नेपाली चिन्तन, नेपाली संस्कृति, नेपाली मर्यादा, नेपाली पहिचान, पितापुर्खाको गौरव राख्ने, ऐतिहासिक धरोहरको रÔा गर्ने, यहा“ जागरुग युवा जमातलाई प्रभाव पर्ने गरी अभिप्रेरण्ाँको स्रोत बन्ने र विश्व परिवेशमा विश्व मान्य लोकतान्त्रिक आचरण्ँमा डट्न अवका युवाहरुले गल्ती गर्नुुहुन्न । अग्रजले गल्ती गल्ती    गरेका छन् भने पनि युवाले अन्धभक्त भएर पछि लाग्ने होईन । के सही हो के गलत हो भन्ने अभिव्यक्तिलाई छुट्याई प्रगतिशिल ढङगबाट अगाडि बढ्नु पर्दछ । आप्mनो अन्तस्करण्ँ, हृदय, मनमस्तिष्कको विवेकले मातृभूमि, जनता, सत्य र निष्ठाको कुरा गर्नुपर्दछ ।
यता,  राज्यले वैदेशिक    रोजगारीका लागि जाने नेपाली युवाका लागि कानूनी इजाजत प्रदान गरेको २० वर्È पुगेको छ । २०५०÷५१ सालदेखि वैदेशिक        रोजगारीका लागि सरकारी तवरबाट श्रम स्वीकृति लिएर नेपाली युवा विदेश जानेक्रम सुरु भएको हो । २० वर्È रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको संख्या २०७१ वैशाख मसान्तसम्म ३३ लाख ३० हजार ७ सय बढी पुगेको छ । श्रम स्वीकृति नलिईकन व्यक्तिगत तथा भारतिय बाटोबाट जानेहरुको संख्या श्रम स्वीकृति लिएर जानेहरुको भन्दा बढी रहेको छ । अहिले ६० लाख भन्दा बढी युवा विश्वका विभिन्न देशमा कामका सिलसिलामा छन् । आज भन्दा १० वर्È अघि २०६१÷६२ सालमा ७ लाख ५८ हजार ६ सय ७ जना नेपाली युवाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकका थिए । अहिले फेरि १० वर्È पछि पनि यो संख्या करिव ३५ लाख पुगेका तथ्याङकले देखाएको छ । आज नेपालबाट १ सय ९ देशमा नेपाली युवा रोजगारीका लागि जाने गरेका छन् । रोजगार विभागका अनुसार नेपाली युवा खाडी मुलुक र विश्वका विभिन्न देशहरुमा रोजगारीका लागि दैनिक २ हजारको संख्यामा जाने गरेका छन् । विदेशबाट नेपालीहरु दैनिक कतिको संख्यामा विदेश छोडेर स्वदेश फर्कन्छन भन्ने यकिन तथ्याङक कसैस“ग छैन् । दैनिक आईरहेका हुन्छन् गइरहेका हुन्छन् । नेपाली युवाले वैदेशिक रोजगारबाट पठाएको रेमिट्यान्सले अर्थतन्त्रमा महत्वपुणर््ँ हिस्सा ओगटेको छ । वैदेशिक रोजगारीको तथ्याङक अनुसार सरकारी स्तरबाट श्रम स्वीकृति लिएर जाने नेपाली युवाको संख्या झन्डै २० वर्Èको अवधिमा झन्डै ५० लाख हाराहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार विदेश पलायन हुने नेपाली युवा मध्ये करिव ६ प्रतिशत महिला छन् । दैनिक २ हजारको संख्यामाा जानेको संख्या १ हजार ३ सय र व्यक्तिगत तहमा जाने करिव ७ सयको हाराहारिमा छ । विदेशमा   रोजगारीमा जानेहरुमा दÔभन्दा, अदÔ नेपाली युवाको संख्या बढ्दो छ । २०५०÷५१ सालबाट सरकारी स्तरबाट श्रम स्वीकृत लिने क्रमको सुरुवात भएपछि विदेश जाने युवाहरुको लागि बाटो खुले जस्तै भयो । त्यपछि २०६०÷६१ सालमा ७ लाख ५८ हजार ७ सय ७५ जना, ०६८÷६९ मा २४ लाख ६२ हजार ७ सय ९९ जना, ०६९÷७० मा २९ लाख १९ हजार २ सय र २०७१ वैशाख मसान्तसम्म ३३ लाख ३० हजार ७ सय युवाहरु विदेशिएको तथ्याङक रहेको छ । मुलुकभित्र     रोजगारी सिर्जन गर्न नसकेका कारण्ँ नेपाली युवा रोजगारीको          रोजिमा विदेशिने गरेका छन् । तर, विदेशको रोजगारीलाई ब्यबस्थित र मर्यादित बनाउन नसकेको श्रम Ôेत्रका विज्ञहरुको भनाई रहेको छ । कामको लागि खाडी लगाएत विभिन्न देशहरुमा जोखिमपूणर््ँ काम गर्न पुगेका नेपाली कामदारको विमा, स्वस्थ्य तथा अन्य सुरÔाको चासोलाई नेपाल सरकाको ध्यान अझै पनि पुग्न सकेको छैन्। रोजगार विभागका अनुसार दैनिक ४ देखि ५ जना नेपाली युवाको विदेशमा रोजगारीका क्रममा अकालमा मृत्यु हुने गरेको छ । खाडी देश लगाएत विश्वका विभिन्न देशहरुमा रहेका नेपाली दुतावास तथा नियोगहरु नेपाली कामदारप्रति त्यति गम्भीर हुन सकेका छैनन् । वैदेशिक रोजगारमा गएका नेपाली युवाले पठाउने रकमको हिस्सा निकै ठूलो रहेको छ । जसको यकिन तथ्याङक संकलन           राष्टूबैंकस“ग छैन् । सरकारी निकायबाट श्रम स्वीकृति नलिई गएका नेपाली युवाहरु कादारले पठाउने रकम बैकिङ् प्रण्ँलीभन्दा बाहिर रहेको छ । उनीहरुले पठाएको रकमलाई सरकारले उत्पादनमुलक Ôेत्रमा लगानी गर्ने नीति र वातावरण्ँ निर्माण्ँ गर्न सकेको छैन् । रेमिट्यान्सलाई सही ठाउ“मा लगानी गर्ने नीति सरकारले बनाउन सके उनीहरुको लगानीले अर्थतन्त्रमा टेवा पुग्न सक्छ । चालिसे, नवराज विहिबार २२ जेठ २०७१ राजधानी दैनिक ।  