Tuesday, March 24, 2015

महंगी र भ्रष्टाचारको बिरोधमा ३० दलीय मोर्चाको विरोध प्रदर्शन

 एमाले काँग्रेस संविधान बन्न नदिने षड्यन्त्रमा 

हेटौडा । संविधानसभामा दलहरु प्रक्रिया र सहमतिबाट संविधान जारी गर्ने विवादमा अल्झिरहेका बेला हेटौंडामा ३० दलीय मोर्चाले महंगी, महिला हिँसा तथा भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ ।
मोर्चाले हेटौंडामा विरोध ¥याली गरी कोणसभा गरेको हो । मोर्चाले दोस्रो चरणको विरोधका कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको जनाएको छ । सहमतिमा संविधान जारी गर्न, महिला हिँसा अन्त्य गर्न, महंगी कालोबजारी बन्द गर्न, भ्रष्टाचार मुक्त समाज सृजना गर्न र लोडसेडिङ मुक्त गर्न मोर्चाले माग गरेको छ।
संगमचोकबाट सुरु भएको ¥याली हेटौंडा बजारको सीमाचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य सोनामसिँ स्याङ्तानले काँग्रेस एमाले संविधान निर्माण हुन नदिने षड्यन्त्रमा लागिरहेको आरोप लगाउनुभयो । ३० दलीय गठबन्धनले आधारभूत जनताको भावनालाई आन्दोलनमार्फत सम्बोधन गर्न खोजेको दाबी गर्नुहुँदै उहाँले संघीयताका पक्षमा माहोल बनिरहेको बताउनुभयो । कोण सभालाई संघीय समाजवादी पार्टीका शुभरत्न गोलेले पनि सम्बोधन गर्नुभएको थियो ।
अपाङ्ग बालबालिकाको निम्ति स्वास्थ्य शिविर 

२८० जनाको स्वास्थ्य परीक्षण 

हेटौडा । अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी जिल्लाको विभिन्न स्थानमा अस्तीबाट सुरु गरिएको स्वास्थ्य शिविरका क्रममा २ सय ८० जनाले सेवा लिएका छन् । अपाङ्ग सरोकार केन्द्रले मकवानपुरको बज्रबाराही, छतिवन र हेटौंडा अस्पतालमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । अस्ती आइतबार बज्रबाराहीमा १६ वर्षभन्दा कम उमेरका ७ जना केटा र ६ जना केटीको स्वास्थ्य परीक्षण गरिएको थियो । यस्तै, विभिन्न उमेर समूहका ३५ जना अपाङ्गता भएकाले स्वास्थ्य परीक्षण गराएका थिए । यस्तै, हिजो छतिवनमा भएको स्वास्थ्य शिविरमा ६ जना केटा र ७ जना केटी सहित जम्मा ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । आज हेटौंडा अस्पतालमा सञ्चालन भएको स्वास्थ्य परीक्षणमा ३२ जना केटा र ४७ जना केटी सहित ६४ जनाले स्वास्थ्य परीक्षण गराएका अपाङ्ग सरोकार केन्द्र सी आर सी परियोजनाका कार्यक्रम संयोजक दिप न्यौपानेले जानकारी दिनुभयो । शिविरका क्रममा हाडजोर्नी खुम्चीएको, नसासम्बन्धी समस्या र जार्नीहरु दुख्ने, दाँत सम्बन्धी समस्या तथा नाक, कान र घाँटीका समस्या भएका बिरामीको बढी उपस्थिति भएको कार्यक्रम संयोजक न्यौपानेले बताउनुभयो । करिब २ सय ५० जना अपाङ्गता भएकालाई सेवा दिने उद्देश्यका साथ शिविरको आयोजना गरिएको आयोजकले जनाएको थियो । शिविरमा अर्थोपेडिक सर्जन, प्लास्टिक सर्जन, डेन्टल सर्जन लगायतका ४ जना डाक्टरहरुले सेवा दिएका थिए । सन् २०११ देखि सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत ६ सय ६० जना अपाङ्गता भएका बालबालिकाले सेवा लिँदै आइरहेका छन् । तीन स्थानमा भएका तीनवटा शिविरमा १ सय १० जना बालबालिकालाई सेवा दिएको थियो । ती मध्ये  
 १६ वर्षभन्दा कम उमेरका १७ जनालाई अपरेसनको लागि मिति तोकिएको कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिनुभयो । शिविरका क्रममा १६ वर्षभन्दा कम उमेरका केटाकेटीहरुमध्ये २१ जनाको सहायक उपकरण नाप जाँच गरी ४ जनाको उपकरण मर्मत समेत गरिएको थियो ।

