Sunday, August 24, 2014

नेपाली पत्रकारितामा गर्नुपर्ने बहस 

  • प्रभात चलाउने 

तथ्याङ्कहरु केलाउने हो भने पछिल्लो दुई दशकमा नेपाली पत्रकारिताले ठुलो फड्को मारेको छ । रेडियो टेलिभिजनको त कुरै छैन। दुई दशक अघि छापा संचार माध्यमहरु पनि निकै कम थिए। तर, आज देशका सबै जिल्लाहरुमा दुई भन्दा बढि एफ एम रेडियोहरु स्थापना भएका छन् । अधिकांश जिल्लाबाट दैनिक पत्रिकाहरु प्रकाशन भइरहेका छन् । देशमा स्याटालाइट टेलिभिजनमात्र १८ वटा छन् भने टेरेस्टोरियल र केवल टेलिभिजनहरु जिल्ला जिल्लामा खुल्ने क्रम बढ्दै गएको छ । पछिल्लो समयमा संचारमन्त्रालयको रेकर्डमा हालसम्म ५ सय ४३ रेडियो दर्ता भएका छन् । त्यस मध्य ३ सय ६० वटा रेडियोहरु त नियमित प्रसारणमै छन् ।  अहिलेसम्म ३८ ओटा केवल टेलिभिजन दर्ता भएका छन् । त्यस्तै सुचना विभागको पछिल्लो तथ्याङ्कअनुसार देशभर ६हजार ५ सय भन्दा बढि वटा दैनिक पत्रिकाहरु दर्ता भएका छन् । त्यसैगरि पछिल्लो समय अनलाइनहरुको पनि बढि नै आएको छ । यो नेपालको संचारमाध्यमको संख्यात्मक विकासको तस्विर हो । सुशासन, पारदर्शिता र नागरिकलाई  सशक्त बनाउने बलियो माध्यमका रुपमा रहेको संचार माध्यमको  यो तथ्याङ्कका आधारमा मात्र त यहाँको सुशासन, पारदर्शिता तथा नागरिक अधिकार निकै सबल रहेको तथ्याङ्कीय आवरणले त्यसको सार बोक्न सकेको छैन्। मिडिया र हामी मिडियाकर्मीहरुको भुमिका सोचेजस्तो हुन सकेको छैन ।
            खासगरी मिडियाको सबलता र त्यसमा कार्यरत जनशक्तिको गुणात्मकताले त्यको भुमिका निर्धारण गर्छ । उनिहरुको उत्पादन गर्ने वा प्रवाह गर्ने कन्टेन्टले भुमिकाको मुल्याङ्कन हुन्छ । तर, हाम्रो मिडियाको नियती अलि खराब ढङ्गले गुज्रिरहेको छ । माथि उल्लेखित विद्युतिय र छाप संचारमाध्यमहरुले उत्पादन वा प्रवाह गर्ने कन्टेन्ट कसले क्रियट  गर्छ र त्यसको समग्र प्रवाह के गरिरहेको हुन्छ भन्ने हेरियो भने ठुलो निराशा देखापर्छ । व्यापक रपमा संचारमाध्यमहरु विस्तारित भएको भए पनि गुणात्मक स्थिति कमजोर नै छ । केहि अपवाद बाहेक कतिले त अहिले पनि नेपालको पत्रकारिता सिकारु अवस्थामै छ भनिरहेका छन् । अहिले मिडियामा व्यस्त भइरहेको जनशक्तिलाई राम्रो व्यवहारीक तालिम दिइनु पर्छ र यसको गुणात्क विकास नगरी हुँदैन भन्ने  आवाज  पनि आहिरहेकै छन् । राजधानिबाट सञ्चालीत केहि ठुला मिडिया हाउस भित्र केहि राम्रा अभ्यासहरु भइरहेको भए पनि देशभरका अधिकांश मिडिया हाउस भित्र रहेको समाचार उत्पादन र लेखनको अभ्यासलाई हेर्दा थुप्रै समस्याहरु देखिन्छन् । निकै चलेका सबै अनलाइन न्युज