Thursday, August 7, 2014

सिन्धुपाल्चोकको पीडाले नछोएको सरकार 
यही साउन १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समितिको वडा नं ५ स्थित जुरेमा गएको पहिरोका कारण सुनकोसी नदी थुनिएको थियो । सो पहिरोमा पुरिएर हालसम्म बेपत्ता भएको १५६ जना मध्ये ३३ जनाको शव भेटिएको छ । स्थानीय प्रशासनले बेपत्ता सबैको मृत्यु भइसकेको भन्दै मृत्यु घोषणा गरेको छ। हिजो प्रशासनको उक्त निर्णयपछि बेपत्ताका आफन्तहरुले कुशको शव बनाएर सामुहिक दाहसंस्कार गरेका छन् । 
राती मस्त निन्द्रामा निदाईरहेको बस्तीमाथि पहाडले थिचिदिँदा कसैले पनि ऐइया समेत भन्न भ्याएनन् ्। राजधानीबाट नजिकै रहेको उक्त स्थानका जनतामाथि बज्रपात पर्दा राजधानीमा सरकार आनन्दले बस्न सक्छ भने नागरिकको अभिभावक कसरी हुन सक्छ यो सरकार । धनजनको क्षति हुनेको त भइहाल्यो तर फेरी हुने सम्भावना भएका स्थान र उक्त घट्नाबाट अतालिएका नागरिकलाई आड भरोसा र संरक्षकको अनुभूति त गराउनुपर्ने हो नि तर त्यो हुन नसेको घट्ना स्थलका नागरिकहरुको      आरोप छ । भारतीय प्रधानमन्त्री   नरेन्द्र मोदी आउने कार्यक्रममा मात्र केन्द्रित देखिएको सरकारले सिन्धुपाल्चोकको उक्त घट्नालाई बेवास्ता ग¥यो । कतिपय सञ्चार माध्यमले त भारतीय प्रम मोदीले उक्त महाविपत्तिप्रति दुःख मनाउ गरे तर नेपालका प्रम सुशिल कोइराला ले बोलेनन् भन्ने विषयवस्तु पनि उठाएका थिए। स्थानीय पीडितको भनाई छ– घट्ना घटेको थाहा पाउने बित्तिकै सरकारले आकस्मिक उद्धारका कार्यक्रमहरु लैजानुपर्ने हो, त्यो हुन सकेन । 
देशको विभिन्न क्षेत्रका मानिसहरु एवं संघसंस्थाहरुले आ–आफ्नो ढंगले राहतहरु संकलन गर्दै पु¥याउने काम गरिरहेका छन्। मंगलवारदेखि नै नेपाली सेनाले सुनकोसी नदीको बहावलाई नियन्त्रणमा लिन नयाँ विधि अपनाएको छ। उक्त विधि सही भएको टिप्पणी नेपाल सरकारको अनुरोधमा आएका भारतीय प्राविधिक टोलीले गरेको छ । 
भारतीय प्राविधिक टोलीसहित त्रिभुवन विश्वविद्यालयका प्रा. डा. रञ्जनकुमार दाहाल, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभागसहितको उच्च प्राविधिक टोलीले नेपाल सेनाले गरिरहेको कार्यको सोमबार स्थलगत रुपमा जानकारीसमेत लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 
सोही टोलीको राय सुझावसमेतलाई ध्यान दिई सेनाले उक्त कृत्रिम तालको पानी निकाल्ने कार्य अगाडि बढाइरहेको छ । अहिले सेनाको उच्च प्राविधिक टोलीले स्काभेटर र डोजरसमेतको सहायतामा तालमा रहेको पानीको बहावलाई नियमित बनाउने काम गरिरहेको छ ।
  साथै सेनाले सक्दो चाँडो पानीलाई गहिरो र फराकिलो निकासा गराई अवरुद्ध कोदारी राजमार्गलाई समेत शीघ्र सुचारु गर्ने योजना बनाएको जनाएको छ। कृत्रिम तालको पानीलाई घटाउन सोमबार दुईपटक विस्फोटन गराएको र यसको फलस्वरुप तालको पानीको भित्री बहाव १८० क्युसेक रहेको र बाहिरी बहाव २०४ क्युसेक रहन बताइन्छ। विस्फोटनका     कारण पानीको सतह करिब ३० सेमी घट्न गएको छ । एकै चोटि    पहिरो हटाउँदा तल्लो तटीय क्षेत्रमा पुग्ने क्षतिलाई दृष्टिगत क्रमिकरुपमा बहाव सामान्य बनाउनु पर्ने विज्ञहरूको सल्लाहअनुसार नेपाली सेनाले सो कार्यविधि अपनाएको निर्देशनालयले जनाएको छ ।