नेता नेपालको अभिव्यक्तिप्रति युवा संघद्वारा खेद प्रकट

हेटौडा । युवा संघले नेपालले चैत्र ७ र ८ गरी दुई दिन बसेको विस्तारिक बैठकले गरेको ९ बुदे निर्णय तथा १२ बु“दे प्रस्तावना सार्वजनिक गरेको छ । हेटौंडामा पत्रकार सम्मेलन गरी निर्णय तथा प्रस्तावना सार्वजनिक गरिएको हो । बैठकले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिएको अभिव्यक्ती प्रति खेद प्रकट गर्दै उक्त अभिव्यक्ति प्रति छानविन गरी उचित कार्वाहीको नेकपा एमालेसंग माग गरेको छ । कुनैपनि पनि नाम या बहानामा संविधान निर्माण गर्ने काममा ढिलाई नगरी यथासिघ्र संविधान निर्माण गर्न, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावलाई कायम राखी हिमाल पहाड र तराई समेटिएका प्रदेश निर्माण गर्न विस्तारित वैठकले माग गरेको छ ।

विश्व क्षयरोग दिवस
छुटेकालाई उपचारमा ल्याऔ 
हेटौडा । सबै छुटेका क्षयरोगीलाई उपचारमा ल्याई निको पारौं भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस (२४ मार्च) को अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपकप्रसाद तिवारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा क्षेत्रीय उपपं्रशासक दिलीप पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ट अधिकृत विष्णु जैसी, मेडिकल कलेजका प्रमुख रमन झा लगायतको आतिथ्यता रहेको थियो । आर्थिक वर्ष २०६६ देखि २०७०–०७१ सम्म मकवानपुर जिल्लामा क्षयकुष्टको अवस्थाबारे महिला तथा बालबालिका कार्यालयकी अधिकृत प्रतिमा मिश्रले जानकारी दिनुभयो । तथ्याङ्क अनुसार २०६६–०६७ मा ७०७, ०६७–६८ मा ६९३, ६८–६९ मा ६९८ र ०६९–०७० मा ६५२ जनामा क्षयरोगको समस्या भेटिएको थियो । त्यसै गरी ०७०–०७१ मा ७ सय ९५ जनामा क्षयकुष्ट भेटिएको थियो भने चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा १ सय ६३ जनामा क्षयकुष्टको समस्या पाइएको थियो । २० महिनाभन्दा बढी औषधी खाने विरामीलाई सरकारले मासिक १ हजार ५ सय रुपैयाँका दरले पपोषण भत्ता वितरण गर्दै आएको छ । कार्यक्रममा फोकल पर्सन कपिलदेव झाले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त बनाउने परिकल्पना, उद्देश्यहरु र मुलभूत लक्ष्यहरुका बारेमा कार्यक्रमका सहभागीहरुलाई जानकारी गराइएको थियो । 
संविधान निर्माणका सवालमा नागरिक 
हेटौडा । पहिलो संविधान सभाबाट संविधान जारी नभई संविधानसभा नै विगठन भएपछि दोस्रो संविधानसभामा पनि दलहरु प्रक्रिया र सहमतिबाट संविधान जारी गर्ने विवादमा अल्झिरहेका बेला हेटौंडामा संविधान निर्माणका सवालमा नागरिक सचेतना र संवाद कार्यक्रम भएको छ । संविधान सूचना केन्द्रको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा अधिवक्ताहरु सुरेन्द्र महतो, विनिता कार्की र खुसी थारुले संविधानका विवादित विषयमा जानकारी गराएउनुभएको थियो । अधिवक्ताहरुले विवादका विषयहरु राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय र संघीयताका विषयमा जानकारी गराउँदै फरक–फरक विधि अपनाउँदा हुँनसक्ने फाईदा र बेफाईदाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा एकीकृत माओवादीका प्रेमबहादुर पुलामी, महिलाको तर्फबाट लक्ष्मी माझी, विद्यार्थी मीना अर्याल, अधिवक्ताहरु अज्मीर केसी, शुसीलकुमार पोखरेल, अप्सरा बस्नेत लगायतले विषयवस्तुमाथि आफ्नो टिप्पणी प्रस्तुत गर्नुभयो । वक्ताहरुले समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गरी पहुँचविहीन नागरिकलाई पहुँचमा पु¥याउनु पर्ने, सहमतिमै संविधान जारी गर्न दवाव दिनुपर्ने, न्यायमा सर्वसाधारणको पहुँच बढाउन न्यायाधीशहरुले भूमिका खेल्नुपर्ने लगायतका धारणा राखेका थिए । संविधानका विवादित मुद्दामा नागरिकको धारणा स्पष्ट पारी संविधान निर्माणमा नागरिक समाजको तर्फबाट दवाव दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । 

