Wednesday, July 23, 2014

आधुनिक रहर 

सुन प्रिय,
यो चलेको ब्राण्ड चलेको डिजाइन
तिम्रो निम्ति ।
अब चिन्ता नगर
विभत्स तिम्रो विगत 
देखिनेछैन ।
हाइफाई र रंगीन दुनिया 
हरेक साँझ विशेष साँझ
तिम्रो कल्पना बाहिरको साँझ
तर,
म र मेरा साथीहरुको एउटा रहर छ 
बश ! तिमीसँग रमाईलो साट्ने ।

नानीमैया विष्ट

यो अंकको विचार
       कविता: जीवन संघर्षको एउटा मोर्चा

प्रमोद धिताल
यदि कविता भित्र सच्चाई मुखरित भएको छैन भने त्यो सुन्दर कविता हुन सक्दैन । अन्तर्वस्तुलाई उपेक्षा गरेर छुट्टै सुन्दर कविताको खोजी गर्नु कागजको फूलमा सुगन्धको खोजी गर्नुजस्तै हो । फेरि सच्चाई पनि सापेक्ष नै हुन्छ । सबैको निम्ति एउटै कुरा सच्चाई हुनसक्दैन । कविता अलि विशिष्ट विधा हो । यो कथा–आख्यान विधाजस्तो फराकिलो हुँदैन । त्यसैले अहिले भन्ने गरिएजस्तो यतिखेर आख्यानको बजार छ या कविताको छैन भन्नेजस्ता कुराको पछि लाग्नुपर्ने जरुरी किन छैन भने यी दुवै विधा आ–आफ्नो ठाउँमा सर्वकालिक विधा हुन् । दुवै लोकप्रिय छन् । जहाँसम्म बजारको कुरा छ । कमसललाई उम्दा र उम्दालाई कमसल बनाएर पेश गर्ने पनि बजारले नै हो। बजारले अधिकतम स्थापित गर्नेभनेको मास कल्चरलाई हो। मास कल्चरको अर्थ जनहितकारी संस्कृति नभएर झुण्ड संस्कृति हो । यस्तो संस्कृति जो हित अहितको आधारमा होइन सस्तो लोकप्रियताको आधारमा स्थापित हुन्छ । विकाउ साहित्यकै कुरा गर्ने हो भने कुनै बेला सुवास घिसिङले लेखेको ‘निलो चोली’ खुबै बिकाउ थियो । त्यसको लोकप्रियतालाई के भन्ने ? अहिले त्यसको अस्तित्व कहाँनेर छ ? त्यसकै नयाँ संस्करणको रुपमा राजेन्द्र थापाको ‘खेलौना’ आयो । केहि समय त्यसले पनि बजार ततायो । खै त्यसले साहित्यिक र मानवीय मूल्यमा दिएको नयाँ योगदान के हो ? तसर्थ क्षणिक बिकाउका आधारमा कुनै पनि साहित्यिक कृति मूल्यबान हुन सक्दैन । 
फेरि पनि यहाँ चर्चा गर्न खोजिएको विधा कविताकै गरौं। आज कविता पनि कम लेखिएको छैन । एक त यो थोरै शब्दमा धेरै अर्थ दिनुपर्ने विधा हो। अलि विशिष्ट प्रकृतिको विधा। त्यसमा पनि धेरैले  लहड बाजीकै भरमा यसको मूल्यभन्दा धेरै कम आँकेर पनि लेख्ने गरेकोले समस्या सृजना भएको हो। कवितामाथि अकविता हावी हुन थालेपछि समस्या त आउँछ नै । कम्तिमा पनि कविता लेख्नेहरुले औसत स्तरभन्दा तलका कविताहरु नछाप्ने कुराले मात्र पनि कवितामा धेरै सुधार हुनसक्छ। तर कविता सिद्धान्तको बारेमा आधारभूत बुझाई वा सामान्य परिष्कारको अभावमै संग्रहहरु आउन थाल्छन् । यसले गर्दा आम पाठकहरुमा कविता भनेकै यस्तै हुन भन्ने भ्रम पनि सृजना भएको छ । तसर्थ यतिखेर पनि कविता विरोधीहरुभन्दा कविहरु नै असल कविताका