सरकारी निकायका उच्च ओहोदामा बस्ने व्यक्तिहरुले युवाका नाममा करोडौ रुपैया छुट्याएर, अनेकौ युवा स्वरोजगार तथा युवा भत्ता दिन्छु भनेर भने त्यो भाÈण्ँमा र कागजमा नै सिमित हुन पुग्यो । जस्तो सुकै कार्यक्रम ल्याए पनि अपेÔित लाभ हासिल गर्न नसकेको कारण्ँले युवाहरु पलायन हुने गरेका छन् । विदेशी भुमिमा युवा शक्तिलाई गुमाउन भनेको भ्रष्टचार, अस्थिर        राजनीति गर्ने राजनीतिक दल, अनि तिनले गरेको कामको नतिजा हो । आथिर्क वर्È २०७१÷७२ को वजेट निमाणर््ँको समय भईसकेको छ । मुलुकमा स्रोत साधन सीमित रहेको कारण्ँ देशको सम्पुणर््ँ आवश्यकता एकै पटक पुरा गर्ने गरी वजेट निर्माण्ँको कार्य सम्भव छैन्। यसर्थ वजेटमा प्रथामिकताको कुराले स्थान पाउनु स्वभाविक हो । प्रथामिकतामा राखेर वजेट निर्माण्ँ गरीनु थुप्रै Ôेत्रहरु रहेका छन् । प्रथामिकता निर्धारण्ँ गर्दा आगामि वर्Èको लागि मात्र होईन, त्यस पछिका बजेट र राष्ट्रिय योजनामा युवावर्ग सम्बन्धी मुद्दा तथा युवाका समस्यालाई प्रथामिकतामा राखिनु र सम्बोधन गरिनु आवश्यक देखिएको छ । वर्तमानमा निकै डर लाग्दो तरीकाले युवापुस्ता विदेश पलायन भईराखेका छन् । शिÔा र रोजगारीको नाममा विदेश पलायन हुनुको अर्थ देश क्रमिक रुपमा खोक्रो हु“दै जानु हो । यद्यपी यथार्थ के पनि हो भने देशको उर्जावाल युवाशक्तिलाई वैध अवैध निकासी गरेर प्राप्त हुन आउने रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धान्न सकिदैन। यस्तो सोच हामीले राख्यौ भने हामीले देशका लागि आत्मघाती काम गरिरहको हुनेछौ ।रेमिट्यान्स अर्थतन्त्रको सहयोगी तत्व हुनुपर्दछ, निणर््ँयक तत्व भने हुनै हुदैन्। देशका सम्पुणर््ँ उर्जाशील हात र मन मस्तिष्कलाई विदेश धकेलेर कहा यो देशको विकास हुन्छ र ? कि के हो ? प्रश्न अत्यन्तै गम्भीर बनेको छ । अहिले वजेट निर्माण्ँको काम भईरहेको ह“दा माथी उल्लेख गरिएका कुराहरुलार्ई अत्यन्त सुक्ष्म रुपमा हेरेर वजेट निर्माण्ँ गरिनुपर्दछ। जसले युवापुस्तालाई मुलुकभित्र आप्mनो श्रम र सीप खर्च गर्न प्रेरित गर्नेछ । विदेशमा रहेर सीकेको ज्ञान, सीप र Ôमतालाई ब्यबाहारिक रुपमा रुपान्तरण्ँ गरेर आप्mनो र मुलुकको हित गर्न सहयोग पुग्नेछ ।
राजनीतिलाई मुलुकको प्रमुख शक्तिको रुपमा मानिन्छ । यद्पी राजनीतिले नै राज्य परिवर्तनमा टेवा पु¥याउनुका साथै समग्र मुलकको विकासका पूर्वाधारहरुमा विकास र विस्तार गर्न मद्दत पु¥याउ“छ । जसले गर्दा रोजगारका अवसरहरु प्राप्त हुन्छ, देशका नागरिकहरु विदेश पलायनबाट रोकिन्छन र आङ्खनै देशमा काम गर्छन् जसले गर्दा गरिवी, असमानता र भ्रष्टचारलाई रोक लगाई देशमा परिवर्तन हुन्छ। तर नेपालमा त्यस्तो अवस्था छैन राजनीति गर्ने नेताहरुको अपरिपक्ता, र त्यागी राजनीतिकर्मीको अभावका कारण्ँ अहिले यस्तो अवस्था सिर्जीत भएको हो । उनीहरु सच्चियको ठाउमा यस्तो कुराले स्थान पाउन सक्छ। सत्ता लिप्सा पार्टीको राजनीति फोहोर भएर त्यसको दुगन्र्ध प्रत्यÔ युवावर्गमा परेको छ । जहा“ यो समस्यालाई    राजनीति गर्नेहरुले कहिल्यै पनि मनन् गर्न सकेनन् । मुलुकमा शान्ति र सु शासन कायम नभई आर्थिक, सामाजिक सास्कृतिक Ôेत्रमा परिवर्तन गर्न सकिदैन् । देशमा पर्याप्त रोजगारका अवसरहरु सिर्जना गर्ने हो भने राजनीतिक परिवर्तन र दिगो शान्ति पनि त्यत्तिकै अपरिहार्य रहेको छ । यसमा नेपाली राजनीतिको विद्यमान समस्याको जरालाई सखाप पारी हरेक Ôेत्रमा विकासको पहुच प¥ुयाउनु पर्दछ । हरेक Ôेत्रमा सम्भावना नै सम्भावना भएको हाम्रो मुलुकमा असल नियतले काम गर्ने र भएका नीति नियमहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने हो भने विकासको सम्भावना धेरै रहेको छ। युवा वर्गलाई आकर्Èित गर्ने खालका कार्यक्रम ल्याई उनीहरुलाई विदेश पलायन बाट रोक्नुपर्दछ । युवा स्वदेशमा नै काम गर्ने वातावरण्ँ वनाईनु पनि उत्तिकै अपरिहार्य रहेको छ । (रातो पाटी डट कम)

