Monday, August 17, 2015

२ वर्षदेखि मिटर जाँच भएन 

“एकमुष्ट महशुल कसरी तिर्ने ?”–ग्राहक
“यस वर्षदेखि कर्मचारीको व्यवस्था गरेका छौ”–प्राधिकरण

-नानीमैया विष्ट
फापरवारी । मकवानपुरको फापरबारी गाविसको २ न. वडाका जनताले विद्युत सेवा प्राप्त गरेपनि २ वर्षदेखि विद्युत महशुलको निम्ति मिटर जाँच नहुँदा एकैपटक महशुल स्वरुप शुल्क बुझाउनुपर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
हेटौडा सदरमुकामबाट निकै टाढा रहेको उक्त गाविसको २ न.ं वडा अन्तर्गत लालभित्ते, झुरझुरे, पाचपाण्डव, पलपले भन्ने स्थानमा स्थानीयको घर–घरमा विद्युतीय बत्ती बलिरहेको छ, तर प्रत्येक घरको ४ सय देखि ८ सय युनिट विद्युत खपत भइसक्दा पनि मिटर जाँच गर्न विद्युत प्राधिकरणबाट कर्मचारी नजाँदा एकमुष्ट शुल्क बुझाउनु पर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। समयमै कर्मचारी आएर मिटर जाँच गरेर महशुल उठाए स्थानीयबासीलाई एकैपटक आर्थिक भार नपर्ने हुनाले छिटोभन्दा छिटो कर्मचारी पठाउन आग्रह गर्दा समेत मर्मत गर्ने कर्मचारी भएपनि महशुल उठाउने कर्मचारी नभएको आफूले जवाफ पाएको फापरबारी–१, पाँचपाण्डवका जय बहादुर वाइवाले जानकारी दिए। उनले भने–“कि त जनताले पैसा तिर्नैपर्दैन भनेर स्पष्ट पारिदेओस् नत्र तिर्न पर्ने हो भने प्रत्येक घरमा ५ हजार रुपैया भन्दा माथिको रकम किसानले कसरी तिर्न सक्छन् ?” विद्युत प्राधिकरण हेटौडा शाखामा पटक–पटक जानकारी दिँदा समेत कर्मचारी पठाइदिन्छु भन्ने गरेको अर्का स्थानीय शेर बहादुर पाख्रीनलेको भनाई छ।खेतीपाती, मेला, मजदुरी गरेर विहान बेलुका छाक टार्न समेत अप्ठ्यारो परिरहेको कतिपयको परिवारलाई एकमुष्ट ठूलो रकम विद्युत प्राधिकरणलाई बुझाउन निक्कै गाह्रो पर्ने फापरवारी–१ का विष्णु बहादुर माझीको भनाई छ। 
स्थानीयहरुको आग्रह अनुसार विद्युत प्राधिकरण हेटौडा–१० स्थित कार्यालयका ‘मिटर रिडिङ फाँटका प्रमुख जिवनाथ चौलागाईलाई सम्पर्क गरी बुझ्दा यो वर्षदेखि एक जना कर्मचारी राखिएको र काम शुरु समेत भइसकेको जानकारी दिए। विद्युतको मिटर पूर्ण संख्यामा नभई आंशिक रुपमा गएको र लामो दुरीको ग्रामीण क्षेत्र भएको कारण हेटौडाबाट कर्मचारी जान सक्ने स्थिति नभएको समेत बताए।उनले भने–“मकवानपुरमा ४२ हजार भन्दा बढी विद्युत उपयोग गर्ने ग्राहक भएपनि ‘मिटर रिडिङ गर्ने कर्मचारी १५÷१६ जना मात्र   भएकोले उनीहरुलाई भ्याईनभ्याई हुने गरेको छ।”
“यस वर्षदेखि उक्त क्षेत्रका ग्राहकलाई सजिलो हुनेगरी एक जना कर्मचारीको व्यवस्था गरेका छौ।”–उनले भने। त्यहाँका ग्राहकहरुलाई मार्का नपरोस भन्ने उदेश्यले एकमुष्ट नभई किस्ताको हिसावले महशुल बुझाउने व्यवस्था समेत गरेकोले नआत्तिन समेत प्रमुख चौलागाईले अनुरोध गरे।

संविधानको मस्यौदाको विरोधमा हेटौडामा नेकपा–माओवादी,मधेशी मोर्चा, संघीय समाजवादी फोरम, जनमुक्ति पार्टीले साउन ३१ र ३२ गते आह्वान गरेको बन्दको कार्यक्रम