बेैरी साबित भएका छन् । पंक्ति छोट्याएर कविताको रुप दिनखोज्दैमा कविता हुने होइन । कविताको निम्ति मूलतः दुई      कुराहरुको अनिवार्य आवश्यकता पर्छ । त्यो भनेको एउटा विधाचेतना । अर्थात् कविता बन्नलाई आधारभूत भाषिक उपकरणहरु र तिनको संयोजन। जुन शिल्प पक्षभित्र आउने कुरा हो । त्यो निरन्तर साधाना र योजनावद्ध प्रयासबाट विकास हुन्छ । अर्को हो कथ्य वा अन्तर्वस्तु, कविताले दिन खोजेको वा भन्न खोजको कुरा। जुन कविको जीवन जगतप्रतिको बुझाई, अध्ययन र निरिक्षणसँग सम्बन्धित कुरा हो । 
अन्तर्वस्तुको कुरा गर्दा वर्तमानमा जीवनशील र मरणशील, सुन्दर र कुरुप दुवै पक्षहरुको उपस्थिति र संघर्ष चलिरहको हुन्छ । कसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा निरपेक्ष हुनसक्दैन । न त सुन्दरताको परिभाषा नै निरपेक्ष हुन्छ । जस्तो कि वर्तमानका कुरुपताहरु, निराशाजनक वा विरोधाभाषपूर्ण कुराहरु कवितामा चित्रण हुनु निराश हुनु वा बनाउँनु होइन । सवाल त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने हो।समाज रुपान्तरणमा मानवचेतनाको सचेत प्रयत्नमा विश्वास गर्ने अर्थात त्यो दर्शनलाई अंगाल्ने कविले त्यसप्रति घृणा, संघर्ष, प्रतिरोध गर्न प्रेरित गर्छ भने अर्को कविले त्यही कुरालाई भाग्यवादी भएर पेश गर्न सक्छ । अतः कवितासँग कविको दृष्टिकोण पनि अनिवार्य जोडिएर आउँछ । अन्तर्वस्तुको चयन र प्रस्तुती उसको जीवन र जगतप्रतिको दृष्टिकोणसँग जोडिएर आउँछन् । अन्तर्वस्तुलाइ उपेक्षा गरिएको कवितामा विम्वहरुको जुलुश हुनसक्छ, त्यो लोभलाग्दो अकर्षक पनि देखिनसक्छ, तर मेरुदण्डविनाको मासुको थुप्रोजस्तै हुन्छ । तर यसको अर्थ कविता विचारको सोझो प्रक्षेपण वा सपाट वर्णन पनि होइन। दृष्टिकोण स्पष्ट हुँदहुँदै पनि अन्तर्वस्तुलाई कवितामा ढाल्नको लागि साधनाको आवश्यकता पर्दछ । 
मेरै पनि लामो समयदेखिको बुझाई के थियो भने साहित्य कुनै फुर्सदको समयको उपज हो । स्वतस्फूर्त रुपमा जे फुर्दछ त्यही साहित्य हो । तर अहिले आएर महसुस हुँदैछ, साहित्य लेखनजत्तिको जिम्मेवार मुद्धा सायद अर्को छैन । कविताको हकमा पनि त्यही कुरा लागू हुन्छ । किनकि कैयन यस्ता सवालहरु छन् जसमा हामी सहभागि भैरहँदा धेरै मानिसहरुलाई ध्यान दिनुपर्दैन । आफ्नो मात्र रुचि, खुशी, सन्तुष्टि र वर्तमानलाई मात्र ध्यान दिए पुग्छ । तर लेखनको सवालमा त विगतदेखि वर्तमान अनि भविष्यलाई पनि ध्यान दिनुपर्दोरहेछ । त्यतिमात्र होइन एउटा ठूलो जमात, जो हाम्रो पाठक हो त्यससँग पनि शुक्ष्म सम्वाद गर्नुपर्दोरहेछ । एउटा असल कवि र असल कविताको बीचमा धेरै ठूलो सम्बन्ध हुनेगर्छ। तपाईको विचार सुन्दर र सफा नभईकनै