“श्रम गरेर खान देऊ”
हेटौंडा । गरिखान नदिएको भन्दै सबै क्षेत्रका मजदुर सडकमा उत्रिएका छन् । यहि साउन १ गतेदेखि लागू हुने गरी सरकारले चुरे मधेश विशेष संरक्षण क्षेत्र घोषणासँगै नदीसँग सम्बन्धित सामग्रीहरु उत्खनन् र प्रयोगमा रोक लगाएपछि आफ्नो काम र माम दुबै बन्द भएको भन्दै मजदुरहरु सडकमा उत्रिएका हुन् । 
मंगलवार निकै ठूलो जुलुसको साथ हेटौडा नगर परिक्रमा   गरेका मजदुरहरुले निर्माण सामग्री उत्खनन्को लागि उपयुक्त स्थान छुट्याइदिन सरकारसँग माग गरे । “सरकारको उपहार, मजदुर              बेरोजगार” , “कि मजदुरलाई काम देऊ कि खानलाई दाम देऊ” जस्ता नारा लगाउदै मजदुरहरुले नियम धनीले होइन मजदुरले नै किन मान्नुपर्ने ? जस्ता प्रश्न गरेका थिए । खोलाको बगरमा बालुवा चालेर, गिटी कुटेर, अरुको घर बनाएर खानुपर्ने मजदुरलाई अंकुश लगाउने काम गरेको भन्दै मजदुरहरु निकै आक्रोशित देखिन्थे । मजदुरसँग सम्बन्धित सबै मजदुर संघसंगठनहरुको नेतृत्वमा संगठित भएका र नभएका मजदुरहरुको समेत सहभागीता थियो । सरकारले चुरे मधेश विशेष संरक्षण क्षेत्र घोषणा गरी मकवानपुरका ३६ गाविस मध्ये २२ वटा गाविस र हेटौडा नगरपालिकाका ५ वटा वडाबाट नदीजन्य सामग्री उत्खननमा पूर्ण प्रतिबन्ध लगाएको छ । 
‘अप्ठ्यारो भए सरकार छाडे हुन्छ”–डा.कोइराला
हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला ले कांग्रेससँग सरकारमा बसेर काम गर्न आफ्हरुलाई अप्ठ्यारो परेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईलाईलाई जवाफ स्वरुप अप्ठ्यारो भए सरकार छाड्न चेतावनी दिनुभएको छ । हिजो हेटौडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले संविधान निर्माणको निम्ति एमालेलाई आफूहरुले सँगै राख्नुपरेको समेत बताउनुभयो। आफूहरुलाई जनताले संविधान ुनिर्माणकै निम्ति ठूलो दल बनाएर पठाएकोले उक्त जिम्मेवारीबाट पछाडी नहट्ने समेत बताउनुभयो । 