नामटारका पीडित स्थानान्तरणको तयारीमा 
हेटौंडा । भुकम्पका कारण बस्ती जोखिममा परेको मकवानपुरको नामटार १ र ३ का भुकम्पपीडित सीमभञ्ज्याङको मैत्रीबगैंचामा बस्ने तयारी गरिरहेका छन्। सरकारले सुरक्षित स्थानको बन्दोबस्त नगरेको कारण स्थानीयले आफू सुरक्षित स्थान खोजी गरी स्थानान्तरण हुने तयारीमा रहेका हुन्। नामटारको बतासे, दुम्सीडाँडा, निम्तीथुङ, कटुसघारी, बसीफाँटका भुकम्पपीडित सीमभञ्ज्याङको गोलमोड–फापरबारी सडकको दाँयाबाँया अस्थायी टहरा निर्माण गरेर बस्न थालेका छन्। उनीहरुले निर्माण गरेको अस्थायी टहरामा  अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले धारा र सौचालय निर्माण गरिदिएको छ।
गोलमोड–फापरबारी सडक छेउमा ६० घर स्थानान्तरण भएको स्थानीय सीताराम मोक्तानले बताए। ६० घरका लागि युनिसेफले ६ हजार लिटरको अस्थायी पानीट्यांकी निर्माण गरी चारवटा धारा व्यवस्था गरेको छ। ६० परिवारका लागि १३ वटा स्थायी र ११ वटा अस्थायी प्रकृतिका सौचालय निर्माण गरेको मोक्तानले बताए। पोलिथिनको पानीट्यांकीमा जम्मा गरेको खानेपानी उपलब्ध गराएपछि भुकम्पपीडितले सहज रुपमा पानी खान पाएको युनिसेफका भिष्म खत्रीले बताए।
त्यस्तै झिरघारी, मान्द्रे, टोड्केका भुकम्पपीडित मैत्रीबगैंचामा स्थानान्तरण हुने तयारीमा लागेका हुन्। तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले सुनगाभाको अध्ययन केन्द्रका रुपमा विकास गर्नका लागि स्थापना गरेको मैत्रीबगैंचामा एक सय परिवार सजिलै बसोबास गर्न सक्ने भएकोले स्थानीयले पहल गरिरहेका हुन्। झिरघारी सामुदायिक बन उपभोक्ता समूहले मैत्रीबगैंचाको लागि छुट्याएको ७० हेक्टर जमिनमा तीनवटा सेड निर्माण गरिएको थियो। नामटार गाविस र दामन गाविसबीच सीमा बिबादका कारण अलपत्र परेको मैत्रीबगैंचा सबै दृष्ट्रिकोणबाट सुरक्षित रहेको स्थानीयले बताएका छन्।मैत्रीबगैंचामा खानेपानीको पहुँच पुगेको छैन बाँकी सबै कुराले सुबिधा  रहेको स्थानीयले बताएका छन्। मैत्रीबगैंचा परिसरमा सन १९९८ मा अन्तराष्ट्रिय मावअधिकार बर्षको अवसरमा नेपालकै पहिलो मानवअधिकार स्तम्भ निर्माण गरिएको थियो।संरक्षणको अभावमा जंगलको बीचमा रहेको मानवअधिकार स्तम्भ अलपत्र परेको छ।मानवअधिकारका ३१ धारा समेटिएको शिलालेखसहितको स्तम्भ गोठालो जाने केटाकेटीले ढुँगाले हिर्काएर क्षति पु¥याएका छन्। मैत्रीबगैंचा आसपासमा एक सय घरपरिबार बस्न सकिने भएकोले नामटार १ र ३ का भुकम्पपीडितले स्थानान्तरण हुने तयारी गरेका हुन्।
दुृग्ध विकास संस्थानमा 
८० करोडको दुध र मख्खन मौज्दात