सुन्दर कविता लेख्नसक्नुहुन्छ, यो विश्वास गर्न गाह्रो कुरा हो । त्यतिमात्र होइन तपाईंको विचार सुन्दर र सफा छ त्यसैले सुन्दर कविता लेख्न सक्नुहुन्छ यो पनि होइन । यी दुवै सम्बन्धित कुरा त अनिवार्य  हुन्, तर फरक कुरा पनि छन् । सुन्दर र न्यायपूर्ण विचार कविमा हुँदाहँुदै पनि कविताको मोर्चामा राम्रोसँग ऊ भिडेको नहुनसक्छ । जब हामी कविताको मोर्चामा राम्रोसँग भिड्दैनौंं, हाम्रो कवितामा सुन्दर विचार हुँदाहुँदै पनि त्यो कलात्मकताको हिसाबले कम्जोर हुनु स्वभाविक छ । त्यसैगरी हामीसँग कविता लेख्ने ढंग राम्रो हुनसक्छ तर विचार पक्ष कम्जोर हुनसक्छ त्यतिखेर पनि कविता कमजोर हुनु स्वाभाविक नै छ । यी दुई कमीहरुलाई पूरा गरेर एउटा जिवित कविता जन्माउनको लागि एउटा कवि दुवै मोर्चाहरुमा भिडेर सफल हुनु अनिवार्य सर्त हो । विचार अनि कलामा दुवै क्षेत्रमा असफल कविताहरु त अँझ कविताका सबैभन्दा ठूला दुश्मन हुन भन्दा पनि हुन्छ । 
आज पनि कविताको मूल्य बजार भन्दा धेरै माथि छ। तमाम खालका यथास्थितिवादी झूठ, पाखण्ड र जनविरोधी  रवैयाहरुको विरुद्धमा उभिने एउटा प्रतिरोधको हतियार हो कविता। जुन कविताहरु सफल छन् ती कविताहरु कुनै समयमा कति बिके भन्ने आधारमा होइन गुणवत्ताको आधारमा उत्कृष्ठ ठहरिएका छन् । अहिलेको मापदण्ड पनि त्यही हो र हुनुपर्छ । मुनामदनको महत्व हिजो जति थियो आज पनि त्यत्तिकै छ । गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपि सेरचनको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ को सार्थकता अहिले पनि त्यत्तिकै छ । विमन निभाको ‘आगोनेर उभिएको मानिस’,‘बाहुला नभएको बुसर्ट’ आहुतिको ‘तपश्वीका गीतहरु’, कृष्णसेन इच्छुकको ‘शोकाञ्जली’, ‘इतिहासको यस घडीमा’, ‘बन्दी र चन्द्रगिरी’, अमर गिरीका ‘घाम छेक्ने पहाड’, ‘दुःसाध्य समय’, यज्ञबाहदुर डाँगीको ‘तिम्रो हत्यापछि’, श्यामलको ‘हतारमा यात्रा’ त्यसैगरी नयाँ पुस्ताका कविहरु केशव शिलवालको ‘धारिला मानिसहरु’, ‘वर्जित अवशेष’, सरिता तिवारी को ‘अस्तित्वको घोषणापत्र’, संगीत स्रोताको ‘म काठमाडौं आइपुगे’ं, विनोदविक्रम के.सी. को ‘भोकको क्षेत्रफल’ लगायका अरु पनि धेरै राम्रा कविताकृतिहरु पढ्न जरुरी छ र तिनमा निहित कथ्य   र शिल्पको अध्ययन गर्नुपर्छ । त्यसरी मात्र हामी यस क्षेत्रमा अगाडि बढ्न चाहनेहरुले आफ्नो लेखन लाई परिमार्जन गर्न र आफ्नो शैली निर्माण गर्न सहयोग पु¥याउँछ । धेरै सफल लेखकहरुको एउटा अनुभव के रहेको छ भने उनीहरु जति लेख्ने गर्छन् त्यो भन्दा पढ्ने गर्छन् तर हामीकहाँ लेख्नेहरुमै अध्ययनको ठूलो खडेरी छ । अध्ययन बिना नै  लेखनलाई परिमार्जन गर्न र उत्कृष्ट सृजना जन्मिन