स्वास्थ्य चर्चा 
किन दुख्छ छाती ?  
–डा. शितल अधिकारी
कतिपय अवस्थामा मानिस सामान्य रह“दासमेत छाती दुख्ने गर्छ । यसरी दुख्नासाथ मानिसहरु मुटुसम्बन्धी रोग लागेको भन्दै चिकित्सककहा“ पुग्ने गर्छन् । तर छाती दुख्नासाथ सबै दुखाई हृदयाघात र मुटु रोगका लÔण्ँ नहुन पनि सक्छन् । कम उमेर अर्थात् ३०र३५ वर्Èको समयमा छातीको दुखाई मुटुसम्बन्धी नभई अन्य कारण्ँ हुन सक्छन् । कतिपय अवस्थामा ग्यास्ट्रिकका कारण्ँ छाती र पेटको बीच भागमा दुखेको हुन सक्छ । छाती दुखाई उमेर, बानी, अभ्यास, रिस्क ङ्खयाक्टर जस्तै मधुमेह, कोलस्ट्रोल, उच्चरक्तचाप, कति समयदेखि दुखिरहेकोजस्ता कुराले निक्र्यौल गर्नुपर्ने हुन्छ ।
लडेर वा चोटपटक लागेको या घाउ भएर छाती दुखेको तुरुन्तै थाहा हुन्छ । यदि पेटको समस्याका कारण्ँ हो भने बीचमा दुख्ने, अमिलो पानी आउने, पेटमा ग्यास भरिएको जस्तो हुने, चिल्लो पिरो खाएको अवस्थामा बढी दुखेको छ भने ग्यास्ट्रिकका कारण्ँ हुने हुन्छ । यस्तो अवस्थामा पेट र छातीको बीचमा पोलेको जस्तो हुने, ग्यास भरिनेजस्ता लÔण्ँ हुन्छ । ३०÷३५ वर्Èको व्यक्तिलाई दुखेको छ भने ग्यास्ट्रिक हुनसक्छ तर ६०र६५ वर्Èको व्यक्तिलाई दुखेको छ भने मुटुरोग हो कि भनी परीÔण्ँ गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा लÔण्ँले मात्र ग्यास्ट्रिक र मुटुरोग छुट्याउन नसक्ने हु“दा इन्भेष्टिगेसन नै गर्नुपर्ने हुन्छ । यसका लागि इसीजी गर्नुपर्ने हुन्छ । सुगर या उच्चरक्तचाप छ भने परीÔण्ँ गर्नुपर्ने हुन्छ ।
यदि ४० वर्Èभन्दा माथिको उमेरमा छाती दुखेमा मुटुको समस्या पनि हुन सक्छ । छातीमा थिचेको जस्तो हुनु, सास फेर्न गाह्रो हुनु, हिड्डुल गर्दा, काम गर्दा दुखेको महसुस हुनु र आराम गर्दा दुखाई कम हुन्छ भने मुटुको समस्याका कारण्ँ हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा विशेÈ ध्यान दिनुपर्छ । हृदयाघात भएको अवस्थामा सहनै नसक्ने गरी दुख्छ या थिचेको महसुस हुन्छ । यस्ता बिरामीलाई उच्चरक्तचाप, मधुमेह या कोलेस्ट्रोल भएको हुनसक्छ । साथै वंशाण्ँुगत, धुमपानका कारण्ँ पनि यस्ता समस्या देखिने गर्छन् । कतिपय अवस्थामा मनोवैज्ञानिक दुखाई पनि हुन्छ । काम गर्न गाह्रो हुने, अल्छी लाग्ने, बच्चालाई पढ्न मन नलाग्ने हु“दा पनि छाती दुख्यो भन्दै कामबाट पन्छिने गर्छन् । यसमा परीÔण्ँ गर्दा कुनै पनि समस्या भेटिदैंन । यस्ता बिरामीको छाती दुखाईको उपचार गर्न साह्रै नै समस्या हुने गरेको छ । युवाहरु एक्सरसाइज गरिरहेका हुन्छन् । यसले पनि मांसपेशीमा दुखाई हुन्छ । जसका कारण्ँ उनीहरु छाती दुख्यो भन्दै आत्तिएको पाइन्छ । यो आफै निको भएर जान्छ । कहिलेकाही“ फोक्सो र छातीको बीचमा हावा भरियो भने पनि छाती दुख्ने हुन्छ ।
फोक्सो दुखाई मुख्यतया संक्रमण्ँ र क्यान्सरका कारण्ँ हुन्छ । कहिलेकाही“ फोक्सो र छातीको बीचमा हावा वा पानी भरियो भने पनि दुख्ने हुन्छ । ज्वरो आउने, खोकी लाग्ने र छाती दुख्ने भएमा निमोनिया हुनसक्छ । यो एक किसिमको कडा संक्रमण्ँ हो । निमोनिया भाइरस र व्याक्टेरियाका कारण्ँ हुनेगर्छ । सामान्य µघाखोकी लाग्नु भाइरल इन्ङ्खल्युइन्जाको लÔण्ँ हो । यो साधारण्ँतया एक हप्तामा निको भएर जान्छ । तर पछि ज्वरो बढ्ने र छाती दुख्ने भएमा ‘सेकेण्डरी निमोनीया’ भनिन्छ ।
भाइरसका कारण्ँ दुवै फोक्सोलाई असर गरी अक्सीजन लिने Ôमतामा कमी आउने एआरडीएस (एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिण्ड्रोम) हुनसक्छ । छाती दुख्ने अर्को कारण्ँ क्यान्सर पनि हुन सक्छ । नेपालमा फोक्सोको क्यान्सर धेरै नै छ । वीर अस्पतालमा मात्र हप्तामा ३÷४ जना फोक्सो क्यान्सरका नया“ बिरामी पत्ता लाग्ने गरेको छ । यस्ता बिरामीको सुरुको अवस्थामा छाती नदुख्न पनि सक्छ । खकारमा रगत देखिनु, तौल घट्दै जानु र क्यान्सर रोगको लÔण्ँ हुन सक्छ । Ôय       रोगमा पनि छाती दुखाई हुन्छ । २ हप्तासम्म सा“झपख ज्वरो आउने, खोकी लाग्ने, खकारमा रगत देखिने, विस्तारै तौल घट्दै जाने, खाना नµच्ने Ôयरोगका लÔण्ँ हुन् ।
छाती दुख्दा चिकित्सकस“ग सल्लाह लिनुपर्ने अवस्था
– ज्वरोस“गै छाती दुख्ने
– सास फेर्न गाह्रो हुने
– हिड्डुल गर्दा, काम गर्दा छाती थिचेको जस्तो हुनु, दुखाई देव्रे हात र घा“टीतर्फ जाने, पसिना आउने
– दमका रोगीलाई छाती दुखि सास फेर्न गाह्रो भएमा
– चुरोट खाने व्यक्तिमा लामो समयसम्म छाती दुखिरहेमा
सतर्कता
सुरुको अवस्थामा प्रायजसो रोगका लÔण्ँ साधारण्ँ छाती दुख्ने, खोकी लाग्ने हुन्छ । तर समयअनुसार बढ्दै जान्छ । मानौ १० मिनेट हिड्दा छाती दुख्यो, गाह्रो भयो भन्दै तपाई ५ मिनेट मात्र हिड्नु भयो भने दुखाई कम लाग्न सक्छ । तर तपाईको दुखाई निरन्तर भैरहेको हुन्छ । यसलाई सामान्य µपमा सोच्दा पछि भएर ठूलो असर गर्न सक्छ । सूति र्तथा धुमपान रोकेमा मुटुरोग, फोक्सो तथा फोक्सो क्यान्सर जस्ता समस्याबाट बच्न सकिन्छ । अत्यधिक चिल्लो पदार्थ नखाने, नियमित व्यायाम गर्ने, सुगर, उच्चरक्तचापको नियमित             परीÔण्ँ गर्नाले पनि मुटुरोगबाट बच्न सकिन्छ ।
(स्वास्थ्य खबरपत्रिका)