हेटौंडामा ९० प्रतिशत माछामासु खान अयोग्यःअनुगमन समिति 
हेटौंडा । हेटौंडामा संचालन हुँदै आएका माछामासु पसलहरुले तोकिएको मापदण्ड विपरित खान अयोग्य माछामासु उपभोक्तालाई विक्री गरेको भन्दै हेटौडा नगरपालिकाले अनुगमन गरेको छ । अनुगमनको क्रममा ९० प्रतिशत माछामासु खान अयोग्य भेटिएको छ । 
माछामा किरा र मासुमा सुलीसम्म भेटिएको अनुगमन समितिले जानकारी दिएको छ । यसैक्रममा अनुगमन समितिले ४ वटा माछामासु पसललाई सिल गरेको छ । सिल गरिएको पसलहरुमा न्यू मदन ताजा माछा पसल, साहिल माछा पसल, मनकामना र माञ्जा मीट सप रहेका छन् । त्यसैगरी अनुगमन समितिले १५ वटा पसललाई कार्वाही गर्न सिफारिस गरेको छ । लामो समयदेखि हेटौडामा माछामासुलाई व्यवस्थित गर्न उपभोक्ताहरुको सहभागितामा जिल्ला प्रशासनले अनुगमन गर्दै आइरहेपनि व्यवसायीहरुले नटेरेको पाइएको छ । 
किसानको नयाँ कार्यसमिति 
हेटौडा । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मकवानपुरको जिल्ला भेला सम्पन्न भएको छ। 
अखिल नेपाल किसान महासंघ जिल्ला समिति मकवानपुरका अध्यक्ष रामहरि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रीय समितिका उपाध्यक्ष रामकुमार पौडेल रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले जबसम्म देशमा रहेका असीप्रतिशत किसानका मुद्दाहरु सम्बोधन हुँदैनन् तबसम्म राज्य बलियो नहुने भन्दै किसानका तमाम् समस्याप्रति राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा विशेष अतिथि एकीकृत नेकपा (माओवादी) जिल्ला समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामी रहनुभएको थियो । त्यस्तै अतिथिहरुमा एनेकपा (माओवादी) मकवानपुरका उपाध्यक्ष बलराम बल, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का केन्द्रीय सदस्य सम्राट तुम्बाहाङ्फे, वरिष्ठ पत्रकार कौशल पाण्डे, एमाओवादीका जिल्ला सदस्य ललित घलान, महासंघका जिल्ला उपाध्यक्ष काशीनाथ केसी लगायतका हुनुहुन्थ्यो। 
भेलाले रामहरि सुवेदीको नेतृत्वमा ३१ सदस्यीय अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) मकवानपुर जिल्ला समिति निर्माण गरेको छ। जसको उपाध्यक्षमा यज्ञ तिमल्सिना, लक्ष्मी थपलीया, काशीनाथ केशी रहनुभएको छ। सचिवमा दामोदर लामिछाने, कोषाध्यक्षमा गंगा श्रेष्ठ र सहसचिवमा मुकुन्द न्यौपाने रहनुभएको छ।  
 रोपाई नभएर किसान चिन्तामा
मनहरी। मनहरी गाविसको ३, ४ र ७ न.ं वडाहरुमा वर्सेनी हुनेगरेको रोपाई यसपटक साउन सकिन लाग्दा पनि हुन नसकेपछि किसान चिन्तित भएका छन् । 
पूर्व–पश्चिम राजमार्गको उत्तरपटि क्षेत्रहरुमा सिंचाईको     राम्रो व्यवस्था नभएका कारण आकासेपानीको भरमा अहिलेसम्म     रोपाई गर्दै आएका किसानहरु यस वर्ष भने अत्तोपत्तो नभएको किसान विन्दु विष्टले बताउनुभयो। मकै निकालेर आली लगाएर तयारी गरेर खेत राखिसकेको भएपनि मुल फुट्ने गरी पानी नपरेपछि आफूहरु अलमलमा परेको तोय सापकोटाको भनाई थियो । 
वन विज्ञानको त्रि.वि.प्राध्यापक संघमा दहाल
हेटौडा । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ वन विज्ञान अध्ययन संस्थान हेटौडा क्याम्पस इकाई समितिको सभापतिमा कृष्ण प्रसाद दहाल चयन हुनुभएको छ। 
इकाईको साधरण भेलाले मंगलवार पदाधिकारीहरु चयन गरेको हो। जसको उपसभापतिमा विष्णुहरि वाग्लो, सचिव एवं केन्द्रीय प्रतिनिधिमा योगेन्द्र यादव, कोषाध्यक्षमा श्याम किशोर साह, सदस्यहरुमा रामायण पाठक, नारायणप्रसाद तिवारी, लक्ष्मण सुन्दर श्रेष्ठ रहनुभएको छ । केन्द्रीय प्रतिनिधिमा राम लक्षण प्रसाद यादव रहनुभएको छ। त्यस्तै आमन्त्रित सदस्यमा जगदीश प्रसाद चौरासिया रहनुभएको समाचार छ । 
फोनिजले अन्तरक्रिया गर्ने
हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुर शाखाले समावेशी सञ्चार र आदिवासी जनजातिका सवालहरु बिषयक अन्तरक्रिया गर्ने भएको छ । फोनिज मकवानपुरको सोमबारहेटौँडामा बसेको बैठकले विश्व आदिवासी दिवस र फोनिज स्थापना दिवसको अबसरमा साउन २७ गते कार्यक्रम गर्ने निर्णय गरेको हो।जिल्ला अध्यक्ष पूर्णिमा गोलेको अध्यक्षतामा बसेको बैठकले जिल्ला समितिमा दुई सदस्य मनोनितपनि गरेको छ । साधारण सदस्यद्वय चन्द्र घलान र सुनु थिङ्गलाई कार्यसमिति सदस्यमा मनोनित गरेको हो । 