हेटौंडा। दूग्ध विकास संस्थानले ८० करोड रुपैयाँको धुलो दूध र मख्खन मौज्दात रहेका कारण किसानको दूध खरिद गर्दा बैंकसँग ऋण लिएर भुक्तानी दिनुपर्ने अवस्था आएको जानकारी दिएकोछ। धुलो दूध स्टक रहेका कारण यो बर्ष किसानले उत्पादन      गरेको दूध भारतको पटना डेरीलाई बिक्री गर्ने तयारी समेत भएको जनाएको छ। सुख्खा मौसममा बिक्री गर्न उत्पादन गरेको धुलो दूध आठ सय मेट्रिकटन मौज्दात रहेको छ।
त्यस्तै करिब ६ सय मेट्रिकटन मख्खन मौज्दात रहेका कारण संस्थानले किसानसँग खरिद गरेको दूधको भुक्तानी दिनका लागि ऋण लिनु पर्ने अवस्थामा पुगेको छ।मिल्क होलिडे नगर्ने हो भने पटना डेरीलाई दूध बिक्री गर्नुको बिकल्प नभएको हेटौंडा दूग्ध बितरण आयोजनाका प्रमुख सरोज सिंखडाले बताए। किसानसँग खरिद गरेको दूध भारतलाई बिक्री गर्दा प्रतिलिटर ६ रुपैयाँ नेपाल सरकारसँग अनुदान लिनु पर्ने अवस्था रहेको सिंखडाले बताए। नेपाली बजारमा भन्दा भारतीय बजारमा दूधको मूल्य कम भएका कारण सरकारले अनुदान नदिएको खण्डमा आयोजनाले घाटा सहेर किसानको दूध खरिद गर्ने अवस्था नरहेको सिंखडाको भनाई छ। वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि काठमाडौंका अस्थायी बासिन्दा उपत्यका बाहिरिएपछि दूध खपतमा कमी आएर सुख्खा मौसममा धुलो दूध खपत हुन सकेन। भुकम्पको असर दुग्ध वितरण आयोजना हेटौंडालाई पनि परेको आयोजना प्रमुख सिंखडाले बताए। आयोजनाले सुख्खा मौसममा बिक्री गर्न तयार पारेको ८० करोड बराबरको पाउडर दूध र मख्खन भूकम्पका कारण बिक्री नहुँदा समस्यामा परेको आयोजना प्रमुख सिंखडाले बताए। आयोजनाले उत्पादन गरेको ८ सय मेट्रिकटन पाउडर दूध र ६ मेट्रिकटन मख्खन स्टक रहेको सिंखडाले बताए। जसले गर्दा आयोजनाको ८० करोड रुपैयाँ पूँजी गतिशील हुन नपाएको हो।किसानसँग खरिद गरेको दूधको रकम भुक्तानी दिनका लागि आयोजनाले २ करोड रुपैयाँ ऋण लिनु परेको आयोजना प्रमुख सिम्खडाले बताए। अन्तर्राष्ट्रिय बजारमा पाउडर दूधको मूल्य घटेका कारण नेपालका निजी डेरीले दूध खरिद नगर्दा अहिले सरकारी स्वामित्वको आयोजनामा किसानको दूध खरिद गर्ने चाप बढेको छ। अघिल्लो वर्ष ६ सय रुपैयाँ प्रतिकेजी मूल्य पर्ने पाउडर दूध यसवर्ष ३ सय रुपैयाँ भन्दा कममा आएकोले निजी उद्योगले पाउडर प्रयोग गर्न थालेको आयोजना प्रमुख सिंखडाले बताए। निजी डेरीले पाउडर प्रयोग गरी दूध बिक्री गर्न थालेपछि आयोजनामा दूध खरिदको चाप भएको सिम्खडाले जनाए। 
मकवानपुर र मध्य तराईका जिल्लाबाट दूध संकलन गरी आयोजनाले काठमाडौं र पोखरामा दूध बिक्री गर्दै आएको छ। भूकम्पपछि काठमाडौंमा दूध बिक्रीमा ५० प्रतिशत कमी आएपछि आयोजनाको पाउडर खपत हुन नसकेको हो। चैतदेखि साउनसम्म सुख्खा समयमा पाउडर खपत हुने गरेको थियो तर, यो मौसममा पनि दूध संकलन पर्याप्त भएपछि आयोजनाले उत्पादन गरेको धुलो दूध स्टक रहन गएको आयोजना प्रमुख सिंखडाले बताए। आर्थिक बर्ष २०७१÷७२ मा आयोजनाले किसानसँग ८८ लाख लिटर दूध खरिद गरेको छ। जबकि त्यो भन्दा अघिल्लो आव २०७०÷७१ मा ७८ लाख लिटर मात्र खरिद गरेको आयोजना प्रमुख सिंखडाले बताए।