Sunday, August 24, 2014

एन.जि.ओ. संस्कृति र युवा


  • नानीमैया विष्ट


अहिले विशेष गरी हाम्रो गाउँठाउँमा सञ्चालन भइरहेका एन.जि.ओ.हरुले हरियो घाँस देखाएर दुध दुहुने काम गरिरहेका छन्। हाम्रातिर प्रायः जसो गाईभैसीलाई दुहुने बेलामा अगाडी हरियो घाँस हालिदिने चलन छ । यसको एक मात्र उदेश्य के हुन सक्छ भने, गाईभैसीको ध्यान घाँसतिर केन्द्रित होस्, दुध दुहुँदा लात्तिले नहानोस्  भन्ने नै होला । 
त्यस्तै केही एन.जि.ओ.बाहेक अधिकांश एन.जि.ओ.हरुले जातजाती, भाषाभाषी, लिंङ्ग, क्षेत्रको आधारमा पछाडी पारिएका मात्र होइन शोषणमा परेका नागरिकहरुको चेतनाको स्तर र गरिबीलाई रिर्पोट बनाएर हरियो घाँसको रुपमा आई.एन.जि.ओ.मा पेश गर्ने गरेका छन्। यतातिरका     धेरैजसो एन.जि.ओ.हरुले दलित, उत्पीडित, सिमान्तकृत, जनजाति, महिला लगायतकालाई भेला पार्ने र उपस्थितिमा सही गराउने गर्छन्। वर्षौदेखि विकासको मुलधारबाट बाहिर रहेका उनीहरु आफ्ना संवेदनशील मुद्दाहरुको बारेमा छलफल भनेपछि उत्साहित नहुने कुरै भएन । विकास, उन्नती र अधिकारका खोजीमा रहेका ती नागरिकहरुको भावनालाई मौकाको रुपमा लिँदै एन.जि.ओ.का कार्यकर्ताहरु निकै सक्रिय देखिन्छ । देख्दा लाग्छ, साँच्चै उनीहरुले कायपलट नै ल्याइदिनेछन्। निकै तामझामको साथ सजिने गर्छन्। एन.जि.ओ.को स्तर अनुसार साना(ठूला होटलहरुमा सहभागी हुन्छन् कार्यक्रममा कार्यपत्र पढेर सुनाइन्छ ।  भत्तादिएर घर पठाइन्छ । त्यसपछि के हुन्छ सहभागीहरुलाई थाहा हुँदैन । अनि, त्यो कार्यक्रमका साह्रै राम्रा र उपलब्धीमुलक जस्तो देखिने फोटो सहितका रिर्पोटहरु तयार हुन्छन् । साना एन.जि.ओ.ले ठूला एन.जि.ओ.लाई र ठूलाले आई.एन.जि.ओ.हरुलाई रिर्पोट पठाएर नेपाली रुपैया र डलर लिने काम गरिन्छ । कार्यक्रम अवधिभरका प्रशस्त नक्कली वीलहरु पनि तयार हुन्छन् ।
एउटा प्रसंग जोडौ( धादिङ, चितवन जिल्लामा जस्तै मकवानपुरमा पनि  सरकारले भन्ने गरेको सिमान्तकृत जाति अन्र्तगत पर्ने चेपाङ समुदायको बसोबास छ । विशेषगरी भौगोलिक कठिनाई भएको क्षेत्रमा बसोबास गर्ने उनीहरु आर्थिक, शैक्षिक अर्थात सबैहिसावले निक्कै पछाडी छन् । अहिलेसम्म पनि समाजको हरेक क्षेत्रको मुलधारमा उनीहरु आउन नसकिरहेको स्थिति छ । भोकमरी, अभावले जगडिएको उनीहरुको दैनिकी गिठ्ठा, भ्याकुर लगायत कन्दमुलमै बित्ने गर्छ। तर लोकतन्त्र आइसकेपछि भने उनीहरु त्यो अवस्थाबाट विस्तारै माथि उठ्नेक्रम जारी छ। अहिले त कतिपयले आफ्नो आर्थिक एवं शैक्षिक अवस्था सुधारिसकेका पनि छन् । यतिबेला मैले के प्रशङ्ग जोड्न खोजेको भने, करिव ७÷८ वर्षपहिले पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङहरुले एउटा संघर्ष समिति बनाएका थिए। उनीहरुले सार्वजनिक रुपमा विरोधका कार्यक्रमहरु पनि गरे । उनीहरुको भनाई थियो–“केही व्यक्ति र एन.जि.ओ.ले चेपाङ समुदायकै केही घरधुरीलाई वनकरिया बनाएर छुट्टै जाती बनाउने काम गरिँदैछ । हाम्रो भाषा, लिपी, संस्कृति, रितीरिवाज सबै एउटै हो । हाम्रो पुर्खा एउटै हो । विश्वकै नयाँ जाती उत्पादन भएको देखाएर पैसा कमाउने र राजनीति गर्न खोजेकोप्रति हाम्रो आपत्ति छ । हामीसँग यसका लागि थुप्रै प्रमाणहरु छन् । ” उनीहरु कराईरहेपनि अन्ततः शक्ति र पहुँचको कारण एउटै बाबुका सन्तानहरु पनि कोही चेपाङ भए कोही वनकरिया भए । वनकरिया भन्ने जाति उत्पादन गरिदिए वापत राजनीतिक अनुकुल पारेर खानेले टन्न खाए । त्यसो त संघसंस्थाहरुले पनि वनकरिया भन्ने नौलो समुदाय बीचमा नयाँ स्वाद पाए । यो त मेरै ठाउँको मेरै आँखा अगाडीको कुरा भयो । यस्ता काम कति ठाउँ कति भएको छ, त्यो आफैमा खोजीको विषय रहँला ।  
वर्षायामको च्याउसरी उम्रिएका संघसंस्था अर्थात एन.जि.ओ, आइ.एन.जि.ओ.हरु मध्ये दुईचारवटाले आफ्नो उदेश्य र विधानमा रही समाज सेवी ढंगले काम गरिरहेको छ । कतिपय लुकेर बसेका सवालहरुलाई राष्टिूयकरण समेत गर्न सहयोग गरेको छ । तर मलाई लाग्छ, नब्बेप्रतिशत भन्दा बढी एन.जि.ओ.हरु आफ्ना नातागोता, घरपरिवार मिलेर संचालन गरेका छन् र काम      गरेको देखाएर खाइरहेका छन् । दाताको राम्रो वा नराम्रो जस्तोसुकै उदेश्य भएपनि काम गर्न तयार भएका छन्। दाताको निगाह रहुन्जेल भौतिक विलासितामा रमाउने र  त्यसपछि निरास हुने युवाहरु निकै भेटिन थालेका छन् । युवाका जोस्, जाँगर, प्रतिबद्धता, इमान्दारिता र जागरुकपनालाई नै प्यारालाइसिस् बनाइदिने हुनाले यो चिन्ताको विषय हो । अब, जति पनि सचेत, इमान्दार र स्वाभिमानी युवाहरु छन्, उनीहरु आफैंले नै आफ्नो क्षमता, साधन, स्रोत र दिर्घकालीन उदेश्य राखेर आफ्नै ठाउँमा काम गर्न तयार हुनुपर्छ र एन.जि.ओ. संस्कृतिबाट टाँढै रहनुपर्छ ।

