Friday, April 3, 2015

सहकारी दिवसमा ¥याली र सभा, उत्कृष्ठ सहकारी सम्मानित

हेटौडा । “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” भन्ने नाराका साथ राष्ट्रिय सहकारी दिवस–२०७१ शुक्रबार हेटौंडामा मनाईएको छ । सप्ताहव्यापी रुपमा मनाईदै आएको सहकारी दिवसको शुक्रबार ¥याली सहित एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । ार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलियाले  सहकारीले सामुहिक भावना बढाउने स्पष्ट पार्नुभयो । उहा“ले अब सहकारीले उत्पादन तर्फ लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकारी योजना बनाएर काम गरेको खण्डमा जिल्लाको विकासमा सहकारीले ठोस कदम चाल्ने धारणा व्यक्त गर्नुभयो । यस्तै, कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारी क्षेत्रले आयातीत वस्तुलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख भीम परियारले आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहा“ले सप्ताहव्यापी रुपमा भएको कार्यक्रमको विषयमा कार्यक्रममा जानकारी दिनुभएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा जिल्लाका कुनै पनि सहकारीले आयातित वस्तु प्रयोग नगर्ने घोषणा गर्नुभयो । उहा“ले सहकारीले नै उत्पादन गरेको र पुनः प्रयोग गर्न सकिने वस्तुको मात्र प्रयोग गर्ने बताउनुभयो । कार्यक्रममा उहा“ले जिल्लामा २ सय ११ वटा बचत सहकारी संस्था, ६० वटा बहुउद्देश्यीय सहकारी संस्था, एकसय ६४ वटा कृषि सहकारी संस्था, ५६ वटा दुग्ध उत्पादक सहकारी संस्था, १५ वटा जडिबुटी सहकारी संस्था र २० वटा विविध सहकारी संस्था गरी जम्मा ५ सय ४४ सहकारी संस्था रहेको जानकारी दिनुभयो । उहा“ले जिल्लाको जम्मा एकलाख ३१ हजार ७ सय सदस्य सहकारीमा आबद्ध भएको बताउनुभयो । उहा“का अनुसार जिल्लामा जम्मा ६३ करोड ७८ हजार सेयर पु“जी रहेको छ । यस्तै, २ अर्ब ७० करोड बचत र २ अर्ब ४० करोड ऋण लगानी रहेको जानकारी दिनुभयो ।
सहकारी दिवसको अवसरमा जिल्लाको ठूलो सहकारी संस्था पालुङ बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ । सहकारी संस्थाले उत्कृष्ट काम गरेको भन्दै पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको हो । यस्तै, सहकारी दिवसकै अवसरमा डिभिजन सहकारी कार्यालयमा उत्कृष्ट काम गरेकोमा सहायक सहकारी निरीक्षक सुष्मा गौतमलाई सम्मान गरिएको छ । त्यसैगरी, कार्यक्रममा उत्कृष्ट सहकारीकर्मी महिला तर्फ महिला एकता बचत तथा ऋण सहकारी संस्था भैसेकी सर्मिला महत र पुरुष तर्फ जनजागृती दुग्ध उत्पादक सहकारी संस्थाका इन्द्र बहादुर बस्नेतलाई सम्मान नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ । यस्तै, कार्यक्रममा महिला व्यवस्थापक शान्तिमाया वाईबा र पुरुष व्यवस्थापक राजकुमार चौलागाईलाई सम्मान गरिएको छ । कार्यक्रममा सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघले जिल्लाको दुईवटा सहकारी महिला जागरण बचत तथा ऋण सहकारी संस्था र जिल्ला दुग्ध उत्पादक सहकारी संघ सम्मानित भएकोमा दुईवटै सहकारीलाई फूलको मालाले सम्मान गरिएको छ । त्यसैगरी, सम्पूर्ण घरधुरीका महिला सहकारीमा आबद्धता गराउन सफल जिल्लाका ४ वटा गाविसलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख भीम परियारलाई शुक्रबार जिल्ला सहकारी संघले बिदाई गरेको छ । बिदाई कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष बद्री प्रसाद लम्सालको सभाध्यक्षतामा भएको हो ।
