Wednesday, October 14, 2015


नेपालका चर्चित लेखक मोदनाथ प्रश्रितले नेपाली साहित्य, राजनीति र पत्रकारितामा प्रगतिशील जग हाल्ने श्यामप्रसाद शर्माको बारेमा के लेख्नुभएछ ? प्रस्तुत गरिएको छ:-

श्यामप्रसाद शर्माः सम्झनाका केही झझल्का 

श्यामप्रसाद जस्ता चर्चित साहित्यकारको नाम मैले २०५१ को मङ्सिरमा बनारस पुगेर मात्र सुनें। साहित्यसञ्चार कमजोर भएका पहाडी गाउँको समस्या यस्तै हुन्छ। अर्घाखाँची, खिदिमको महाविद्यालयस्तरको संस्कृत पाठशाला थियो। दधिराम मरासिनीजस्ता मूर्धन्य कवि पनि त्यहाँ हुनुहुन्थ्यो। तर, राजधानी, पोखरा, तानसेन विराटनगरजस्ता साहित्यिक गतिविधिका केन्द्रसँग खिदिमको साहित्यिक सम्पर्क थिएन। त्यसैले प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्षको नाम समेत त्यहाँ पुग्न निकै वर्ष लागेछ। 
वनारस भने २००७ भन्दा अघिदेखि नै नेपाली साहित्यको जागरणकेन्द्र बनेको थियो। त्यसैले अध्ययनको सिलसिलामा वनारस पुगेर नै मैले अनेकौ साहित्यकार र तिनका उल्लेख्य रचनाबारे सुन्ने चिन्ने, पढ्ने मेसो पाउन थालेको हुँ।त्यहाँका पत्रपत्रिकामा श्यामप्रदाजीका केही रचना पढ्ने मौका पाएको थिएँ। 
२०२२ सालमा नेपाल साहित्य संस्थानले चितवनको रामपुरमा देशव्यापी साहित्य सेमिनारको आयोजना गरेको थियो। त्यसबेला म रुपन्देहीमा साप्ताहिक लुम्बिनी सन्देश र तीनमहिने साहित्यिक गुराँसको सम्पादक थिएँ। त्यसै नाताले लुम्बिनीको प्रतिनिधि मण्डलमा सामेल भई सेमिनारमा पुगेको थिएँ। त्यसै नाताले लुम्बिनीको प्रतिनिधि मण्डलका सामेल भई सेमिनारमा पुगेको थिएँ। तर, त्यहाँ थुप्रै साहित्यकारस्ँग एकैचोटि चिनापर्ची गर्ने महत्वपूर्ण अवसर पाएको थिएँ मैले। तर त्यहाँ श्यामप्रसाद भने जानुभएको रहेनछ। उहाँलाई त्यहाँ भेट्न पाउने आशा अुरै रह्यो। तर, श्यामप्रसादकी तात्कालीन श्रीमती शशिकलासँग भेट भयो र श्यामजीका बारेमा केही कुरा बुझ्ने मौका पाएँ। 
श्यामप्रसादजी        राजनीतिमा पनि सक्रिय हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थिएन। २०२४ सालमा उहाँ भूमिगत भएपछिका वर्षहरुमा उहाँको       राजनीतिक भूमिकाबारे बल्ल थाहा हुँदै गयो। २०२८ मा पनि जब राजनीतिक कारणले प्रवास निर्वासमा पुगेँ, प्रसङ्गबस बनारसलगायत कुनै ठाउँमा उहाँलार्य भेट्न सकिन्छ कि भन्ने झिनो आशा थियो, तर त्यस्तो सन्जोग जुरेन। 
२०३५ मा हामीले नेकपा (माले) को स्थापना ग¥यौं। त्यसपछि, नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्ने अधिकतम प्रयत्नमा हामी लाग्यौं। त्यसको परिणामस्वरुप डेढदर्जन जति सानाठूला कम्युनिष्ट समूह जुट्दै गएर नेकपा (एकीकृत माक्र्सवादी–लेनिनवादी) बन्न सम्भव भयो। त्यसै सन्दर्भमा २०४५ सालमा बल्ल श्यामप्रसादजीसँग मेरो भेट हुनसक्यो। श्यामजीको अगुवाइमा अलि पहिलेदेखि नेपाल कम्युनिष्ट सङ्गठन सञ्चालित थियो। तर, नेपालको कम्युनिष्ट आन्दोलनले थप विभाजनको पीडा भोग्नु    नपरोस् भनेर त्यो संङ्गठनको नाम प्रचारमा नल्याई एक प्रकारले वैचारिक मित्रसमूहको रुपमा संचालन गर्नुभएको रहेछ। त्यस कारणले उहाँको समूहलाई अति गोप्यवादी सङ्गन पनि भन्न थालियो। 