पोर्टलहरुमा आउने समचार प्राय उस्तै देखिन्छन । त्यसैगरि नेपालका प्राय सबै दैनिक र साप्ताहिक पत्रपत्रिकाहरुमा आउने अधिकांश समाचारहरु एउटै हुन्छन् । कपी पेष्टु चर्चा अहिले संचारकर्मीबिच चियापसलको गफको विषय बनि रहेको छ। समाचारभित्रको सुचना अलिकति पनि फरक हुँदैन त्यसैलाई सबैले ओल्टाई पल्टाई लेखेको भेटिन्छ । एउटा समाचारमा बढिभन्दा बढी सुचना हाल्ने अभ्यास हामीले गरेका छैनौँ । एउटा समाचारमा न त अलि बढी सुचना हालिएको हुन्छ न त समाचारको प्रस्तुति शैलिमै कुनै नयाँपन हुन्छ । नयाँ नयाँ लेखन शैली हाम्रो समाचारमा प्रवेश हुन पाएकै छैन । परम्परा गत लेखन शैलीमा हामी पत्रकारहरु घोटिएका छौं । हविगत यस्तो छ की ४०० शब्दको कुनै समाचार तयार भयो भने त्यसमा बढीमा तीन वटा मात्र सुचना हुन्छन् ।
अर्को कुरा हामीले कस्तो समाचार पस्किरहेका छौ भन्ने कुरा पनि समीक्षा र विश्लेषण गर्नु जरुरी छ । नेपालका ब्रोडसिट दैनिकहरुमा समेत कित अधिकांश पेज विज्ञपनले भरिएको भेटिन्छ कि त खालि ठाउँ भर्नका लागी गन्थन मात्र गरिएको हुन्छ । केही ठुला भनिएका ब्रोडसिट दैनिकले समेत प्रथम पृष्ठीय समाचारमा वाहेक अरुमा त्यति मेहनत नगरेको गुनासो पाठकहरु गर्दै आएका छन् । खाली पेज भर्ने धर्म मात्र निर्वाह गरिएको चर्चा भइरहेकै छ । हामीले केकस्ता समाचार छापीए र तिनले केकस्ता प्रभाव पारे भन्ने        
कुराको समीक्षा नगरेका हौ कि।
वास्तवमा समाचारले सामाजिक उत्तरदायित्व बोक्नुपर्दछ। सामाजिक उत्तरदायित्व वहन मिडियाले सबैभन्दा बढी गर्नुपर्ने हुन्छ । तर, हामीकहाँ त्यो बुझाई र अभ्यास अलि कमजोर छ । आम जीवनमा प्रभाव पार्ने स्वास्थ्य, शिक्षासँग सम्बन्धित समाचारहरुलाई नेपाली मिडियाले प्राथमिकतामा राख्न नसकेको हो कि भन्ने कुरा पनि चर्चामा छ । भोक, रोग, अशिक्षा, अभाव तथा पिछडिएका क्षेत्र, जाति, वर्ग, लिङ्गका आवाजहरुलाई प्राथमिकताका साथ र योजनावद्धताका साथ उठान नगरिएको भन्ने आरोप पनि लागिरहेकै छ । खाली          राजनीति र राजनीतिक नेता, सरकार र सरकारका अङ्गहरु तथा ती अङ्गहरुमा बस्ने मान्छेले गर्ने गतिविधिका वरिपरीमात्र नेपालको पत्रकारीता जहिले पनि घुम्ने र अल्मलिने गरेको छ । ग्रामिण भेकमा गाइ भैसी चराएर र घाँस दाउरा गरेर आफ्ना जिन्दगीको सम्पुर्ण समय बिताउने किसान जनताको दैनिकी, उनिहरुको विवशता र अवस्थालाई कहिले पनि हामीले हाम्रो मिडियामा उठाउन सकेनौं कि ? वास्तवमा दिनहुँ अमुक    राजनीतिक नेताका अभिव्यक्ति छापिरहनुभन्दा गाउँका कथाहरु कलात्मक प्रस्तुतिका साथ पस्कन सकियो भने बढी पढिन्छ होला । त्यसको असर पनि बढी पर्छ होला । सहरका सडकमा खाल्डा परिरहेका र टाला हाल्ने काम भइरहेको बिषयलाई कोट्याएर समाचार लेखिरहनु भन्दा गाउँका गोरेटा बाटाहरुको दुर्दशाबारे समाचार लेखियो भने बढी प्रभावकारी हुन्छ होला । त्यसैले नेपाली मिडियाले जानेर या नजानेर गाउँप्रति, गाउँलेप्रति र सर्वसाधरणप्रति उपेक्षाभाव देखाएको हो कि भन्न सकिने ठाउँ छ ।
आजको हविगत हेर्दा यस्तो लाग्छ कि नेपाली मिडिया मन पराएर होस् या नपराएर दलीय नेताहरुका ुप्रोपोगान्डा टुलु बनेका छन् । प्राय ठुला मिडियाले प्रमुख राजनितिक दलका नेताहरुका पछि दैनिक एउटा संवाददाता खटाएका हुन्छन् । टेलिभिजनहरुले त नेता जहाँ जान्छ, त्यतै एउटा गाडि चालक, क्यामेराम्यान र संवाददाता गरी तीन जना जनशक्ति एउटा नेताका पछि लगाएको देखिन्छ । तीनजनाको जनशक्ति खटाएर त्यो टेलिभिजनले दर्शक तथा स्रोतालाई दिने भनेको त्यो नेताले बोल्ने बुरा मात्र हो । तर, विडम्वना यस्तो छ कि यदि त्यहि मिडियाले प्रवाह गरेको त्यहि नेताका एक महिनाका भनाई सङ्ग्रह गरी एकै ठाउँमा राखेर हेर्ने हो भने ठुलो विरोधाभास भेटिन्छ । प्रत्येक भाषणमा फरक फरक तथा विरोधाभासपुर्ण कुरा उनिहरु बेलिरहेका हुन्छन् । तर, हामी त्यो जान्दाजान्दै पनि त्यहि कुरा पाठक, स्रोता वा दर्शकलाई निरन्तर थोपरि रहेकै हुन्छौ । के यसलाई सच्याउन जरुरी छैन र ? 
पत्रकारीतामा गम्भिर भएर सोच्नुपर्ने अर्को कुरा भनेको सम्पादकीय स्वतन्त्रताको हो । यो विषय निकै चर्चामा छ । नब मिडियामा मालिकहरुले सम्पादन र व्यवस्थापनको दुबै काम गर्ने गरी ुम्यानेजिङ इडिटरु राख्न थाले, त्यससँगै केहि विश्लेषकहरुले मिडियामा सम्पाखकिय स्वतन्त्रता मरेको कुरा उठाउन थलेका हुन् । व्यवस्थपकिय कौशलता प्रयोग गरेर मालिकलाई फाइदा कसरी पु¥याउने भन्ने जिम्मेवारी सम्हालेको त्यो सम्पादकको सम्पादकीय स्वतन्त्रता कति रहला भन्ने अनुमान गर्न सकिन्छ । उसले त्यस्ता समाचारको सेट बनाउँछ र पैवाह गर्छ, जसबाट व्यवस्थापकिय पाटो सुदृढ होस् वा नाफामा सहयोग पुगोस् । सम्पादकिय स्वतन्त्रता बचाउनका लागि के गर्ने भन्ने प्रश्न हामीसबैले सोच्नुपर्ने भएको छ ।
यसका सन्दर्भमा उल्लेख गर्नुपर्ने अर्का कुरा यो छ कि न्युनरुमभित्र समाचार कसले ुक्रियट गर्छ ?  