    बिगत ३ वर्षदेखि डिभिजन सहकारी कार्यालयमा प्रमुखको रुपमा कार्यरत परियार कोल्पी नगरपालिकाका कार्यकारी प्रमुखको रुपमा सरुवा हुनु भएको छ । कार्यक्रममा सहभागी अतिथिहरुले अधिकृत परियारको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा  डिभिजन सहकारी कार्यालयका प्रमुख भीम परियारले सहकारी क्षेत्रमा मकवानपुर जिल्ला अगाडी बढोस् भनेर शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उहा“ले जिल्लामा सहकारी संस्था धेरै भएको भन्दै एकिकरण गरेर देशकै नमूनाको रुपमा सहकारीलाई लैजान आग्रह गर्नुभयो । मकवानपुरमा बसेर काम गर्दा साथ र सहयोग मिलेको भन्दै उहा“ले आगामी दिनमा पनि सहयोग गर्न सबै सहकारी कर्मीलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विषयगत सहकारी संघले प्रमुख परियारलाई मायाको चिनो दिएका थिए । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेति, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिंतान, राष्ट्रिय सहकारी बैंकका संयोजक विरेन्द्र प्रसाद ढुङ्गाना, ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष सर्मीला श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महिला केन्द्रित विधायकीमाथि छलफल
हेटौडा । कानून निर्माण प्रक्रियामा युवा तथा महिला केन्द्रित विधायकी १९ औं टाउन हल मिटिङ हेटौंडामा सम्पन्न भएको छ । प्रशासकीय अधिकारीले मुद्दाको कारबाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७१ माथि छलफलका लागि कार्यक्रमको आयोजना गरिएको हो । छलफलका सहभागीहरुले हातहतियार तथा लामो अवधीसम्म सजाय हुने मुद्दामा प्रशासनले कारबाही प्रक्रिया अघि बढाउँदा झन्झटिलो भएको भन्दै यस्तो व्यवस्था परिवर्तन गर्न सुझाव दिएका थिए । कार्यक्रममा विमन एक्टका धन लामा र अञ्जु केसीले सहजीकरण गर्नुभएको थियो । विमन एक्ट र सामुदायिक सारथीको आयोजनामा सञ्चालन भएको कार्यक्रमलाई महिला कानून विकास मञ्च हेटौंडाले समन्वय गरेको थियो । कार्यक्रममा अधिवक्ताहरु ललिता श्रेष्ठ, अज्मीर केसी, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा लगायतले विषयवस्तुबारे आफ्नो धारणा राखेका थिए । उनीहरुले छलफलमा उठेका सुझाव सम्बन्धित ठाउँसम्म पुगेमा उपलब्धीमूलक हुने अपेक्षा समेत राखेका थिए । पुनरावेदन बार हेटौंडाकी अध्यक्ष अप्सरा बस्नेतको अध्यक्षतामा सञ्चालन भएको सभामा पुनरावेदन बार हेटौंडाका अध्यक्ष  गोपाल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
खरिदार तहको लोकसेवा कक्षा सुरु
हेटौडा । महिला लक्षित खरिदार तहको लोकसेवा तयारी कक्षा आजबाट हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमाहानगरपालिकाको सहयोग तथा विकासका लागि अभियान संस्थाको आयोजनामा तयारी कक्षा उद्घाटन भएको हो । हरेक कार्यमा महिलाको भुमिका कम हुने तथा महिलाहरु पछि परेकाले उनीहरुलाई अग्रज स्थानमा ल्याउन महिलाको लागी मात्र यस कक्षा सञ्चालन गरेको आयोजकले जानकारी दिएको छ । हेटौंडा उपमाहानगरपालिकाको प्रबन्धक भीम तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्ंथाका सल्लाहाकार शिवहरी दाहाल र हेटौंडा अस्पताल विकास समितीका अध्यक्ष सुनिल मुक्तानको आतिथ्यता रहेको थियो । केशर अर्यालले दिने प्रशिक्षण कक्षामा ३५ जना महिलाहरुको सहभागिता रहेको छ, भने कक्षा सञ्चालन निशुल्क हुने विकासका लागि अभियानका अध्यक्ष सन्तोष पौडेलले बताउनु भयो ।

तालिम शुरु
सीद्धि विनायक टोल विकास संस्थाले ५ दिने सस्ंथागत लेखा व्यवस्थापन तालिम सञ्चालन गरेको छ । हेटौडा उपमहानगरपालिकाको सहयोगमा आज हेटौडामा तालिमको सञ्चालन तथा उद्घाटन गरीएको हो । हरेक सहकारी संस्थामा लेखा व्यवस्थापनको महत्वपुर्ण भुमीका हुने भएकोले उनीहरुलाई दक्ष बनाउनको लागी तालिम सञ्चालन गरेको आयोजक संस्थाले जानाएको छ । हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख भिमप्रसाद तिमल्सिीनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा टोल विकास संस्था समन्वय समीतिका प्रतिनिधी चन्द्र शेखर ढुङ्गाना, सिद्धी विनायक टोल विकस संस्थाका सल्लाहकार चण्डिका गौतम, रजनि शर्मा लगायतको उपस्थिति रहेको थियो । तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थिायो ।