नेपाली पत्रकारितामा गर्नुपर्ने बहस 

  • प्रभात चलाउने 

तथ्याङ्कहरु केलाउने हो भने पछिल्लो दुई दशकमा नेपाली पत्रकारिताले ठुलो फड्को मारेको छ । रेडियो टेलिभिजनको त कुरै छैन। दुई दशक अघि छापा संचार माध्यमहरु पनि निकै कम थिए। तर, आज देशका सबै जिल्लाहरुमा दुई भन्दा बढि एफ एम रेडियोहरु स्थापना भएका छन् । अधिकांश जिल्लाबाट दैनिक पत्रिकाहरु प्रकाशन भइरहेका छन् । देशमा स्याटालाइट टेलिभिजनमात्र १८ वटा छन् भने टेरेस्टोरियल र केवल टेलिभिजनहरु जिल्ला जिल्लामा खुल्ने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा संचारमन्त्रालयको रेकर्डमा हालसम्म ५ सय ४३ रेडियो दर्ता भएका छन् । त्यस मध्य ३ सय ६० वटा रेडियोहरु त नियमित प्रसारणमै छन् ।  अहिलेसम्म ३८ ओटा केवल टेलिभिजन दर्ता भएका छन् । त्यस्तै सुचना विभागको पछिल्लो तथ्याङ्कअनुसार देशभर ६हजार ५ सय भन्दा बढि वटा दैनिक पत्रिकाहरु दर्ता भएका छन् । त्यसैगरि पछिल्लो समय अनलाइनहरुको पनि बढि नै आएको छ । यो नेपालको संचारमाध्यमको संख्यात्मक विकासको तस्विर हो । सुशासन, पारदर्शिता र नागरिकलाई  सशक्त बनाउने बलियो माध्यमका रुपमा रहेको संचार माध्यमको  यो तथ्याङ्कका आधारमा मात्र त यहाँको सुशासन, पारदर्शिता तथा नागरिक अधिकार निकै सबल रहेको तथ्याङ्कीय आवरणले त्यसको सार बोक्न सकेको छैन्। मिडिया र हामी मिडियाकर्मीहरुको भुमिका सोचेजस्तो हुन सकेको छैन ।
            खासगरी मिडियाको सबलता र त्यसमा कार्यरत जनशक्तिको गुणात्मकताले त्यको भुमिका निर्धारण गर्छ । उनिहरुको उत्पादन गर्ने वा प्रवाह गर्ने कन्टेन्टले भुमिकाको मुल्याङ्कन हुन्छ । तर, हाम्रो मिडियाको नियती अलि खराब ढङ्गले गुज्रिरहेको छ । माथि उल्लेखित विद्युतिय र छाप संचारमाध्यमहरुले उत्पादन वा प्रवाह गर्ने कन्टेन्ट कसले क्रियट  गर्छ र त्यसको समग्र प्रवाह के गरिरहेको हुन्छ भन्ने हेरियो भने ठुलो निराशा देखापर्छ । व्यापक रपमा संचारमाध्यमहरु विस्तारित भएको भए पनि गुणात्मक स्थिति कमजोर नै छ । केहि अपवाद बाहेक कतिले त अहिले पनि नेपालको पत्रकारिता सिकारु अवस्थामै छ भनिरहेका छन् । अहिले मिडियामा व्यस्त भइरहेको जनशक्तिलाई राम्रो व्यवहारीक तालिम दिइनु पर्छ र यसको गुणात्क विकास नगरी हुँदैन भन्ने  आवाज  पनि आहिरहेकै छन् । राजधानिबाट सञ्चालीत केहि ठुला मिडिया हाउस भित्र केहि राम्रा अभ्यासहरु भइरहेको भए पनि देशभरका अधिकांश मिडिया हाउस भित्र रहेको समाचार उत्पादन र लेखनको अभ्यासलाई हेर्दा थुप्रै समस्याहरु देखिन्छन् । निकै चलेका सबै अनलाइन न्युज पोर्टलहरुमा आउने समचार प्राय उस्तै देखिन्छन । त्यसैगरि नेपालका प्राय सबै दैनिक र साप्ताहिक पत्रपत्रिकाहरुमा आउने अधिकांश समाचारहरु एउटै हुन्छन् । कपी पेष्टु चर्चा अहिले संचारकर्मीबिच चियापसलको गफको विषय बनि रहेको छ। समाचारभित्रको सुचना अलिकति पनि फरक हुँदैन त्यसैलाई सबैले ओल्टाई पल्टाई लेखेको भेटिन्छ । एउटा समाचारमा बढिभन्दा बढी सुचना हाल्ने अभ्यास हामीले गरेका छैनौँ । एउटा समाचारमा न त अलि बढी सुचना हालिएको हुन्छ न त समाचारको प्रस्तुति शैलिमै कुनै नयाँपन हुन्छ । नयाँ नयाँ लेखन शैली हाम्रो समाचारमा प्रवेश हुन पाएकै छैन । परम्परा गत लेखन शैलीमा हामी पत्रकारहरु घोटिएका छौं । हविगत यस्तो छ की ४०० शब्दको कुनै समाचार तयार भयो भने त्यसमा बढीमा तीन वटा मात्र सुचना हुन्छन् ।
अर्को कुरा हामीले कस्तो समाचार पस्किरहेका छौ भन्ने कुरा पनि समीक्षा र विश्लेषण गर्नु जरुरी छ । नेपालका ब्रोडसिट दैनिकहरुमा समेत कित अधिकांश पेज विज्ञपनले भरिएको भेटिन्छ कि त खालि ठाउँ भर्नका लागी गन्थन मात्र गरिएको हुन्छ । केही ठुला भनिएका ब्रोडसिट दैनिकले समेत प्रथम पृष्ठीय समाचारमा वाहेक अरुमा त्यति मेहनत नगरेको गुनासो पाठकहरु गर्दै आएका छन् । खाली पेज भर्ने धर्म मात्र निर्वाह गरिएको चर्चा भइरहेकै छ । हामीले केकस्ता समाचार छापीए र तिनले केकस्ता प्रभाव पारे भन्ने        
कुराको समीक्षा नगरेका हौ कि।
वास्तवमा समाचारले सामाजिक उत्तरदायित्व बोक्नुपर्दछ। सामाजिक उत्तरदायित्व वहन मिडियाले सबैभन्दा बढी गर्नुपर्ने हुन्छ । तर, हामीकहाँ त्यो बुझाई र अभ्यास अलि कमजोर छ । आम जीवनमा प्रभाव पार्ने स्वास्थ्य, शिक्षासँग सम्बन्धित समाचारहरुलाई नेपाली मिडियाले प्राथमिकतामा राख्न नसकेको हो कि भन्ने कुरा पनि चर्चामा छ । भोक, रोग, अशिक्षा, अभाव तथा पिछडिएका क्षेत्र, जाति, वर्ग, लिङ्गका आवाजहरुलाई प्राथमिकताका साथ र योजनावद्धताका साथ उठान नगरिएको भन्ने आरोप पनि लागिरहेकै छ । खाली          राजनीति र राजनीतिक नेता, सरकार र सरकारका अङ्गहरु तथा ती अङ्गहरुमा बस्ने मान्छेले गर्ने गतिविधिका वरिपरीमात्र नेपालको पत्रकारीता जहिले पनि घुम्ने र अल्मलिने गरेको छ । ग्रामिण भेकमा गाइ भैसी चराएर र घाँस दाउरा गरेर आफ्ना जिन्दगीको सम्पुर्ण समय बिताउने किसान जनताको दैनिकी, उनिहरुको विवशता र अवस्थालाई कहिले पनि हामीले हाम्रो मिडियामा उठाउन सकेनौं कि ? वास्तवमा दिनहुँ अमुक    राजनीतिक नेताका अभिव्यक्ति छापिरहनुभन्दा गाउँका कथाहरु कलात्मक प्रस्तुतिका साथ पस्कन सकियो भने बढी पढिन्छ होला । त्यसको असर पनि बढी पर्छ होला । सहरका सडकमा खाल्डा परिरहेका र टाला हाल्ने काम भइरहेको बिषयलाई कोट्याएर समाचार लेखिरहनु भन्दा गाउँका गोरेटा बाटाहरुको दुर्दशाबारे समाचार लेखियो भने बढी प्रभावकारी हुन्छ होला । त्यसैले नेपाली मिडियाले जानेर या नजानेर गाउँप्रति, गाउँलेप्रति र सर्वसाधरणप्रति उपेक्षाभाव देखाएको हो कि भन्न सकिने ठाउँ छ ।