सम्भव छैन। प्रकाशनपूर्व कविताहरुमाथिका  नियमित समीक्षा र छलफलहरु गर्ने, यसका कथ्य र शिल्प विषयहरुमा नै विमर्शहरु सञ्चालन गर्ने कुराले कविता लेखनलाई परिमार्जन गर्न धेरै सहयोग पु¥याउछ । यस्ता विषयहरुमा नयाँ सर्जकहरु जति गम्भीर हुनसक्छन् कविता लेखनको मोर्चा त्यतिनै बलियो हुन्छ । अन्यथा कविता लेखन     धेरैको निम्ति दायित्वको सवाल कम र रहर बढि  साबित हुनपुग्छ। 
दाङ, नेपाल

क्रियाशील पत्रकार महिला मकवानपुरको प्रथम अधिवेशन 
प्रयास संवाददाता     

हेटौंडा । पत्रकारीता क्षेत्रमा चुनौती र अवसर दुबै रहेको नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भएको छ । पत्रकारीता क्षेत्रमा ईमान्दारी ताको आवश्यकता रहेको क्रियाशील पत्रकार महिला मकवानपुर शाखाको प्रथम अधिवेशन कार्यक्रममा बोल्दै उहा“ले यस्तो बताउनु भएको हो। 
पत्रकारितामा न्युनतम पारिश्रमिकसंगै लैगिङग बिषयमा पनि बिभेद नगरि सबै कुराहरुमा समानता प्रदान गर्नुपर्ने उहा“को भनाई थियो । संगठीत भएर अगाडी बढ्न आवश्यक रहेको आधा संसारका सम्पादक र नेपाल पत्रकार महासंघ केन्द्रीय पार्सद नानीमैयाँ बिष्टले बताउनु भयो। हामी आशामुखी भएर डोनरको मात्र भर पर्ने परम्परालाई छोड्दै विस्तारै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरुले बिशेष ध्यान दिनुपर्ने कुराहरु भनेको पेशागत सुरक्षा, भौतिक सुरक्षा र पेशा परिवर्तनमा रहेको बिष्टको भनाई थियो । पत्रकारितामा महिला पत्रकारहरुलाई स्थायित्व गराउनका लागि पनि पत्रकारसंग सरोकार राख्ने संघ संस्थाहरुले पनि ध्यान दिनु पर्ने उहा“को भनाई थियो । क्रियाशिल पत्रकार महिलाले जिल्लामा अग्रज महिला पत्रकार र पछिल्लो  समयमा पत्रकारिता गदैआईरहेका पत्रकार महिलालाई जोड्न पुलको काम गर्न आग्रह गर्नुभयो।
      कार्यक्रममा नेपाल पत्रकार महासंघ कार्य समिति सदस्य र समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, रेडियो आकाशगंगाका स्टेशन म्यानेजर देबराज पन्त लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा क्रियाशील पत्रकार महिला शाखा अध्यक्ष रञ्जिता डंगोलले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रथम अधिवेशन नया“ कार्य समिति चयन गरिएको छ । अध्यक्षमा रञ्जिता डंगोल, उपाध्यक्षमा रेश्मी कार्की, सचिबमा शुभलक्ष्मी बि.क, कोषाध्यक्षमा नुजता सुवेदी, सदस्यमा प्रिया पौडेल, भाबना रिजाल श्रेष्ठ, उषा थामी, शान्ति सिनच्युरी,आरती ढकाल, प्रतिक्षा न्यौपाने, रिता बिष्ट रहेका छन् । कार्यक्रममा क्रियाशिल पत्रकार महिला शाखा अध्यक्ष रञ्जिता डंगोलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

Tuesday, July 22, 2014