दलित समुदायको माग
हेटौंडा। संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा मोटरसाइकल ¥याली सम्पन्न भएको छ।मकवानपुर उद्योग वाणिज्य संघ चोकबाट सुरु भएको ¥याली बजार क्षेत्र परिक्रमा गरी बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको हो।
नयाँ संविधानमा दलित समुदायको अधिकार ग्यारेन्टी गराउनको लागि संयुक्त दलित संघर्ष समितिले देशव्यापी रुपमा सञ्चालन गरिरहेको संघर्षको कार्यक्रम अन्तर्गत मोटरसाईकल ¥याली सम्पन्न भएको हो। संयुक्त दलित संघर्ष समितिले उठाउँदै आएको राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक प्रतिनिधित्वमा क्षतिपूर्ति स्वरुप थप गरी २० प्रतिशत सहभागिता हुनुपर्ने, संविधानसभा–२०६४ ले अनुमोदन गरेका दलित सम्बन्धी व्यवस्था जस्ताको तस्तै नयाँ संविधानमा उल्लेख हुनुपर्ने, धर्म निरपेक्ष     राज्य कायम हुनुपर्ने लगायत ९ बुँदे माग राखी चरणबद्ध आन्दोलन गर्दै आएका छन् । मोटरसाईकल ¥यालीपश्चात भएको कोण सभामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा एकीकृत नेकपा माओवादी मकवानपुरका जिल्ला सदस्य जंगबहादुर विश्वकर्मा, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य युक्तलाल विश्वकर्मा र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष तथा नेकपा–माओवादीका जिल्ला सदस्य कमला विश्वकर्माले आन्दोलनको औचित्यबारे प्रष्ट पार्नुभएको थियो।
उक्त मोटरसाईकल ¥यालीमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य, नारायणी अञ्चल इञ्चार्ज तथा नेकपा एमालेका मकवानपुरका जिल्ला सदस्य गणेश रसाईली, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य रामकृष्ण देउला, नेपाल दलित संघका केन्द्रीय सदस्यद्वय गोपीलाल विश्वकर्मा र पवित्रा विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । नेपाल दलित संघका जिल्ला अध्यक्ष मिलन परियारले आन्दोलनमा सहभागी सबैलाइ धन्यवाद ज्ञापन गर्दै कोण सभा समापन गर्नुभयो। 
शैक्षिक संस्था र यातायात ठप्प
हेटौडा। संघीय जनगणतन्त्रात्मक संविधान निर्माणको माग गर्दै हिजो गरिएको नेपाल बन्दले हेटौडाको व्यापारिक, शैक्षिक तथा यातायात लायतका क्षेत्रमा प्रभाव पारेको छ। 
सीमाङ्कनसहित मस्यौदा संविधानको विरोधमा आयोजना गरेको दुईदिने बन्द कार्यक्रम हिजो र आज रहेको नेकपा–माओवादी, मकवानपुरले जानकारी दिएको छ। मुख्यगरी हेटौडामा रहेका शैक्षिक संस्थाहरु विद्यालय तथा क्याम्पस खुलेका थिएनन् भने यातायातका साधन समेत नचल्दा यात्रुहरु र कार्यलय टाढा भएका कर्मचारीहरुले शास्ती खेप्नुपरेको थियो। शनिवार बेलुका नेकपा–माओवादी, मकवानपुर, संघीय समाजवादी फोरम, मकवानपुर र राष्ट्रिय जनमुक्ति पार्टी मकवानपुरले संयुक्त रुपमा मशाल जुलुसको आयोजना गर्दै आइतवार र सोमबारको नेपाल बन्द सफल पार्न आग्रह गरेका थिए। साथै बन्दले यो समाचार तयार पार्दासम्म देशभर प्रभाव पारेको विभिन्न समाचार माध्यमहरुले जनाइरहेका छन्।  