आजको हविगत हेर्दा यस्तो लाग्छ कि नेपाली मिडिया मन पराएर होस् या नपराएर दलीय नेताहरुका ुप्रोपोगान्डा टुलु बनेका छन् । प्राय ठुला मिडियाले प्रमुख राजनितिक दलका नेताहरुका पछि दैनिक एउटा संवाददाता खटाएका हुन्छन् । टेलिभिजनहरुले त नेता जहाँ जान्छ, त्यतै एउटा गाडि चालक, क्यामेराम्यान र संवाददाता गरी तीन जना जनशक्ति एउटा नेताका पछि लगाएको देखिन्छ । तीनजनाको जनशक्ति खटाएर त्यो टेलिभिजनले दर्शक तथा स्रोतालाई दिने भनेको त्यो नेताले बोल्ने बुरा मात्र हो । तर, विडम्वना यस्तो छ कि यदि त्यहि मिडियाले प्रवाह गरेको त्यहि नेताका एक महिनाका भनाई सङ्ग्रह गरी एकै ठाउँमा राखेर हेर्ने हो भने ठुलो विरोधाभास भेटिन्छ । प्रत्येक भाषणमा फरक फरक तथा विरोधाभासपुर्ण कुरा उनिहरु बेलिरहेका हुन्छन् । तर, हामी त्यो जान्दाजान्दै पनि त्यहि कुरा पाठक, स्रोता वा दर्शकलाई निरन्तर थोपरि रहेकै हुन्छौ । के यसलाई सच्याउन जरुरी छैन र ? 
पत्रकारीतामा गम्भिर भएर सोच्नुपर्ने अर्को कुरा भनेको सम्पादकीय स्वतन्त्रताको हो । यो विषय निकै चर्चामा छ । नब मिडियामा मालिकहरुले सम्पादन र व्यवस्थापनको दुबै काम गर्ने गरी ुम्यानेजिङ इडिटरु राख्न थाले, त्यससँगै केहि विश्लेषकहरुले मिडियामा सम्पाखकिय स्वतन्त्रता मरेको कुरा उठाउन थलेका हुन् । व्यवस्थपकिय कौशलता प्रयोग गरेर मालिकलाई फाइदा कसरी पु¥याउने भन्ने जिम्मेवारी सम्हालेको त्यो सम्पादकको सम्पादकीय स्वतन्त्रता कति रहला भन्ने अनुमान गर्न सकिन्छ । उसले त्यस्ता समाचारको सेट बनाउँछ र पैवाह गर्छ, जसबाट व्यवस्थापकिय पाटो सुदृढ होस् वा नाफामा सहयोग पुगोस् । सम्पादकिय स्वतन्त्रता बचाउनका लागि के गर्ने भन्ने प्रश्न हामीसबैले सोच्नुपर्ने भएको छ ।
यसका सन्दर्भमा उल्लेख गर्नुपर्ने अर्का कुरा यो छ कि न्युनरुमभित्र समाचार कसले ुक्रियट गर्छ ?  मिडियाले फोेकस गरेर उठाउने विषयवस्तुहरु केले निर्धारण हुन्छन् र कसले निर्माण गर्छ ? के कुनै पतिष्ठानमा कार्यरत रिपोर्टहरुले आफुखुसी समाचार लेख्न पाएका छन् ? सम्पादकले पुर्ण रुपमा आफ्नो सम्पादकीय स्वतन्त्रता प्रयोग गरेर काम गर्न पाएको छ ? यी प्रश्नहरुको जवाफ त्यति सन्तेषजनक रुपले आउनसक्ने स्थिति हाम्रोमा छैन । प्रेस स्वतन्त्रताको पुर्ण ग्यारेन्टी नभएसम्म सम्पादक कर्पोरेट स्वर्थभन्दा पर गएर सम्पादकीय स्वतन्त्रता पुर्ण रुपमा उपयोग गर्न सक्दैनन् । आर्थिक र            राजनीतिक शक्तिकेन्द्रहरुले मिडियाका कन्टेन्टमा जहिले पनि प्रभाव परिरहेका हुन्छन् । सोझै सम्पादकहरुसँग सम्बन्ध राख्ने र उसलाई समाचार छनोटमा दवाव दिने राजनीतिक, आर्थिक तथा अन्य शक्तिकेन्द्रहरु धेरै छन्। एउटा सम्पादक ती धेरै दवावकै बिच रहेको हुन्छ । उसले आफ्ना अन्य सहयोगी सम्पादक वा संवाददाताहरुको छनोट र सिफारीसका आधारमा कमै काम गर्छ । 
अझ त मिडियामा रहेको लगानिको बारेमा समेत अनेक प्रश्न उठ्ने गर्दछन् । राजनीतिक दलहरु, अपराधिक गिरोहहरु, अवैध सम्पतिका मालिकहरुको लगानि मिडियामा रहेको चर्चा पनि आइरहेकै छ। ती मिडिया मिलिकहरुले कहिले पनि सम्पादकीय स्वतन्त्रतलाई स्वीकार गर्दैनन्। त्यस्तो लगानी रहेको मिडिया हाउसले आफ्नो नाफा धाटालाई हेरेर धटनाको सत्यता र महत्वलाई स्थापित गर्दछ। अब त प्रकाशित हुने समाचारभित्र आर्थिक र राजनीतिक शक्तिको प्रभाव के कति छ भन्नेबाट पनि हेर्न थालिएको छ। अहिले पनि नेपालका ब्रोडसिड दैनिकमा आर्थिक पेजको सम्पादन मालिक वा व्यवस्थापन टिमबाटै हुन्छ । जब समाचार विज्ञापनबाट प्रभावित हुन्छ, शक्तिबाट प्रभावित हुन्छ भने त्यहाँ सम्पादकीय स्वतन्त्रता कहाँ रहन्छ । हिजोआजका राजनीतिक बिटमा काम गर्ने अधिकांश पत्रकारहरुको सम्बन्ध नेताहरुसँग हुन्छ । उनिहरुको समाचारको सम्बन्धमा मात्र होइन, व्यक्तिगत सम्बन्ध समेत राम्रो बनाएका हुन्छन् । त्यही व्यक्तिगत सम्बन्धका आधारमा ती नेताले कहिलेकाहीँ आफ्नो स्वार्थ पुरा हुनेगरी समाचार लेखाउँछन पनि यस्तो चाहान्छन कि मिडियामा यस्तो सामाग्री उत्पादन होस् जसबाट आर्थिक स्रोतहरु डराउन र विज्ञापन जन्य सहयोगहरु गरुन, शक्तिकेन्द्रहरु पनि डराउन र सम्त्रन्ध राखुन वा सहयोग गरुन् ।
हामीले हाम्रो पत्रकारी तामा पुर्ण रुपमा व्यवसायिक अभ्यास गर्ने अवस्था ल्याउनका लागी यी बिषयहरुका बारे प्रष्ट हुनै पर्छ । यस्ता थुप्रै विषयहरु छन्, जसका निरुपण हामीले गर्ने पर्दछ । खासगरी श्रमजिवी पत्रकारहरुको लेखकीय स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रतालाई मजबुत नबनाई तथा श्रमजीवी पत्रकारहरुको श्रमको उचित पारिश्रमिकको व्यवस्था नभएसम्म हाम्रो पत्रकारीतको गुणात्मक विकास हुदैन । यी मुद्दाहरुको निरुपणका लागि नेपाल पत्रकार महासंघले आगामी दिनमा नेतृत्वदायी भुमिका खेल्नुपर्दछ ।