मिडियाले फोेकस गरेर उठाउने विषयवस्तुहरु केले निर्धारण हुन्छन् र कसले निर्माण गर्छ ? के कुनै पतिष्ठानमा कार्यरत रिपोर्टहरुले आफुखुसी समाचार लेख्न पाएका छन् ? सम्पादकले पुर्ण रुपमा आफ्नो सम्पादकीय स्वतन्त्रता प्रयोग गरेर काम गर्न पाएको छ ? यी प्रश्नहरुको जवाफ त्यति सन्तेषजनक रुपले आउनसक्ने स्थिति हाम्रोमा छैन । प्रेस स्वतन्त्रताको पुर्ण ग्यारेन्टी नभएसम्म सम्पादक कर्पोरेट स्वर्थभन्दा पर गएर सम्पादकीय स्वतन्त्रता पुर्ण रुपमा उपयोग गर्न सक्दैनन् । आर्थिक र            राजनीतिक शक्तिकेन्द्रहरुले मिडियाका कन्टेन्टमा जहिले पनि प्रभाव परिरहेका हुन्छन् । सोझै सम्पादकहरुसँग सम्बन्ध राख्ने र उसलाई समाचार छनोटमा दवाव दिने राजनीतिक, आर्थिक तथा अन्य शक्तिकेन्द्रहरु धेरै छन्। एउटा सम्पादक ती धेरै दवावकै बिच रहेको हुन्छ । उसले आफ्ना अन्य सहयोगी सम्पादक वा संवाददाताहरुको छनोट र सिफारीसका आधारमा कमै काम गर्छ । 
अझ त मिडियामा रहेको लगानिको बारेमा समेत अनेक प्रश्न उठ्ने गर्दछन् । राजनीतिक दलहरु, अपराधिक गिरोहहरु, अवैध सम्पतिका मालिकहरुको लगानि मिडियामा रहेको चर्चा पनि आइरहेकै छ। ती मिडिया मिलिकहरुले कहिले पनि सम्पादकीय स्वतन्त्रतलाई स्वीकार गर्दैनन्। त्यस्तो लगानी रहेको मिडिया हाउसले आफ्नो नाफा धाटालाई हेरेर धटनाको सत्यता र महत्वलाई स्थापित गर्दछ। अब त प्रकाशित हुने समाचारभित्र आर्थिक र राजनीतिक शक्तिको प्रभाव के कति छ भन्नेबाट पनि हेर्न थालिएको छ। अहिले पनि नेपालका ब्रोडसिड दैनिकमा आर्थिक पेजको सम्पादन मालिक वा व्यवस्थापन टिमबाटै हुन्छ । जब समाचार विज्ञापनबाट प्रभावित हुन्छ, शक्तिबाट प्रभावित हुन्छ भने त्यहाँ सम्पादकीय स्वतन्त्रता कहाँ रहन्छ । हिजोआजका राजनीतिक बिटमा काम गर्ने अधिकांश पत्रकारहरुको सम्बन्ध नेताहरुसँग हुन्छ । उनिहरुको समाचारको सम्बन्धमा मात्र होइन, व्यक्तिगत सम्बन्ध समेत राम्रो बनाएका हुन्छन् । त्यही व्यक्तिगत सम्बन्धका आधारमा ती नेताले कहिलेकाहीँ आफ्नो स्वार्थ पुरा हुनेगरी समाचार लेखाउँछन पनि यस्तो चाहान्छन कि मिडियामा यस्तो सामाग्री उत्पादन होस् जसबाट आर्थिक स्रोतहरु डराउन र विज्ञापन जन्य सहयोगहरु गरुन, शक्तिकेन्द्रहरु पनि डराउन र सम्त्रन्ध राखुन वा सहयोग गरुन् ।
हामीले हाम्रो पत्रकारी तामा पुर्ण रुपमा व्यवसायिक अभ्यास गर्ने अवस्था ल्याउनका लागी यी बिषयहरुका बारे प्रष्ट हुनै पर्छ । यस्ता थुप्रै विषयहरु छन्, जसका निरुपण हामीले गर्ने पर्दछ । खासगरी श्रमजिवी पत्रकारहरुको लेखकीय स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रतालाई मजबुत नबनाई तथा श्रमजीवी पत्रकारहरुको श्रमको उचित पारिश्रमिकको व्यवस्था नभएसम्म हाम्रो पत्रकारीतको गुणात्मक विकास हुदैन । यी मुद्दाहरुको निरुपणका लागि नेपाल पत्रकार महासंघले आगामी दिनमा नेतृत्वदायी भुमिका खेल्नुपर्दछ ।

No comments:

Post a Comment