चित्रकला कार्यशालाको मूल आयोजक समिति गठन  

हेटौडा । हेटौंडा उपमहानगरपालिका–२४ स्थित हर्नामाडी कला प्रतिष्ठानको आयोजनामा ४ दिने अन्तर्राष्ट्रिय चित्रकला कार्यशालाको तयारी तीव्र पारिएको छ । दुई बर्षअघि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको आयोजना गरेको हर्नामाडीवासीले यसपटक अन्तर्राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गर्न लागेको हो । मूर्तिकला कार्यशाला भएकै स्थान गुम्बाडा“डामा चित्रकला कार्यशालाको आयोजना गरिन लागेको हो ।
चित्रकला कार्यशाला आयोजनाका लागि मकवानपुरका स्थानीय विकास अधिकारी (एलडीओ) भोजराज ढकालको संयोजकत्वमा आज सोमबार मूल आयोजक समिति गठन गरिएको छ । स्थानीय समुदाय, राजनीतिक दलका नेताको उपस्थितिमा स्थानीय विकास अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी राजनीतिक दलका प्रतिनिधी, सरोकारवाला निकाय समेतको सहभागितामा समितिको विस्तार गरिने हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो । स्थानीय विकास अधिकारीको प्रमुख आतिथ्य एवम् राजनीतिक दलका नेताहरुको उपस्थितिमा भएको भेलाले मूल आयोजक समिति गठन गरेको हो । करिब १५ लाख रुपैया“ लागत अनुमान गरिएको कार्यशालामा स्वदेशी २० र विदेशी ५ कलाकारको सहभागिता रहने हर्नामाडी कला प्रतिष्ठानका परिकल्पनाकार डा. तारालाल श्रेष्ठले जानकारी दिनुभयो । चैत २८ गतेदेखि बैशाख १ गतेसम्म हुने कार्यशालाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारले तयार पार्ने चित्रहरुले गुम्बाडा“डालाई थप पर्यटकीय आकर्षणको केन्द्र बनाउने आयोजक हर्नामाडी कला प्रतिष्ठानको विश्वास छ ।
सहजकर्तालाई तालिम
हेटौडा । दुई सामुदायिक अध्ययन केन्द्रको स्थानीय योजनामा कोगटे, इपा र भीमफेदीका साक्षरोत्तर शिक्षाका सहजकर्ताहरुका लागि पाँचदिने क्षमता विकास तालिम मंगलबार सुरु भएको छ । इपास्थित जागृति र पञ्चकन्या सामुदायिक अध्ययन केन्द्रले जिल्ला शिक्षा कार्यालय मकवानपुरको आयोजनामा सुरु गरेको तालिम उद्घाटन कार्यक्रममा स्रोत व्यक्ति किरण आचार्य , जागृति र पञ्चकन्या सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष क्रमशः रीता आलेमगर र रञ्जनकुमार कठायत, विद्यालय निरीक्षक रामहरि थापा, महेन्द्र मावि भीमफेदी प्रअ रामजी यादब, राजकुमार श्रेष्ठ र रामप्रकाश सि ंहलगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा २० महिला सहभागी छन् । द्द जयगचक बनय ड्ड क्भलत ाचयm ध्भद क्गदबकज द्यष्मबचष् हेटौंडा, १० चैत÷ भलिबलका लागि सक्षम रेफ्री उत्पादन गर्ने उद्देश्यले हेटौंडामा क्षेत्रीयस्तरको रेफ्री प्र शिक्षण हुने भएको छ । नेपाल भलिबल संघको स्वीकृति एवम् मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा चैत १६ गतेदेखि ६ दिन हेटौंडामा क्षेत्रीय रेफ्री तालिम हुने भएको हो । जिल्ला स्तरको प्रतियोगितामा भाग लिएका १८ वर्षमाथिका करि ब ५० रेफ्रीको तालिममा सहभागिता हुने जिल्ला भलिबल स ंघ सचिव बसन्तकुमार सिटौलाले बताए । हेटौंडा सिटी कलेजको मैदानमा विहान ८ बजेदेखि अपर ान्ह ५ बजेसम्म सञ्चालन हुने सैद्धान्तिक र प्रयोगात्मकरु पमा चल्ने सचिव सिटौलाले बताए । तालिम सः शुल्क आयोजना गरिएको हो । प्रशिक्षार्थीले तालिम शुल्क तीनहजार पाँचसय रुपियाँ र खाना तथा बाँसका लागि थप