हाम्रो पार्टीले त्यस सङ्गठनसँग एकताको निम्ति कुराकानी चलाउने जिम्मा मलाई दियो। त्यसै सन्दर्भमा २०४५ सालमा बल्ला कीर्तिपुरको एउटा घरमा श्यामप्रसादजीसँग मेरो पहिलो भेट भयो। सानो गाँठीको, चिटिक्कको शरीर, ज्यादै फराकिलो र हँसिलो उहाँको स्वभावले गर्दा राम्रोसित घुलमिल भई कुरा गर्न मलाई पाँच मिनेटभन्दा बढी समय लागेन। चिनापर्ची र विगत अनुभवहरुको आदानप्रदानपछि मैले पार्टी एकताका सम्बन्धमा कुरा चलाएँ। निकैबेर छलफल गर्ने क्रममा मैले के कुरा बुझेँ भने अरु नेताहरुले जस्तो मूल सङ्गठनबाट विभाजित भएर सैद्धान्तिक मतभेद जनाएर या गुटगत भावनाले उहाँहरुले त्यो सङ्गठन बनाउनुभएको रहेनछ। कम्युनिष्ट आन्दोलनमा गुट र फुट बढ्दै गएपछि थप गुटगत ावना बढ्न नपाओस् र सकेसम्म त्यस प्रवृत्तिलाई रोक्न सकियोस् भन्ने उदेश्यले विचार मल्ने साथीहरुको समूहको रुपमा त्यो संङ्गठन बनाइएको रहेछ । हाम्रो एकताको प्रस्तावपछि उहाँले त्यसबारे साथीहरुसँग छलफल गरी फेरि भेटघाट गर्ने वचन दिनुभयो। 
त्यसपछि, समय–समयमा गोप्यरुपमा हाम्रो भेटघाट हुँदैरह्यो। ती भेटघाटमा राजनीति, साहित्य र सामाजिक क्षेका विविध विषयबारे छलफल गर्दैगयौ। उहाँले आफ्ना केही कृति मलाई दिनुभयो र मैले पनि दिएँ। त्यसै क्रममा २०४६ को संयुक्त जनआन्दोलन सफल भयो र सबैजसो पार्टी खुला मैदानमा उत्रे। तर, मोहनविक्रम र श्यामप्रसादले आ–आफ्ना सङ्गठनलाई खुला गर्नुभएन। 
त्यसपछि, फेरि सङ्गठनात्मक एकताको कुरा हामीले उहाँसँग उठाउदै रह्यौ। अन्तमा उहाँले भन्नुभयो–“हाम्रो नेपाल कम्युनिष्ट सङ्गठन औपचारिक पार्टीको रुपमा सञ्चालित नभएको र चुनावी प्रतिस्पर्धामा पनि नउत्रने भएकाले एमाले लगायत कुनै पनि कम्युनिष्ट पार्टीसँग यसको औपचारिक एकता गर्नु आवश्यक नभएको ठहर हामीले गरेका छौैं। अहिलेको परिवर्तित परिस्थितिमा हाम्रो संगठनमा रहेका कमरेडहरु आफ्नो विवेकअनुसार कुनै पनि वाम पार्टीरुमा सामेल भएर काम गर्नुसक्नुहुन्छ । नेकपा(एमाले) सँग हाम्रो विचारमा निकै सामीप्य भएकाले यसमा सहभागी भएर काम गरेमा देशको वाम आन्दोलनलाई धेरै फाइदा पुग्नेछ भन्ने कुरा सबै साथीहरुालई भनेका छौ। तर साथीहरुले अब कुन पार्टी रोज्ने भन्नेबारे उहाँहरुकै खुसीमा हामीले छाडिदिएका छौं।” त्यसपछि श्यामप्रसाद शर्मा अरु कुनै पार्टीसँग मिलेर वा कुनैमा समावेश भएर काम नगरी साहित्यिक काम र सङ्गठनमा बढी क्रियाशील हुनुभएको छ। अहिले उहाँ र हामी प्रगतिशील जनवादी साहित्यिक सांस्कृतिक फाँटमा एकताबद्ध भएर अघिबढिरहेका छौ।
(कणस्थली, २०६२÷०२÷३१) (नागार्जुन, साहित्यिक त्रैमासिक)