Tuesday, August 19, 2014

स्थानीय जनताको सहभागितामा 

चुरे संरण गरिन्छ:- मन्त्री आचार्य

                                                    तस्वीर- नानीमैया विष्ट/हेटौडा

हेटौडा । वन तथा भू–संरÔण्ँ मन्त्री महेश आचार्यले चुरे Ôेत्र विकास र संरÔण्ँका निमित्त स्थानीय जनतालाई अगाडी राखेर उनीहरुकै सहभागितामा काम गरिने बताउनुभएको छ। 
मन्त्री आचार्यले स्थानीय जनताको हरेक समस्या पहिचान गरेर उनीहरुलाई चित्त बुझाएर चुरे संरक्षणमा सगै लिएर हिड्ने बताउनुभएको छ। “स्थानीय जनतालाई प्राथमिकता दिएर काम गरिन्छ, जनताले चाहेको जस्तै हुन्छ त्यसमा ढुक्क हुनुहोस्।” मन्त्री आचार्यले भन्नुभयो ।
स्थानीय नागरिकको सहभागिता र Ôमता अभिबृद्धि गरी कार्यक्रमहरुलाई अगाडि बढाइने मन्त्री आचार्यले बताएका छन्। वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सोमबार हेटौंडामा उद्घाटन गर्दै मन्त्री आचार्यले चुरे भावी सन्ततीका लागि अथाह स्रोत र मानव सभ्यता अध्ययनको थलो भएकाले यसको संरÔण्ँमा सरकार लागेको बताउनुभयो। प्राकृतिक स्रोत सम्पदाको संरÔण्ँमा नेपाल विश्वसंग प्रतिस्पर्धा गर्न सक्ने दाबी गर्दै मन्त्री आचार्यले प्राकृतिक स्रोतमा मुठीभरले अवैध ढंगले कब्जा जमाएकोमा सरकार चिन्तित रहेको बताउनुभयो।
प्रत्येक घर घरले विरुवा रोप्ने अभियान थालिएको भन्दै मन्त्री आचार्यले विदेशिएका युवाहरुको नाममा आमा हजुरआमाहरुले विरुवा रोपेर हुर्काउन समेत आग्रह गर्नुभयो । अहिले निकै चर्चामा रहेको नदीजन्य उत्पादन उत्खनन् र बजारीकरण्ँ लाई सहज बनाउन वर्Èा सकिएपछि खोलामा जम्मा भएका नदीजन्य सामग्री उत्खनन् अनुमति दिइने समेत मन्त्रीको भनाई थियो। “सरकारले एउटा योजना बनाउछ कुन नदीबाट कति नदीजन्य सामाग्री निकाल्ने त्यसको मापदण्डको आधारमा मात्र उत्खनन् गर्नुपर्छ” उहाले बताउनुभयो । 
त्यसैगरी चुरे–तराई मधेश संरÔण्ँ विकास समिति अध्यÔ  रामेश्वर खनालले चुरे संरÔण्ँको निणर््ँय आवेशमा आएर गरिएको नभएको स्पष्ट पर्दै समिति गठनपूर्व प्रशस्त संसदीय र अन्य छलफल भएको जानकारी दिनुभयो। चुरेको सिंकन अनुमान र हचुवाको भरमा नहुने भन्दै अध्यक्ष खनालले यो तथ्य र वैज्ञानिक आधारमा भएकोले यस विषयमा हचुवा नबोल्न समेत अनुरोध गर्नुभयो । “जनताको समृद्धिका लागि वन चुरे संरक्षण हाम्रो अभियान” विषयमा कार्याशाला गोष्ठि एवं वन सम्पदा उपभोक्ता राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सभासदहरु इन्द्र वानिया, अनन्त पौडेल, महालक्ष्मी उपाध्याय, कविता सरदारले सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका नेता बद्री लम्साल, एनेकपा माओवादीका प्रेम बहादुर पुलामी, नेपाली कांग्रेसका नेता रघुरमण न्यौपानेले पनि महाधिवेशनलाई शुभकामना दिनुभएको थियो । वनसग सम्बन्धित विभिन्न संघ, संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।    

                                गाउँका युवालाई सीप  
हेटौंडा । ग्रामीण्ँ Ôेत्रका शिÔित युवाहरुलाई विभिन्न प्रकारका सीप सिकाएर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यले हेटौंडामा सुविधा सम्पन्न तालिम केन्द्र स्थापना गरिने भएको छ । 
आफ्नै घरमै बसेर पनि काम गर्ने अवसर सिर्जना गर्न मुक्तिश्री प्रालिले भारतको बैंङगलोर स्थित सामाजिक संस्था रुरल सोर्स तथा अक्सफोर्ड युनिभसिर्टी अन्तर्गतको सेड बिजनेस स्कुलका एमबीए ग्याजुएटहरुले स्थापना गरेको संस्था इन्क्ल्युसिभ भेञ्चरको साझेदारीमा ग्रामीण्ँ युवालाई बहुपÔीय तालिम र रोजगारी दिन लागेको हो। साझेदारीबाट रुरल सोर्सको मौलिक तथा धेरैले प्रशंसा गरेको मोडल पहिलोपटक भारतबाहिर प्रयोग हुने प्रालि अध्यÔ अजयराज सुमार्गीले बताउनुभयो । उहाले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर साझेदारीबाट नेपालमा बहुपÔीय तालिम र रोजगारी को पहिलो केन्द्र हेटौंडामा र त्यसपछि लुम्बिनीमा स्थापना गरिने जानकारी दिनुभयो। यस कार्यक्रमबाट ग्रामीण्ँ भेगका युवाले सीप सिकेर घरमै बसी विभिन्न सेवामूलक काम गर्न सक्ने अध्यÔ सुमार्गीको दाबी छ । सीप सिकेका युवालाई स्वदेशमै र अन्तर्राष्ट्रिय बजारबाट बिजनेश प्रोसेस आउट सोर्सिङ र कल सेन्टरलगायत काम खोजी गरी तालिम केन्द्रले नै उपलब्ध गराउने बताइएको छ ।