सम्पादकीय
             खै के होला

  निर्धारित समय भित्र संविधान आउने कुरामा मानिसहरुमा विश्वास घट्दो छ । सत्तासीन दलहरुकै बीचमा किचलो बढ्न सक्ने संकेतहरु देखिएको छ । निर्वाचन क्षेत्रतिर पठाइने भनिएको रकमको सन्दर्भमा पनि सभासदको कुरा सरकारबीच कुरा फरक परेको छ। सरकार संसद विकास कोषका लागि क्षेत्रैपिच्छे एक   करोड रकम पठाउने कुरा गर्छ । सभासदहरु भने ५    करोड माग्छन् । उनीहरुले मागेअनुसारको बजेट नपाएको खण्डमा बजेटै पास नगर्नेसम्मको पनि भनाइ उनीहरुको छ । प्रतिपक्ष त झन उफ्रिने नै भयो । यो भयो संविधान सभा भित्रको कुरा । संविधान सभा बाहिरका शक्तिहरु पनि एकत्रित हुदैछन् । यही संविधान सभाले जनपक्षीय र गतिलो संविधान ल्याउला भन्ने कुरामा उनीहरुलाई विश्वास छैन । यसले गर्दा संविधान निर्माण गर्ने कुरामा झमेल बढ्दोछ । आखिर आउनुपर्ने संविधान सबै नेपाली जनताको निम्ति हो तर संविधान त  भनौ आउला तर एकथरीले मान्ने अर्कोथरीले नमान्ने अवस्था रहिनै रह्यो भने राष्ट्रले चाहेअनुरुप द्वन्द्वको अन्त्य कसरी हुन सक्ला त ?  

आफ्नोलाई पाखा अरुलाई काख
 हेटौंडा । हेटौंडा दुग्ध वितरण आयोजनाले नेपाली किसानलाई पाखा र भारतीय किसानलाई काख गरेको छ।
दुग्ध वितरण आयोजनाले नेपाली किसानसँग भन्दा भारतीय किसानसँग बढी मूल्य दुध खरिद गर्ने गरेको पाइएको छ। नेपाली किसानहरु लामो समयदेखि दुधको मूल्यमा बृद्धि नभएको र किसानहरुलाई मार परिरहेको भन्दै आवाज उठाइरहेको समयमा हेटौंडा दुग्ध वितरण आयोजनाले नेपाली किसानलाई भन्दा भारतीय किसानलाई ५ रुपैया बढी दिने गरेको पाइएको छ।
नेपाली किसानसँग करिव ४० रुपैयामा प्रतिलिटर दुध लिने गरेको आयोजनाले भारतको पटनाबाट प्रतिलिटर ४५ रुपैयामा दुध भित्र्याउने गरेको हो।  आयोजनाले खरिद गरेको दुधबाट गएको आर्थिक वर्षमा ३ लाख ८० हजार लिटर दही, ५० हजार किलो घिउ,  ७५ केजी मखन, ४८ हजार केजी पनिर, फ्रेस मिल्क ८० हजार बोत्तल , ३४ हजार बट्टा पेडा उत्पादन गरेको थियो । उक्त उत्पादित सामान हेटौंडामै विक्री भएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख सरोजकुमार सिम्खडाले दिनुभएको जानाकारी अनुसार एक वर्षको अवधिमा आयोजनाले ८० लाख लिटर दुध भारतको पटनाबाट ल्याउने लक्ष्य भएपनि ५० लाख लिटर मात्र खरिद गरिएको हो । आयोजना प्रमुख सिम्खडाले खरिदवापत २२ करोड रुपैया भारतीय किसानलाई दिनुपरेको समेत बताउनुभयो ।
 सञ्चार उद्यमी भट्टराईमाथि आक्रमको विरोध 
हेटौंडा। संचार उद्यमी अदिव भट्टराई माथि भएको सांघातिक आक्रमणको नेपाल पत्रकार महासंघ मकवानपुर शाखा,पत्रकारस“ग आबद्ध संघ संगठनले विरोध गरेका छन् ।
