Tuesday, July 22, 2014

सम्पादकीय
             खै के होला

  निर्धारित समय भित्र संविधान आउने कुरामा मानिसहरुमा विश्वास घट्दो छ । सत्तासीन दलहरुकै बीचमा किचलो बढ्न सक्ने संकेतहरु देखिएको छ । निर्वाचन क्षेत्रतिर पठाइने भनिएको रकमको सन्दर्भमा पनि सभासदको कुरा सरकारबीच कुरा फरक परेको छ। सरकार संसद विकास कोषका लागि क्षेत्रैपिच्छे एक   करोड रकम पठाउने कुरा गर्छ । सभासदहरु भने ५    करोड माग्छन् । उनीहरुले मागेअनुसारको बजेट नपाएको खण्डमा बजेटै पास नगर्नेसम्मको पनि भनाइ उनीहरुको छ । प्रतिपक्ष त झन उफ्रिने नै भयो । यो भयो संविधान सभा भित्रको कुरा । संविधान सभा बाहिरका शक्तिहरु पनि एकत्रित हुदैछन् । यही संविधान सभाले जनपक्षीय र गतिलो संविधान ल्याउला भन्ने कुरामा उनीहरुलाई विश्वास छैन । यसले गर्दा संविधान निर्माण गर्ने कुरामा झमेल बढ्दोछ । आखिर आउनुपर्ने संविधान सबै नेपाली जनताको निम्ति हो तर संविधान त  भनौ आउला तर एकथरीले मान्ने अर्कोथरीले नमान्ने अवस्था रहिनै रह्यो भने राष्ट्रले चाहेअनुरुप द्वन्द्वको अन्त्य कसरी हुन सक्ला त ?  

No comments:

Post a Comment