किशोरकिशोरीलाई युवा सूचना 
हेटौडा । नमुना युवा सुचना केन्द्रका आयोजनामा नागरीक सहभागीता सम्बन्धि प्रगती उच्च माबिका किशोरकिशोरीहरुलाई जानकारी प्रदान गरिएको थियो । स्थानीय स्तरमा किशारकिशोरहरु अर्थपुर्ण सहभागितासंगै योजना तर्जुमा सम्बन्धी जानकारी गराउनका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको नमुना युवा सुचना केन्द्रका प्राबिधिक निर्मल पौडेलले जानकारी दिनु भएको थियो । कार्यक्रममा नागरीक सहभागीता, स्थानीय स्तरमा योजना निमार्ण प्रकृया, सार्वजनीक सुनुवाई, पञ्जिकरण, मतदाता नामावली लगायका बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहकर्ता रञ्जिता डंगोल, दिपा कार्की, रेशमी कार्कीले सहजीकरण गर्नु भएको थियो । मकवानपुर जिल्लामा १० वटा उच्च माबिहरुमा कार्यक्रम सञ्चालन भईरहेका छन् । 

नेपाल दक्षिण एसियाकै लागि गर्व बन्ने छ : भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री   नरेन्द्र मोदीले स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध   राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि      उत्पे्ररणा हुने बताउनुभएको छ।
दुई दिने नेपाल भ्रमणबाट सोमबार फर्किएलगत्तै नयाँदिल्लीमा जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको जनाउनुभएको छ।नेपालको संविधानसभाका सदस्यहरूसँग साक्षात्कार गर्न पाउँदा आफू सम्मानित भएको र नेपालमा पाएको अद्वितीय माया र सद्भावले आफूलाई घरमै पुगेको जस्तो अनुभूति भएको उहाँले सो विज्ञप्तिमा जनाउनुभएको छ।
उहाँले दुईदिने भ्रमणमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि नेपालमा सबैको समान मत रहेकोे आफूले पाएको उल्लेख गर्नुभएको छ। 
नेपाल र भारत मिलेर दुई देशबीचको सम्बन्धको नयाँ जग बसाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसले एक्काइसौँ शताब्दीका अवसर र चुनौतीहरूलाई सम्बोधन गर्न दुवै देशलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ।“दुई देशको दीर्घकालीन लक्ष्यलाई यथार्थतामा परिणत गर्न र प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न मैले कुनै कसर बाँकी राख्ने छैन,” मोदीले विज्ञप्तिमा भन्नुभएको छ। आगामी सार्क सम्मेलनमा सहभागी हुन नेपाल पुनः फर्कन र काठमाडौँबाहेक नेपालका अन्य स्थानको पनि भ्रमण गर्न आफू आतुर रहेको पनि उहाँले जनाउनुभएको छ। नेपाल र भारतबीच राजनीतिक सम्बन्ध थप दिगो बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ। नेपाली जनताले आफूलाई न्यानो स्वागत गरेको स्मरण उहाँले विज्ञप्तिमार्फत राष्टूपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेपाल सरकार, राजनीतिक पार्टी, सङ्घसंस्था,सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद पनि दिनुभएको छ । 

No comments:

Post a Comment