महासंघले भनेको छ–“एकजना संचार उद्यमीमाथि यसरी भएको आक्रमण्ँले स्वतन्त्र प्रेससंगै आम नागरिको शान्ति सुÔको विÈयमा समेत गम्भीर प्रश्न खडा गरेको महा“संघको ठहर छ ।” यो घटनाले नागरिकलाई सुसुचित गराउने काममा सधैव लागिरहने प्रेस जगतलाई गम्भीर बनाएको बताइएको छ । सो सन्दर्भमा महासंघको कार्य समिति बैठकले घटनाको तत्काल छानबिन गरि दोÈिलाई कडा कारबाहीको माग गरेको छ । साथै घाईते भट्टराईको सिघ्र स्वास्थ्य लाभको समेत कामना समेत गरेको छ ।
त्यस्तै क्रियाशिल महिला पत्रकार मकवानपुरले पनि सो घट्नाको भत्सर्ना गरेको छ । विज्ञप्ती निकाल्दै क्रियाशिलले            भट्टराईमाथि भएको सांघातिक आक्रमण्ँको भत्सर्ना गरेको हो । क्रियाशीलकी अध्यÔ रञ्जिता डंगोलले घटनाको तत्काल छानबिन गरी दोÈिलाई कडा कारबाहीको लागि सम्बन्धित पÔको ध्यानाकर्Èण्ँ गराउन चाहएको बताउनुभएको छ । भट्टराईमाथि साउन १ गते हेनपा–१० स्थित सोलिड्यारीटी एकेडेमी अगाडी सांघातिक आक्रमण्ँ भएको थियो ।
असमान सम्झौता गरे
           आन्दोलनमा उत्रने
काठमाडौं । नेकपा–माओवादीले सरकारले भारतसूग गर्न लागैको पिडिए सम्झौता प्रति आपत्ति जनाएको छ । हिजो एक प्रेस वक्तव्य जारी गर्दै यस विÈयमा समाचार माध्यममा आएका समाचर प्रति गम्भीर ध्यानाकर्Èण्ँ भएको पार्टीले जनाएको छ ।
‘नेपालको जलस्रोतमाथि भारतको एकाधिपत्य कायम हुने गरी जलस्रोत विकाससम्बन्धी नेपाल र भारत बीचमा सम्झौताको तयारी भइरहेको र माथिल्लो कणर््ाँली लगायतका परियोजनाहरुको सन्दर्भमा निर्यातमुखी पिडिए–सम्झौता गर्ने तयारी गरिरहेका खबरहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्Èण्ँ भएको बताएको छ ।
जलस्रोतको Ôेत्रमा विगतमा गरिएका कोशी, गण्डक, महाकाली, माथिल्लो कणर््ाँली, अरुण्ँ तेस्रो, उच्च कोशी बा“ध, माथिल्लो मस्र्याङ्दी लगायतका असमान सन्धि सम्झौताहरु     खारेज गरी सम्झौता गर्नुपर्दाको अवस्थामा पनि नेपालको राष्ट्रिय हितअनुरुप समानताको आधारमा गरिनुपर्दछ भनेर आवाज उठिरहेको सन्दर्भमा ती असमान सन्धि सम्झौताहरु खारेज गर्ने दिशातर्फ कुनै पहल नहुनु र उल्टो त्यसप्रकारको निर्यातमुखी पिडिए–सम्झौता गर्ने तयारी भइरहेको र बाूकी बचेखुचेको सम्पूणर््ँ जलस्रोत भारत र भारतीय कम्पनीहरुलाई सुम्पनुपर्ने गरी सम्झौताको मस्यौदा तयार हुूदै गरेको समाचारबाट सम्पूणर््ँ देशभक्त नेपाली जनतालाई स्तब्ध बनाएको पार्टीले बताएको छ ।
पार्टीले त्यसबारेको वास्तविक यथार्थता सरकारबाट अविलम्ब सार्वजनिक गर्न र त्यसप्रकारको पिडिए लगायतका असमान सन्धि सम्झौताहरु नगर्न माग गरेको छ । यस्तो सम्झौता गरिए त्यसको विरोधमा उत्रने समेत पार्टीले जनाएको छ ।सार्वजनिक गर्न सरकारसँग माग पनि गर्नुभएको छ ।     