                              कोरेक्स सहित २ युवा पक्राउ
हेटौंडा ।  हे.न.पा.१७ स्थित प्रहरी चेकपोष्टमा बीरगंजबाट हेटौडा आउदै गरेको ना २४ प ४५०१ नं.को स्कुटीबाट २३ बोत्तल लागुऔषध कोरेक्स बरामत भएको छ। 
चेक जाचको क्रममा हे.न.पा.–४ बस्ने २२ वर्षे प्रविण्ँ लामिछाने ३२ वर्षे बुद्धि लामाको साथबाट उक्त लागुऔÈध कोरेक्स बरामद जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। सो कार्यलयको अनुसार उक्त बरामद भएको कोरेक्स, स्कुटी र युवाहरु दुबैलाई नियन्त्रनमा लिई हिरासतमा राखी अनुसन्धान    भइरहेको छ।
                                      मानव आश्रमलाई सहयोग
हेटौडा । विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश व्यक्तिहरुको सेवा गर्ने अभिष्टले सवोत्कृष्ट जीवनःशाश्वत चिन्तन द्वारा सञ्चालीत मानवसेवा आश्रममा एकैदिन दुईले जन्मदिन र एकले पुण्यतिथिको अवसरमा सहयोग गर्नुभएको छ । 
भरतपुर–११, चितवन निवासी छोरी  प्रविणा खतिवडाले बुवा श्री लक्ष्मण प्रसाद सुवेदीकोे पुण्यतिथिको अवसरमा मानवसेवा आश्रममा आश्रितहरुलाई विहानको खानाको सेवा गर्नुभएको हो । यसैगरी अंलेखगन्ज–३, बारा निवासी डिल्ली प्रसाद हुमागाँईले आफ्नो ५४ औं जन्मोत्सवको अवसरमा आश्रममा आश्रितहरुलाई दिउ“सोको खाजा  खुवाएर  तथा एक बोरा चामल र ४३ थान कपडा सहयोग गरेर मनाउनु भएको छ । यसैगरीे निजगड नगरपालिका वडा नं.– ९ निवासी रमा पौडेल र नविनराज पौडेलले आफ्नो छोरी आर्या पौडेलको जन्मदिनको अवसरमा मानवसेवा आश्रममा बेलुकीको खाना खुवाउनु भएको छ । मामाघरका हजुरबुबा शिवनाथ पराजुली, हजुरआमा राधा पराजुली, घरकी हजुरआमा रत्नकुमारी पौडेल र आमा रमा पौडेलको साथमा आर्याले आफु ५ बर्ष पुगेर ६ बर्ष लागेको खुशियाली मानवसेवा आश्रममा आश्रितस“ग साटासाट गरेर मनाएकी हुन । 

Thursday, August 7, 2014

सम्पादकीय  
सरकार संवेदनशील होस् 
रातको दुई बजे निदाईरहेको बस्तीमाथि पहाड खस्दा  सिन्धुपाल्चोक जिल्लाको राम्चेमा जन धनको क्षतिले जोकोहीलाई पनि स्तव्ध तुल्याउछ । निकै चहलपहल हुनेगरेको बजार बेलुका सहीसलामत सुतेको थियो तर विहान हेर्दा उक्त बजार र बजारका बासिन्दाहरुको कुनै नामनिसानै थिएन । उक्त विभत्स घट्ना पछि विद्युतीय सञ्चार माध्यमहरुले देखाएको दुश्य हेर्दा लाग्छ त्यहाँ कुनै बस्ती थियो र ? तर कसलाई के थाहा र मध्यरातमा पहाड नै खसेर सुन्दर बस्ती पुरिन्छ भनेर । 
त्यतिमात्र होइन पहाड खसेर सुनकोसी छेकिदिँदा कृत्रिम ताल बन्न गयो । उक्त ताल कतिखेर फुट्ने हो भन्ने डरले सुनकोसी आसपासमा बसोबास गर्ने मानिसहरु प्राण रक्षाको लागि सुरक्षित स्थानहरुको खोजीमा दौडिरहेका छन् । उनीहरु भन्दैछन्–हामीलाई धनको आस भएन जनको सुरक्षाको लागि सुरक्षित स्थान खोज्दैछौ । सुरक्षाकर्मी एवं प्राविधिकहरुको संयुक्त टोलीले उक्त कृत्रिम तालको पानीलाई निकास दिन कोशिस गरिरहेका छन् । साथै केही हदसम्म सफल पनि भएको बताइएको छ। यो सम्पादकीय तयार पार्दासम्म घट्ना स्थलमा पुरिएको अवस्थामा ३३ जनाको मात्र शव निकालिएको छ । स्थानीय प्रशासनको अनुमान डाटा अनुसार १ सय ५६ जना पुरिएको हुनसक्ने तर अहिलेसम्ममा उनीहरुको मृत्यु भइसकेको भन्दै विज्ञप्ति निकालेर आफन्तलाई जानकारी दिएको छ । स्थानीयबासीहरु भने पुरिनेको संख्या अझ बढी हुनसक्ने बताउछन् । यहि साउन १७ गते भएको उक्त घट्नामा पुरिनेहरु जिवित रहन नसक्ने भएपनि नेपाली सेना, नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेका छन् । 
आज घट्ना भएको ५ दिन भईसक्यो । नेपाल सरकारले तिव्रगतिमा पीडितहरुलाई उद्धार, बस्ने र खानेको व्यवस्था, घाइतेहरुलाई उपचार गर्नुपर्ने हो त्यो हुन नसकेको गुनासो स्थानीयबासीले गरेका छन् । हाम्रा प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीलाई स्वागत गर्ने कार्यक्रमको व्यस्तताले गर्दा  राजधानी नजिकै घटेको उक्त घट्नालाई नजिकबाट हेर्ने र त्यहाँका नागरिकलाई समवेदना दिनसमेत भ्याएनन् । सरकार त नागरिकको अभिभावक हुनुपर्ने हो यो घट्नामा त्यो किसिमको भूमिका सरकारले निभाउन सकेन । कतिपयले त भारतीय प्रम मोदीले घट्नाको बारेमा दुखमनाउ गरिरहँदा आफ्नै देशका प्रमले बोल्ने कामसम्म पनि गरेनन् भन्ने प्रतिक्रिया दिइरहेका थिए । 
प्राकृतिक विपत्ति कतिखेर कहाँ आउछ भन्ने कुरा यसै भन्न सकिदैन । तर आपत्ति परेपछि छिटो भन्दा छिटो घट्ना स्थलमा राज्यको उपस्थिति रहोस् । उद्धार, उपचार र राहतमा कन्जुस्याई नगरोस् र ढिला पनि नगरोस् । सिन्धुपाल्चोकमा घटेको घट्नाप्रति राज्य थप सम्वेदनशील होस र आगामी दिनहरुमा पनि यस्ता घट्नाहरु घटेमा राज्यले अभिभावकत्व निभाओस् भन्ने हामीलाई लाग्छ ।