मानव अधिकारका अवस्थाको अनुगमन गरिने
हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित मानव अधिकार घुुम्ती शिविर मार्फत मकवानपुर जिल्लामा प्राकृतिक प्रकोपपछि मानव अधिकारको अवस्थाबारे अनुगमन हुने भएको छ। अनुगमनका लागि आज सचिवालय टिम, भोलेन्टियर तथा मानव अधिकारको क्षेत्रमा काम गर्ने प्रतिनिधिहरुलाई अभिमुखीकरण दिइएको हो।
मकवानपुरका भुकम्प प्रभावित गाविसहरु तथा नगरपालिकालाई लक्षित गरी अनुगमन हुने आयोजकले जनाएको छ। भुकम्पबाट अति प्रभावित विभिन्न ९ वटा जिल्लाहरुमा मानव अधिकारको अवस्था अनुगमन गर्न सञ्चालित कार्यक्रम अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि बासु गुरागाईंले मानव अधिकारको अवधारणा, घुम्ती शिविरको अवधारणा र निर्देशिकाबारे जानकारी दिनुभयो। यस्तै, मानव अधिकार अनुगमन र प्राकृतिक प्रकोपपछिको अवस्थामा मानव अधिकार अनुगमनबारे बुद्धनारायण साहनी र मानव अधिकार हनन्का घटनाहरुको दस्दावेजीकरणका साथै प्रतिवेदन लेखनबारे शतीसराज मैनालीले सहजीकरण गर्नुभयो। मानव अधिकार घुम्ती शिविर सचिवालयका संयोजक कृष्ण धितालको अध्यक्षतामा कार्यक्रम भएको हो।सचिवालयको निर्णय र निर्देशनका आधारमा तोकिएका स्थानहरुको अवलोकन तथा अनुगमन गरी प्रतिवेदन तयार गर्ने कार्यक्रममा जानकारी गराइएको छ।कार्यक्रम सञ्चालनका लागि यसअघि नै गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ र जिल्ला बार एशोसिएशनको संलग्नतामा ५ सदस्यीय सचिवालय गठन भएको थियो।   

२०३१ साल देखिको समस्या समाधानमा जोड 
हेटौँडा।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हेटौंडाको राजमार्गमा पर्ने सडकको दाया÷बाया २५ मिटर सडक विस्तार सम्बन्धी समस्या समाधान गर्न गठित कार्यदल र सरोकारवालाहरु बीच प्रारम्भिक छलफल कार्यक्रम विहिबार मकवानपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको छ। पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडक अन्तर्गत हेटौंडा खण्डको सडक बिस्तारका लागि बाईपास सडकको सम्भाव्यता अध्ययन गर्न आएका सरकारी टोलीलाई हेटौंडाबासीको समस्या समाधानहुने किसिमको निश्कर्ष निकाल्न सरोकारवालाले आग्रह गरेका छन्।
हेटौंडा बसोबास संरक्षण समितीले हेटौंडाबासीको चाहना भनेको निकास रहेको जानकारी गराउँदै निकासका लागि कार्यदललाई के आवश्यक पर्छ सहयोगको लागी तयार रहेको जानकारी दिएको थियो। कार्यक्रममा सहभागीहरुले सडक फराकिलो पार्नका लागि प्राविधिकले कति फरक पार्ने भन्ने कुरा कार्यदलले नेपाल सरकार समक्ष प्रतिवेदन प्रस्तुत गर्नु पर्ने बताए। यो समस्या २०३१÷३२ सालको भएकोले सडक विस्तारमा जति ढिला भयो त्यती नै समस्या उत्पन्न हुने उनले बताए।