कुटानी पिसानीको मूल्य निर्धारण
हेटौंडा। कुटानी पिसानी व्यवसायी संघ मकवानपुरले कुटानी पिसानी तथा तोरी पेलानीको मूल्य निर्धारण्ँ गरेको छ । संघले कुटानी पिसानी तथा तोरी पेलानी सम्बन्धी मुल्य निर्धारण्ँ गर्दै संघ मातहतका सम्पुणर््ँ सदस्य तथा उत्पादकलाई उल्लेखित दररेटमा काम गर्न र गराउन आवश्यक व्यवस्थाको लागि अनुरोध गरेको छ । संघले गरेको मुल्य निर्धारण्ँमा धान कुटानी प्रति किलो एक रुपै“यापचास पैसा, विभिन्न खाद्यान्नमा प्रति किलो तिन रुपैया“ र तोरी पेलानीमा प्रति किलो दश रुपै“या तोकिएको संघले जनाएको छ।
पूर्व सडक बालकलाई सहयोग
हेटौंडा । हेटौंडा–४ स्थित कान्तिराजपथमा पूर्व सडक बालकहरुको संरÔण्ँ गर्दै आएको मामाघर नेपाललाई हेटौंडा–४ निवासी सुनिल गिरीले दुईहजार नगद सहयोग गर्नुभएको छ। उहा“ले मामाघर नेपालका भान्जाहरुको अनुशासन एवं व्यतित्वबाट प्रभावित भएर सहयोग गर्नुभएको हो। सडकमा जीवन बिताएका भान्जाहरु मामाघर नेपालको संरÔण्ँमा आएपछि उनीहरुमा आएको सुधारबाट प्रभावित भएर उहा“ले सहयोग गर्नुभएको हो । उहा“ले आगामी दिनमा पनि मामाघर नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिभिन्न संघसंस्था तथा व्यक्तिको जन्मदिन, बार्Èिकोत्सव तथा सहयोगबाट प्राप्त भएका सहयोगहरुबाट मामाघर नेपाल संचालन भईरहेको छ । हाल मामाघर नेपालले १७ जना बालकहरुलाई संरÔण्ँ गरिरहेको छ भने ४८ जनालाई परिवारमा पुर्नस्थापना गरिसकेको मामाघर नेपालका सचिवदेवराज लामिछानेले जानकारी दिनुभयो।
महिला भन्दा पुरुषको मृत्यु बढी
हेटौंडा । बितेको आर्थिक बर्Èमा मकवानपुरमा ५२ वटा सवारीका साधन दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । मकवानपुरका बिभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा ४५ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि ५९ जना गम्भीर घाइते भएका छन् भने ६२ जना सामान्य घाईते भएका छन् । दुर्घटनामा सबैभन्दा बढी पुरुÈको मृत्यु भएको छ । एक बर्Èको अबधिमा पुरुÈहरु मात्र २८ जना, महिला १० जना, बालक ३ जना र बालीका ४ जनाको मृत्यु भएको हो । आर्थिक बर्È २०६९ । २०७० मा भने ३९ जनाको मृत्यु भएको थियो तर बितेको आर्थिक बर्Èमा भने त्यो संख्या ६ जनाले बढेको हो । त्यसैगरी आर्थिक बर्È २०६८ ÷२०६९ मा भने सवारी दुर्घटनामा ६१ जनाको मृत्यु भएको हो ।
बंशगोपालको जित
हेटौंडा । बंशगोपाल उच्च माध्यमिक विद्यालयले शनिबारबाट हेटौंडामा सुरु भएको अन्तर विद्यालय कोकाकोला कप फुटबल प्रतियोगितामा शानदार जीत दर्ता गरेको छ । पिप्ले स्थित क्याम्पाडा“डामा भएको खेलमा बंशगोपालले त्रिभुवन माध्यमिक विद्यालय हटियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ। उद्घाटन खेलमा बंशगोपाल स“ग पराजित भएको त्रिभुवन प्रतियोगिताबाट बाहिरीएको छ। बंशगोपालका लागि कृष्ण्ँ श्रेष्ठले खेलको १५ औं मिनेटमा गोलगर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो गोल भएको ५ मिनेट बित्न नपाउ“दै श्रेष्ठले अग्रता दोब्बर बनाए । श्रेष्ठले ३५ औं मिनेटमा व्यक्तिगत तेस्रो गोलगर्दै ह्याट्रिक पुरा गरे । बंशगोपालाका विक्रम गौतमले र पुनः श्रेष्ठले एक एक गोल गरेका थिए।  त्रिभुवनका लागि एकमात्र गोल आस्मान राईले खेलको २७ औं मिनेटमा गर्न सफल भए । पहिलो खेलमै हयाट्रिक गरेका श्रेष्ठ खेलको शान्ति अप्टिकल म्यान अफ द म्याच घोÈित भए ।
 सकारात्मक सोच अभिबृद्धि
हेटौंडा । बस्तीपुर जेसीजको आयोजनामा सकारात्मक सोच अभिबृद्धि कार्यक्रम भएको छ। निर्मल उच्च माविको प्राङगणमा भएको कार्यक्रम युवाहरुलाई सकारात्मक सोच निर्माण,           सकारात्मक समाज निर्माण र सहयोगको भावना अभिबृद्धि गर्नका लागि प्रशिक्षण दिइएको थियो । ७० जनाको सहभागिता रहेको कार्यक्रममा रामजी अधिकारी र बिजयराज सिग्देलले प्रशिक्षण दिनुभएको थियो । बस्तीपुर जेसीज बर्ष २०१४ का अध्यक्ष बसन्तकुमार सिटौंलाको सभाध्यक्षतामा भएको थियो । 

Monday, July 21, 2014

लामाको अध्यक्षतामा निर्माण मजदुर संघ
हेटौडा । निर्माण कार्यमा संलग्न मजदुरहरु आफ्नो हक, अधिकारको निम्ति एक गठ भएका छन् । मजदुरका क्षेत्रमा बढि समस्या देखिदै आएको समयमा निर्माणको क्षेत्रमा काम गर्दै आएका मजदुरहरु  आज संगठित भएका हुन् ।
अखिल नेपाल निर्माण मजदुर संघको तेस्रो जिल्ला सम्मेलन भव्यताको साथ सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन कार्यक्रममा अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रुपक गुरुङले मजदुरको क्षेत्रमा समस्या रहेको भन्दै मजदुरका मुद्दालाई शसक्त बनाउनको लागि मजदुरहरु एकै ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो । लाल बहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि  एकीकृत नेकपा माओवादी, मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिनेहरुमा पूर्णकुमार श्रेष्ठ, विष्ण रानामगर, गंगा भट्टराई, कौशल पाण्डे, प्रकाश निरौला, कृष्ण रेग्मी, रविन्द्र केसी, सम्राट तुम्बाहाङ्फे, ललित घलान, विष्णु प्रसाद पौडेल र जनक शर्मा रहेका थिए।
सम्मेलनले लाल बहादुर लामाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु दराई, सचिवमा मन कुमार लामा, सहसचिवमा सावित्री खड्का र कोषाध्यक्षमा पुर्ण कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा