Wednesday, July 23, 2014

क्रियाशील पत्रकार महिला मकवानपुरको प्रथम अधिवेशन 
प्रयास संवाददाता     

हेटौंडा । पत्रकारीता क्षेत्रमा चुनौती र अवसर दुबै रहेको नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भएको छ । पत्रकारीता क्षेत्रमा ईमान्दारी ताको आवश्यकता रहेको क्रियाशील पत्रकार महिला मकवानपुर शाखाको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै उहा“ले यस्तो बताउनु भएको हो। 
पत्रकारितामा न्युनतम पारिश्रमिकसंगै लैगिङग बिषयमा पनि बिभेद नगरि सबै कुराहरुमा समानता प्रदान गर्नुपर्ने उहा“को भनाई थियो । संगठीत भएर अगाडी बढ्न आवश्यक रहेको आधा संसारका सम्पादक र नेपाल पत्रकार महासंघ केन्द्रीय पार्सद नानीमैयाँ बिष्टले बताउनु भयो। हामी आशामुखी भएर डोनरको मात्र भर पर्ने परम्परालाई छोड्दै विस्तारै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरुले बिशेष ध्यान दिनुपर्ने कुराहरु भनेको पेशागत सुरक्षा, भौतिक सुरक्षा र पेशा परिवर्तनमा रहेको बिष्टको भनाई थियो । पत्रकारितामा महिला पत्रकारहरुलाई स्थायित्व गराउनका लागि पनि पत्रकारसंग सरोकार राख्ने संघ संस्थाहरुले पनि ध्यान दिनु पर्ने उहा“को भनाई थियो । क्रियाशिल पत्रकार महिलाले जिल्लामा अग्रज महिला पत्रकार र पछिल्लो  समयमा पत्रकारिता गदैआईरहेका पत्रकार महिलालाई जोड्न पुलको काम गर्न आग्रह गर्नुभयो।
      कार्यक्रममा नेपाल पत्रकार महासंघ कार्य समिति सदस्य र समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, रेडियो आकाशगंगाका स्टेशन म्यानेजर देबराज पन्त लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा क्रियाशील पत्रकार महिला शाखा अध्यक्ष रञ्जिता डंगोलले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रथम अधिवेशन नया“ कार्य समिति चयन गरिएको छ । अध्यक्षमा रञ्जिता डंगोल, उपाध्यक्षमा रेश्मी कार्की, सचिबमा शुभलक्ष्मी बि.क, कोषाध्यक्षमा नुजता सुवेदी, सदस्यमा प्रिया पौडेल, भाबना रिजाल श्रेष्ठ, उषा थामी, शान्ति सिनच्युरी,आरती ढकाल, प्रतिक्षा न्यौपाने, रिता बिष्ट रहेका छन् । कार्यक्रममा क्रियाशिल पत्रकार महिला शाखा अध्यक्ष रञ्जिता डंगोलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment